समाजसेवा भनेको दिन दु:खिहरुलाई खान लगाउन दिनु मात्र होइन, बरु कसैलाई दिन दु:खि बन्नुपर्ने बाताबरण नै बन्न नदिनु हो।

  पक्कै पनि दुख र समस्यामा परेर एक छाक खान र एक आङ्ग लगाउन पनि गाह्रो परेका बेलामा कसैले कसैलाई एक छाक खान दिनु र एक आङ्ग लगाउन दिनु पनि समासेवा नै हो । तर पनि समाजसेवा भनेको दिन दु:खिहरुलाई खान लगाउन दिनु मात्र होइन, बरु कसैलाई दिन दु:खि बन्नु पर्ने बाताबरण बन्न नै नदिनु…

5 मिनेट

पढ्ने समय

 

पक्कै पनि दुख र समस्यामा परेर एक छाक खान र एक आङ्ग लगाउन पनि गाह्रो परेका बेलामा कसैले कसैलाई एक छाक खान दिनु र एक आङ्ग लगाउन दिनु पनि समासेवा नै हो । तर पनि समाजसेवा भनेको दिन दु:खिहरुलाई खान लगाउन दिनु मात्र होइन, बरु कसैलाई दिन दु:खि बन्नु पर्ने बाताबरण बन्न नै नदिनु चाहि बिशुद्ध र उत्कृष्ठ समाजसेवा हो । तर विडम्बनाको कुरा हाम्रो समाजसेवाले चाहि जव सम्म कोही समस्यै समस्याको रसातलमा पुग्दैन तवसम्म कुनै सहयोग र हातेमालो अनि प्रगतिको लागि प्रोत्साहन सम्म गर्न चाहादैन ।

“तैले पैसा कमाउने मैले किन सहयोग गर्ने ”भन्ने भावना बोकेर हिड्ने अनि जब उसको सर्वश्व सकिएर सडकमा वा मृत्युको मुखमा पुग्न लाग्छ अनि बल्ल गोहीको आँशु चुहादै तामझाम सहित सहयोग गर्न पुग्छौ हामि । यस्तो सहयोग गर्नु भन्दा बरु नगर्नु नै श्रेयस्कर हुन्छ।

सहयोगका पनि आ आफ्नै मूल्य मान्यता र महत्व हुन्छन । भोकाएको मान्छेलाई एक छाक ढिडो खान दिनु र अघाएको मान्छेलाई फाइभ स्टार होटेलमा लन्च गराउनुमा आकाश जमिनको फरक हुन्छ। यो एउटा तत्कालिन परिवेशको उदाहरण मात्र हो तर समाजसेवाको उद्देश्य भनेको बिशुद्ध रुपमा मानव सेवा हुनु पर्दछ।  यसमा को पराइ को आफन्त, को आफ्नो समुदायको अनि को अर्को समुदायको भन्ने भेद नै हुनु हुदैन। सर्वप्रथम त समाजसेवा गर्ने भावना भएको मान्छेले दिन दुखिहरु कहा छन् भनेर खोज्दै हिडेर सहयोग गर्नु भन्दा पहिला मान्छेहरु किन र के कारणले दिन दुखि भैरहेका छन् भनेर त्यसको मूल खोज्ने र त्यसलाई रोक्ने काममा एउटा भए पनि इट्टा थप्ने प्रयत्न गर्नु उपयुक्त हुन्छ।

बदलिदो विश्व परिस्थिति र मानविय आवास्यकता अनि रहनसहनका कारण समाजसेवा गरिदा बिशुद्ध गैरनाफामुखी र गैरब्याबसायिक कामको लागि मात्र सहयोग गरिनु पर्छ भन्ने मान्यता नै गलत सावित हुदै गएको जस्तो देखिन्छ। यो मान्यताले समाजमा दिनदुखिहरुको  न्यूनीकरण होइन वृद्धि गर्दछ। समाजलाई सम्पन्न र सबैलाई खान लगाउन पुग्ने बनाउनको लागि सबैलाई ब्यबसायिक र नाफामुलक काम गर्नको लागि प्रोत्साहित र सहयोगको आवस्यकता हुन्छ। कतिवेला को सडकमा पुग्ला र सहयोग गरौला भनेर कुरेर बस्नु भन्दा बरु कतिबेला कसले नाफामुलक ब्यबसाय गर्छु भनेर आउला र सहयोग गरौला भनेर सहयोग गरियो भने बल्ल त्यो समाजसेवा उत्पादनशील र सुनौलो भविष्यको लागि उपयोगी शिद्ध हुन सक्छ।

कसैलाई ब्यबसाय गर्नको लागि गरिएको सहयोगले सायद भविष्यमा दीनदुखी बन्न सक्ने दुइ जना वा चार जना उसको परिवारलाई त्यस्तो बन्नबाट रोक्न सक्छ भने दिनदुखिलाई एक छाक खान र एक आङ्ग लगाउन दिएको सहयोगले तत्कालिन र अत्यन्त छोटो समयको खुसि मात्र दिन सक्छ।

म एउटा साधारण उदाहरण दिन्छु, यदि कसैले एउटा युट्युब च्यानल बनायो र त्यसमा बिभिन्न श्रीजनात्मक भिडियोहरु बनाएर अपलोड गरेर केहि अर्थोपार्जन गर्ने सोच बनायो। उसले त्यो च्यानल कुनै गलत कामको लागि प्रयोग गरेको पनि छैन र गर्ने सोच पनि राखेको छैन।  तर उसका दर्शक र सब्सक्राइबरको संख्या नपुग्दा उसले गुगलाबाट कुनै लाभ प्राप्त गर्न सकिरहेको छैन। अब उसले तपाइसंग सहयोग माग्छ कि, \” यदि तपालाई मेरा भिडियोहरु मन पर्छन भने कृपा गरेर हेरिदिनुहोला अनि मिल्छ भने सब्सक्राइब पनि गरिदिनुहोला। \” त्यतिबेला सामान्यतया: हाम्रो उत्तर भनेको, त्यसलाई पैसा कमाउन परेको छ अनि मैले किन त्यसको भिडियो हेरिदिने ? तर हामीले त्यस्तै भिडियोहरु अरु सम्पन्न र नचिनेका व्यक्तिहरुको च्यानलमा भने हेरिरहेका हुन्छौ। के थाहा हाम्रो यहि उपेक्षाले उक्त व्यक्ति एक दिन निराशा र डिप्रेशनले मृत्यको मुखमा पुग्छ अनि उस्का श्रीमती तथा साना बच्चाहरु सडकछाप बन्छन। अनि हामि बडो समाजसेवी बनेर दुइचार जना अर्का अनि स्थापित भैसकेका युट्युबर र पत्रकारहरु लिएर सहयोग हस्तान्तरण गर्न जान्छौ।  यो त एउटा दृष्टान्त मात्र हो।

हामीले अझै पनि सेवाको दायरालाई फरालिको र कल्याणकारी बनाउनु भन्दा पनि साँघुरो र प्रचारमुखी बनाउनुमै आफुलाई महान सम्झिरहेका छौ। अबको आवस्यकता भनेको गैर नाफामुखी र गैरब्यबसायिक समासेवाको नाममा हुने अब्यबाहारिक समाजसेवाको अन्त्य गर्दै ब्यबसायिक र नाफामुलक क्षेत्रमा समाजसेवाको लगानी गरिनु आवास्यक छ। कसैलाई ब्यबसाय गर्न सहयोग गर्दैमा हाम्रो आफ्नो ब्यबसाय धारासायी हुदैन। यसले झन् प्रतिस्पर्धा बढछ र हाम्रो ब्यबसाय अपग्रेड हुन्छ।  ब्यबसायिक समाजसेवा भनेको कसैलाई रुपैया पैसा दिनुलाइ मात्र बुझ्नु हुदैन। कसैलाई ब्यबसायिक परामर्श दिनु र काम वा ब्यबसाय गर्न प्रोत्साहित गर्नु, ब्यबसाय सम्बन्धि सिप र तालिम दिनु र आबास्यकता भएको खण्डमा पछि फिर्ता गर्ने गरि आर्थिक सहयोग गर्ने लगायतका थुप्रै तरिका र विधिहरुद्वारा ब्यबसायिक समाजसेवा गर्न  सकिन्छ।

जसरि मुहान सफा नभएसम्म नदीमा आउने पानि सफा हुदैन त्यस्तै गरि दिनदुखि बन्नु पर्ने परिस्थितिजन्य मुहानको अन्त्य नगरी समाजमा हामीले दिएको केहि किलो चामल, च्युरा र लत्ता कपडाले दुखि गरिबहरुको समस्याको अन्त्य हुदैन। ठुला साना दैवी प्रकोपमा परेकाहरुलाई तत्कालिन राहतको रुपमा खाने बस्ने ब्यबस्था गर्नु परिस्थिति अनुसार ठिकै भए पनि उनीहरुलाई कुनै ब्यबसाय वा काममा लगाउनुको सट्टा महिनौ वा बर्षौ सम्म दाताहरु खोजेर गास बासको ब्यबस्था गर्नु उनीहरुकै हित बीपरितको काम हो।  यसले एकातिर उनीहरुलाई अरुमा निर्भर रहने वा सधै अर्काको आशा गर्ने बनाउछ भने अर्कोतिर उनीहरुको सन्ततिको भबिष्य अन्धकार बनाउछ। त्यसैले सानोतिनो वा गाह्रो नै किन नहोस उनीहरुलाई ब्यबसाय वा रोजागारी गर्न प्रोत्साहित गर्ने र सो अनुसारको बाताबरण श्रीजना गर्नमा हाम्रो समाजसेवाको प्रयोग गरिनु पर्दछ।

जसरि सुकेको सुखको फेदमा पानि हालेर उक्त रुखले फल दिदैंन त्यसरी नै अनुत्पादक क्षेत्रमा गरिने लगानीले भविष्यमा कुनै प्रतिफल दिदैन। एक एक बिरामीको लागि चन्दा उठाएर लाखौ करोडौ खर्च गरेर स्वदेशका वा बिदेशका महंगा अस्पतालहरुमा उपचार  गराउने समाजसेवा गर्नुभन्दा बरु सबैलाई निशुल्क उपचार दिन सकिने सानोतिनोबाट नै शुरु गरेर किन नहोस अस्पताल बनाउनु उपयुक्त हुन्छ। कसैलाई चन्दा उठाएर शहरका महंगा प्राइभेट स्कुलहरुमा पढन पठाउनु भन्दा बरु गाउकै स्कुलमा साधन श्रोतको जोहो गरेर अनि जनशक्ति थपेर सबैको लागि सामान शिक्षा दिन सकिने पाठशाला बनाउनु उपयुक्त हुन्छ।

आउनुहोस परम्परागत समाजसेवाको ट्रेडमार्कको बिसर्जन गर्दै बैकल्पिक र ब्याबसायिक समाजसेवाको शुरवात गरौ। शुरुमा सुन्दा अनौठो र असम्भव लाग्ला तर बिस्तारै बानि पर्दै जान्छ र उपयोगी लाग्न थाल्छ। सोच बदलौ दुनिया आफै बन्दलिन्छ।

क्रमसः

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच