# घेराबन्दीमा गणतन्त्र # ( कविता )

समाबेशी, समनाता धर्मनिरपेक्षता र क्रान्ति जिन्दावादका नाराहरु, आज किन निर्थक हुदैछन कमरेड सदन देखि सडक, गाउँ बस्तीमा आज “जातीय बिभेद\” परिवर्तनको बिरोधि हो, भन्ने भान किन हुदैन कम्रेड । सिहदरबार तेस्तो हो कि बालुवाटार तेस्तो हो । पहिले पेरिस डाडा देखि धुम्बाराहिले कति सपनाको बिज रोप्थ्यो । म ती सपनामा कति खुशी हुन्थे, याद छ…

4 मिनेट

पढ्ने समय

\"\"

समाबेशी, समनाता धर्मनिरपेक्षता र क्रान्ति जिन्दावादका नाराहरु,

आज किन निर्थक हुदैछन कमरेड

सदन देखि सडक, गाउँ बस्तीमा

आज “जातीय बिभेद\” परिवर्तनको बिरोधि हो,

भन्ने भान किन हुदैन कम्रेड ।

सिहदरबार तेस्तो हो कि बालुवाटार तेस्तो हो ।

पहिले पेरिस डाडा देखि धुम्बाराहिले कति सपनाको बिज रोप्थ्यो ।

म ती सपनामा कति खुशी हुन्थे,

याद छ कमरेड

दसौं बर्ष युद्धमा सत्रौ हजार मारिदा,

१९ दिन आन्दोलनमा सडकमा तातो गोलिले छट्पटीई रहदा तिमि भन्थ्यौ ।

यो बलिदानी र त्याग निम्ति सहिदको रगत प्रति

हामी सदा सर्बदा लडिरहनेछौ ।

तर आज

गाउँ गाउँमा सिंहदरबार भन्नेहरु गणतन्त्रको कत्ल्ययाम हुँदा किन मौन हुदैछ ।

प्रतिपक्षीको सदन को मुद्दा सरकार तिम्रो मुद्दा किन हुन सक्दैन?

सदियौ देखीको सामन्तवाद ढालेर

आज नबयुगको उत्कृष्ट बनेको सरकार,

जातकै कालो धब्बाले मारिएका अजित मिजार र नबराज बि क हरु को चित्कार सुन्नै नसक्ने गरि किन बहिरो हुदैछ ।

के तिम्रो आवरण फेरिएको हो?

के यो त्याग बलिदानी नक्कली थियो ।

आज सामन्ती ब्यवस्था अन्त्य हुँदा,

के गणतन्त्र नबसामन्तबादको उत्पत्ति भएको हो?

सामाजिक रूपान्तरको सहितको सास्कृतिक परिवर्तन के खोक्रो आदर्शवाद थियो?

म स्तब्ध छु कमरेड

आज फेरि

किन

बिचलित हुदैछ क्रान्तिका सपनाहरू

परिवर्तनका बिगुलहरु

अन्याय र अत्याचारको विरुद्ध दन्द्नी मसाल बाल्ने तिम्रो हातहरु आज किन कापिरहेका छन् ।

अह,

मान्दिन

मेरो सरकार यस्तो हुनै सक्दैन ।

चारै तिर सेतो पर्खालले घेरिएको सिहदरबार लाई  कालो पट्टिले बाध्न सक्दैन मेरो सरकार ।

म पटक्कै बिश्वास गर्दिन ,

मेरो सरकार नक्कली मुकुट लगाएर बसेको छ ।

म कसरी भन्न सक्छु ।

जुँगाको ताउ मसारेर बिभेदको घेरा बुन्दै छ

म कसरी सोच्न सक्छु ।

हिजो परिवर्तनका सपना बाड्ने मेरो सरकार ,

आज पुछिएका सिउदो र रितिएका आमाका काखका सहारामा बोल्नै नसक्ने गरि कस्ले

कैद गरेको छ ।

म कसरी भन्न सक्छु ।

किन बोल्दैन मेरो सरकार ।

किन सुन्दैन सिहदरबार ।

म कसरी बिश्वास गर्न सक्छु ।

लाचार र लम्पट भइ मुकुदर्शक बनेर

दलाल पुजीवादको फन्दामा पर्दैछ ।

अनि ब्राह्मणबादको सिकार हुदैछ भनेर ।

हो कमरेड ,

हिजो गाउँ बस्तीमा हुँदा मेरो सरकार

दलित गरिब पिछडिएका वर्गको संघर्ष गर्ने कुरा गर्थ्यो,

भोको पेट लाई गास र बाँस कपासको ब्यबस्थाको  नारा लगाउथ्यो ।

दलन र शोसित सर्बहाराको आवाज बुलन्दको नारा लगाउदै समनताका गित गाउथ्यो ।

हरेक मोर्चाको आन्दोलनमा रंगिन सपना देख्न्थे ।

उदाउँदो बिहानिको किरणमा झक्मगाउदै गरेको

सुन्दर बिहानी देख्न्थे ।

प्रजातन्त्र, लोकतन्त्र , गणतन्त्र हरेक तन्त्रका परिभाषामा नेपाल र नेपालीको समृद्धिको अभासका ज्वारभाट हुन्थे र त म भन्थे ,

मेरो सरकार

परिवर्तनको पर्याबाची हो ।

समृद्धिको खम्बा हो ।

बिकासको लहर हो ।

साझा फुलबारीको माली हो ।

तर

खै

फुलबारीको फुलहरु

चुडिदा ,उखेलिदा,कुल्चिदा ,

न त बोल्न सक्छ न प्रतिकार ।

यति निरिह,

पक्षघात कसरी भयो मेरो सरकार ।

हिजो

अग्रगामी छ्लाङ मार्ने,उत्पीडनका आवाजमा कसि लगाउदै ,

तिमी र म यो समाजको एक हो भन्दै ,

जङ्गल ,खोला भिर पाखामा  जगजगाउने आवाजहरु आज निशब्द देख्छु  ।

किन मेरो सरकार म देखि भाग्दै छ ।

खै आज कहाँ छ मेरो सरकार ?

काठमाडौको सिंह दरबार पुगेपछि

पुनर्जीबित सामन्ती अवशेष रहन्छ भनेर म कसरी भन्न सक्छु ।

युद्धमा हराएको  मेरो सरकार खोज्दै छु  ।

किन कि

क्रान्तिको बहाबले विश्राम थियो ।  पुर्ण बिराम थिएन ।

क्रान्ति मानव मानव बिचको विभेद , असहिष्णुता  बिचको पर्खाल  तोडन बाकी छ ।

युद्धको लगाम उठाउनु छ ,

र उतार्नु   तिम्रा नक्कली मुकुटहरु ।

झुटका आश्वासनमा सहिदको रगतमा टेकिएर, तिम्रो शिहासनको दम्भ अनि फेरिएको तिम्रो ढोगि आदर्शहरु ।

#############

माफ गर प्रिय कमरेड ,

म आज

गणतन्त्रको शुभकामना दिन सक्दिन

किन कि

मेरो सबिधानले मलाई बाच्न दिएन ।

कहिले कालो र गोरो बर्ण हेर्यो ,

कहिले ठुलो र सानो जातले हेर्यो ,

कहिले धनी र गरीबको भेदले घेर्यो ।

आडम्बरी तिम्रो समाजले हेयको दृस्टीले

मलाई पटक पटक मारेर जिउदो लाश बनायो ।

आम नेपाली जनताको हक हित र अधिकार प्राप्तिको संगीन सपनाको तुसरापात बनायो ।

यो सामानाको मोडमा

अब तिम्रो र मेरो यात्राले विश्राम लिएको छ ।

किन कि

तिमिले तिम्रो उदेश्य  बिचलित बनायौ ।।

सिहदरबारले तिमी लाई चक्रभियुमा पार्यो ।

तिमी लाई सत्ताको उन्माद बनायो ।

कमरेड

मेरो सरकारले मनाउने दिपावालिमा

मेरो घर अध्यारो भएको छ ।

मलाई पनि रहर थियो नि

तिमी र म सगै भएर यो देशको समृद्धिको दियोमा सगै तेलको बाती जलाउने

तर

आज

दियो मुनीको अधेरो जस्तै,

सबिधानको दुई पंक्तिले छुवाछूत मुक्त देश भन्दैमा बिभेदपुर्ण मानसिकताले अछुत बनाइ रह्यो ।

तेसैले कमरेड,

खै म कसरी दिउ तिमी लाई

गणतन्त्र दिबसको धेरै धेरै शुभकामना  ।

 

नबराज बि क

दोहा, कतार

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच