स्वतन्त्रता धितो राखिएको वार्षिकोत्सवको सम्झनामा !

जेष्ठ महिनाको चर्को गर्मी, दोहोर मकै गोडेर, मकैका पातहरुले भुइँ छोड्दै थिए । खेतमा बाझो जोत्ने, आलि कान्ला गर्न बाकी नै थियो । पालुवाहरु गाउँ पखेरा सुस्कुराउदै थिए । मनमा अजिब सपना जस्तो लाग्ने बाध्याताको पहरामा, एकाएक सपना अनि रहरहरुका बीचमा मैले मेरो देशको नाममा हरियो पासपोर्ट थमाएर लामो यात्राको यात्री भएर परिवारको खुशी र…

2 मिनेट

पढ्ने समय

\"\"

जेष्ठ महिनाको चर्को गर्मी,

दोहोर मकै गोडेर, मकैका पातहरुले भुइँ छोड्दै थिए ।

खेतमा बाझो जोत्ने, आलि कान्ला गर्न बाकी नै थियो ।

पालुवाहरु गाउँ पखेरा सुस्कुराउदै थिए ।

मनमा अजिब सपना जस्तो लाग्ने बाध्याताको पहरामा,

एकाएक सपना अनि रहरहरुका बीचमा

मैले मेरो देशको नाममा हरियो पासपोर्ट थमाएर

लामो यात्राको यात्री भएर

परिवारको खुशी र मेरो उज्ज्वल भविस्यको खोजी गर्दै,

मरुभूमि लागेको त्यो दिन आजै जस्तो लाग्छ ।

मेरो त्यो बिदाइको क्षण,

मेरो परिवार, आफन्त अनि साथी भाइ,

कति नरमाइलो मानेर बिदा गरेका थिए ।

बिहानी मिर्मिरेमा मैले मेरो परिवार छोडे,

अनि अलि पर,

कुम्ले खोलाको पुल कटे पछि गाउँ छोडे जस्तो लाग्यो ।

मुग्लिनको पुल तरे पछि अमिलो मन बनायो ।

काठमाडौ एयर्पोटमा दाइहरुले मलाई बिदाइ गरेर फर्किए पछि,

मेरा पाइलाहरु क्रमश,

राजधानी उज्यालो शहर छोडेर,

मैले मेरो देशको माटो पटक पटक फर्किएर हेर्दै हेर्दै,

ठुलो जहाजमा पहिलो पटक बस्दा,

खुसी भन्दा बढी पिडा अनुभुती गर्दै,

बेस्सरी मन भरी रोएको थिए।

कतारमा जुन १ पहिलो दिन,

जहाज बाट बाहिर निस्किदा,

हप्पकै तापले मलाई छोप्दा,

म आफै सग हराएको क्षण ।

बास बसाइको अनुभव र अनुभुती साट्न,

सघाउने दाइहरु प्रती आज पनि नतमस्तक छु ।

क्रमिक बित्दै गरेका समयहरु,

कति सपना पूरा भए कति अधुरै रहे,

तर यात्रा निरन्तर जारी रह्यो ।

आज जुन १ त्यो दिन मेरो मानसपटलमा ताजै छ ।

समयको रफ्तार सगै प्रदेश बसाईको १३औ बर्षको यात्रामा,

कति रहरहरु छुट्टीए कति रित्तिए तर मन अझै उस्तै छ ।

लहलहाउदै छोडेको मकैका पातहरु नमेटिएको सम्झना,

हिजो एउटा छोराको जिम्मेवारी संगै,

समयले आज म श्रीमतीको लोग्ने

अनि छोरीको बाबू समेत भएको छु ।

समयले सम्बन्धहरु,

परिवेशले जिम्मेवारीहरु थपिदै,

नयाँ आकार र परिधिको निर्माण गर्दै,

कतार बसाइ र नेपाल आउने जाने क्रम विश्राम लिएन ।

छोरीले सधै फोनमा मलाई हात डोहोर्याएर स्कुल छोडन,

कहिले आउनु हुन्छ बाबा भन्दा मन भारी हुन्छ ।

प्रियसि मिनलका दिनको जोड घटाउमा,

गुणा सगै आशुको ढोबहरु मा निथ्रुक हुन्छिन ।

आमाले,

धेरै भयो घर छोडेको अब आउ न बाबू भन्दा मन बिचलित  हुन्छ ।

तर पनि मैले प्रदेश छोडन सकिन ।

मेरो पासपोर्टका पानाहरु अध्यागमनका कैयौ छापहरु ले भरिए ।

तर भरिएनन सपनाका थानहरु,

खुशी खोज्दै मरुभूमिमा यतै हराइ रहेको छु ।

थाहा छैन म विलीन हुन्छु वा फर्केर खुसीको नयाँ उचाइ थप्छु ।

आज जुन एक,

स्मृतिमा मेरो जिबनको सपना र चुनौतीको संगीन मोडमा छु ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच