नेपाल दशनामी समाज कतार शाखाको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न

\"\"

नेपाल दशनामी समाज कतार शाखाको आयोजनामा बिभिन्न रोजगारी तथा ब्यबसायको शिलशिलामा कतारमा रहेका दशनामी समुदायका नेपालीहरुको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम यहि २२ मार्च २०१९ मा कतारको वाक्रा विचमा सम्पन्न भएको छ। एक सय पचास भन्दा बढी सहभागीहरुको सहभागिता रहेको उक्त भेटघाट तथा वनभोज कार्यक्रम को पहिलो शेसन संस्थाका अध्यक्ष थम कुमार गिरीको अध्यक्षता र का.वा. महासचिव डिला गिरीको संचालनमा सम्पन्न भएको थियो। उक्त औपचारिक कार्यक्रममा सस्थाका सदस्य वशन्त गिरीले स्वागत मन्तब्य र सस्थाका बरिष्ठ उपाध्यक्ष पदम गिरीले भेटघाट तथा वनभोजको उदेस्य र दशनामी समाज कतारको बारेमा संक्षिप्त मन्तब्य राख्नुभएको थियो। बिशेष अतिथिको रुपमा उपस्थित रहनु भएका बरिष्ट समाजसेवी तथा ब्यबसायी एवं एन आर एन ए का मानार्थ सदस्य टि बि कार्कीले दशनामी समाज कतारले छोटो समयमै कतारमा स्थापित अन्य पुराना संस्थाहरु सरह नै आफ्नो गतिबिधि र उपस्थितिलाई सर्वसाधारण सामु प्रस्तुत गरेर दशनामी समुदाय पनि अन्य समुदायको तुलनामा कुनै
पनि कुरामा कमजोर नरहेको तथ्य प्रस्तुत गरेको कुरा व्यक्त गर्नुभएको थियो। दशनामिहरुका अतिरिक्त ब्यबसायी एवं समाजसेवी पूर्ण के सी, गण्डकी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष बिकाश भुजेल, तनहु सेवा समाज कतारका अध्यक्ष केश गुर्माछान मगर लगायत थुप्रै गैर दशनामी शुभचिन्तकहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको औपचारिक शेसनको समापन पश्चात बिबिध सास्कृतिक प्रस्तुति, स्वतस्फुर्त नाचगान र खानपानका साथ कार्यक्रम सभ्य, भब्य र पूर्ण मनोरन्जनात्मक बाताबरणमा सु सम्पन्न भएको थियो।

\"\"


स्मरण रहोश, नेपाल दशनामी समाज शाखा कतार २४ नोवेम्बर २०१८ मा कतारमा रहेका दशनामी समुदायको बिचमा दशनामी समुदायको पहिचान, इतिहाश, संस्कार र परम्पराको जगेर्ना गर्दै आपसी भाइचारामा वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको नितान्त सामाजिक र सामुदायिक सस्था हो।

\"\"