कोरोनाको कारण काम रोकिएका कम्पनिहरुले पनि मजदुरहरुलाइ कम्तिमा खान र बस्न दिनु पर्ने – नेपाली दुतावास कतार।

दोहा कतार, १६ अप्रील २०२०। कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीहरुले पनि श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ । कोरोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न वा काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने कटौती…

1 मिनेट

पढ्ने समय

दोहा कतार, १६ अप्रील २०२०। कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीहरुले पनि श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ । कोरोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न वा काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने कटौती गर्न नपाइने निर्णय गरेको हो ।

क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवलब्ध भए पनि, नभए पनि आधरभूत तलब सुविधा पाउनेछन् ।

काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन पर्ने कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ ।

तर अहिलेको करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न भने सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्ने नियम छ ।

तर करार सम्झौता रद्द गरिएका श्रमिकको हकमा पनि देश फर्कने प्रक्रिया पूरा नहुँदासम्म खाने बस्ने सुविधा रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।

श्रम मन्त्रालयले बुधबार गरेको वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन सम्बन्धी वक्तव्यमा यी नियम उल्लङ्घन गर्ने कम्पनीलाई कारबाही हुने जनाइएको कुरा नेपाली दूतावास दोहा कतारले आफ्नो फेसबुक पेज मार्फत सर्वसाधारणलाइ जानकारी गराएको छ ।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच