सामाजिक सन्जालको दुनियामा नयाँ सोच र उद्देश्यका साथ उदाउदै गरेको  सोशियल इ-कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न चाहानेहरुको लागि सुनौलो अवशर। 

सामाजिक संजालको दुनियाँमा एक भिन्न र नयाँ सोच अनि उद्देश्यका साथ उदाउदै  गरेको लगानिकर्तामुखी मात्र नभएर प्रयोगकर्तामुखी समेत रहने गरि संचालन भैरहेको शोसियल इ-कमर्श वेवसाइट www.sagoon.com ले हालसालै आफ्नो दोश्रो चरणको शेयर निस्काशन गरेर धमाधम रकम जुटाउन थालेको छ। रोजगारी र ब्यबसायको शिलशिलामा नेपालका बिभिन्न स्थानबाट अमेरिका पुगेका नेपालीहरुलाई एकत्रित पार्दै सगुनका सस्थापक गोविन्द गिरीले…

3 मिनेट

पढ्ने समय

\"\"

सामाजिक संजालको दुनियाँमा एक भिन्न र नयाँ सोच अनि उद्देश्यका साथ उदाउदै  गरेको लगानिकर्तामुखी मात्र नभएर प्रयोगकर्तामुखी समेत रहने गरि संचालन भैरहेको शोसियल इ-कमर्श वेवसाइट www.sagoon.com ले हालसालै आफ्नो दोश्रो चरणको शेयर निस्काशन गरेर धमाधम रकम जुटाउन थालेको छ। रोजगारी र ब्यबसायको शिलशिलामा नेपालका बिभिन्न स्थानबाट अमेरिका पुगेका नेपालीहरुलाई एकत्रित पार्दै सगुनका सस्थापक गोविन्द गिरीले सन् २०१४ मा सगुनको परिकल्पना सार्वजनिक गर्नुभएको थियो।

थुप्रै आरोह अवरोहहरु पार गर्दै सन् २०१७ मा मिनी आइपीओ मार्फत शेयर निस्कासन गर्नका लागि सगुनले पेश गरेको विवरणपत्रका आधारमा अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (The US Securities and Exchange Commission (SEC) (https://www.sec.gov/) ले सगुनको विवरणपत्रलाई बिक्रीयोग्य तोकेको थियो । सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपीओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो। त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेको बताइएको छ। पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको कम्पनीको दाबी छ।

सगुनले यस दोश्रो चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने बताइएको छ ।

एण्ड्रोइड र आइओएस दुवै खाले मोबाइल प्रयोगकर्ताहरुको लागि सगुन लाइट र वेव प्रयोगकर्ताहरुको लागि वेव भर्जनमा समेत sagoon.com सजिलैसंग प्रयोग गर्न सकिन्छ। शोसियल स्मार्ट कार्डको अवधारणासहित आएको सगुनले प्रयिगकर्ताले सगुनामा बिताएको समयको आधारमा उपाहारस्वरूप क्वाइन  दिन थालिसकेको छ।

\"\"

‘हामी विश्वभरका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं। उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नुभएको छ’, सगुनका संस्थापक गोविन्द गिरीले भने।

संस्थापक गिरी भन्छन् – ‘हामी सामाजिक सञ्जालको विश्व बजारमा नयाँ इतिहास रचना गर्ने सपना बोकेर अगाडि हिंडिरहेका छौं । हामी हिड्न ढिलो होला तर गन्तव्यमा पुगेरै छाड्ने छौं । मात्र हामीलाई विश्व समुदायको साथ र हौसला चाहिन्छ, विशेषगरी नेपाली समुदायबाट। विश्वमा एक दिन सगुन शब्दको अर्थ जस्तै सगनुलाई ‘शुभ क्षण र ‘भाग्य बनाएरै छाड्ने छौं।’

गिरीले अगाडी थपे  – सगुनमा प्रयोगकर्ताहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इ-कमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सक्नेछन।

नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको र यी दुई मुलुकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन (Sagoon) खोल्ने गरेको जानकारी सगुन ब्यबस्थापनले दिएको छ ।

\"\"

सगुनका प्रयेगकर्ताले दैनिक एक घण्टाभन्दा बढी समय यसमा खर्च गर्दछन्, उनले भने । अरूले सुनाएकै अधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धि दर ३० प्रतिशत देखिएको छ । हामी विशिष्ट र सुरक्षित-ज्ञानमा आधारित सामाजिक अनुभवको खोजीमा रहेका प्रयोगकर्तालाइ यस संजालमा समेट्न सफल हुनेछौं भन्ने कुरामा हाम्रो बलियो र समर्पित टोली विश्वास गर्दछ ।

सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ। सगुन (Sagoon) ले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ। यस पटक सर्वसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको आधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुन (Sagoon) का नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ।

सगुन (Sagoon) को सेयर खरिद गर्न इच्छुक ब्यक्तिले https://www.sagoon.com/invest   मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।

नयाँ र विशेष अवधारणा सहित विश्व बजारमा प्रतिष्पर्धा गर्ने उद्देश्यले स्थापना भएको स्टार्टअप कम्पनी सगुन, नेपालीहरु र नेपाली मुलका बिदेशीहरुले स्थापना गरेको पहिलो हो । यस्ता प्रकृतिका कुनै पनि कम्पनीहरुमा हालसम्म सगुन बाहेक अन्य कम्पनीहरुबाट नेपाली समुदायलाइ लगानीको अवसर प्राप्त हुन सकेको थिएन ।

सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको कम्पनीले जनाएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच