भारतसंगको हाम्रो \”रोटीबेटीको सम्बन्ध\” लाई हामीले हाम्रो कमजोरी बन्न दिनु हुन्न ।

खासगरी नेपाल र भारत बीचको सम्बन्धको चर्चा गर्दा \”रोटी-बेटी\” को कुरो सर्वप्रथम जोड्ने गरिन्छ। यस्तो सम्बन्ध संसारमा अन्यत्र कहीँ पनि नभएको र यो संसारको \”युनिक\” विशेष सम्बन्ध हो भनेर तर्क दिदै धेरै मान्छेहरु भावनामा बगेको पनि देखिन्छ । छिमेकी बदल्न सकिन्न र नेपाल भुपरिवेष्ठित देश भएकोले भारतप्रति निकै बढि निर्भर भएकोले निहुँ खोज्नु हुन्न, अलिअलि…

3 मिनेट

पढ्ने समय

\"\"

खासगरी नेपाल र भारत बीचको सम्बन्धको चर्चा गर्दा \”रोटी-बेटी\” को कुरो सर्वप्रथम जोड्ने गरिन्छ। यस्तो सम्बन्ध संसारमा अन्यत्र कहीँ पनि नभएको र यो संसारको \”युनिक\” विशेष सम्बन्ध हो भनेर तर्क दिदै धेरै मान्छेहरु भावनामा बगेको पनि देखिन्छ । छिमेकी बदल्न सकिन्न र नेपाल भुपरिवेष्ठित देश भएकोले भारतप्रति निकै बढि निर्भर भएकोले निहुँ खोज्नु हुन्न, अलिअलि सहनु पर्छ भन्ने आशयका बोली पनि सुन्न पाइन्छन् ।

बास्तवमा कुनै देशले कुनै देशसंग समानताको आधारमा व्यवहार गर्ने सन्दर्भमा यस्ता कुराले कमजोर मानसिकताको प्रदर्शन मात्र गरिरहेको हुन्छ । देश सानो या ठूलो, घनी या निर्धन,शक्तिशाली या दुर्वल जो जेजस्तो भए पनि भावनामा बगेर सम्बन्ध जोड्न खोज्दा सानो देशलाई नै धेरै घाटा पर्ने गर्दछ । बास्तवमा राष्ट्र, राष्टृयता र राष्ट्रत्व भनेको जात, नाता, भाषा, धर्म, संस्कृती र सामाजिक सम्बन्ध भन्दा माथिको कुरो हो ।

भारतसंग हाम्रो धेरै कुरा मिल्छ भन्दैमा ती कुरालाई हावी गरेर भावनामा बग्दै देशको हित हुने कुरामा उदारता देखाई रहनु आवश्यक छैन । नेपाल र भारतको बीचमा जस्तो सामाजिक-सांस्कृतिक सम्बन्ध छ, त्यो भन्दा पनि अझ नजिकको रक्त सम्बन्ध भएका देश पनि संसारमा थुप्रै छन् तर उनीहरुले सामाजिक-सम्बन्धको नाममा आफ्नो राष्टृय हितलाई कमजोर पार्ने काम गर्दैनन् ।

  • भारत, पाकिस्तान र बंगलादेश एउटै आँगन चिरेर, साक्खै भाइको अंशवन्डा भएजसरी बनेका देश हुन् । उनीहरुको धेरै कुरा एउटैएउटै छ, तर राष्टृय हितको कुरा आयो भने उनीहरु नेपालीले जस्तै भावनामा बग्दैनन् ।
  • बोर्निओ नामको एउटै टापुलाई बिचैबाट चिरेर इन्डोनेसिया, मलेसिया र ब्रुनेइ नामका तीन देशमा बाँडियो तर उनीहरु देशको कुरा आयो भने \”रोटि बेटि\” को सम्बन्ध हो भन्दै त्यत्तिकै अँगालो हाल्न जाँदैनन् ।
  • कुर्द जातिहरुको कुर्दिस्तानी भूमी, धर्म, भाषा र संस्कृति इराक, इरान र टर्की तीन देशमा बाँडिएको छ तर यी तीन देश आफ्नो राष्टृय हितमाथी एक अर्कोले खलल पुर्‍यायो भने बन्दुक उठाउन पछि पर्दैनन् ।
  • तिमोर टापु र सुडानको पठारमा सबैकुरा एउटै छ तर धर्म नमिल्ने बित्तिकै पूर्वी टिमोर र दक्षिण सुडान भन्ने अलग देश नै बने । उनीहरु व्यापार र अन्य व्यवहार गर्दा एक एक पाई र आनाको हिसाब गर्दछन् ।
  • सबै कुरा एउटै भएर पनि शासन व्यवस्था फरक परेकोले उत्तर कोरिया र दक्षिण कोरिया पनि दुई देशमा बिभक्त छन् । उनीहरु राष्टृय हितको कुरा गर्दा कहिले पनि भावना बग्दैनन् । ठोस रुपमा लेनदेन गर्दछन् ।
  • एउटै धर्म, भाषा, संस्कृती र जाती भएर पनि अरब लिगका बीस भन्दा बढी सदस्य देशहरु स्वतन्त्र छन् । हाम्रो सबै कुरा एउटै हो, किन वहस विवाद गर्ने भनेर उनीहरु कहिले पनि आफ्नो देशको हितमाथि अन्याय गर्दैनन् ।
  • अंग्रेजी, फ्रेन्च, स्पानीस र पोर्चुगिच भाषाहरु धेरै देशका साझा भाषा छन् । कृस्चियन, इस्लाम र बौद्ध धर्मले धेरै देशलाई एउटै सुत्रमा बाँधेका छन् । तर ती देशहरु कहिले पनि हाम्रो भाषा, धर्म, संस्कृति मिल्छ भनेर राष्ट्रको हित नहुने कुरामा त्यत्तिकै हात मिलाउन जान्नन् ।
  • स्वाजिल्याण्ड भन्ने देश चारै तिरबाट दक्षिण अफृकाले घेरिएको छ । पुरै अर्थतन्त्र उसैमाथि निर्भर छ तर अन्तरराष्टृय इस्युमा स्वाजिल्याण्डले जहिले पनि दक्षिण अफृकाको विपरित अडान लिएको देखिन्छ ।

यी केही उदाहरण मात्रै हुन् । संसारमा \”रोटि बेटि\” मात्र होइन \”भाइ भाइ\” को सम्बन्ध भएका पनि थुप्रै देश छन् । ती सबै देशहरुले एक अर्कोसंग समानताको आधारमा नै सम्बन्ध जोडेको देखिन्छ । अनि हाम्रो नेपालमा मात्रै \”भारतसंग हाम्रो रोटि बेटिको सम्बन्ध छ, अलि अलि थिचोमिचो सहनु पर्छ\” भन्ने आशयका बोलीहरु किन सुनिन्छन् होला नि? अहिलेको ग्लोबलाइजेसनको युगमा \”रोटि बेटिको सम्बन्ध\” संसारभरी विस्तारित भैसकेको छ । भारतसंगको हाम्रो \”रोटीबेटीको सम्बन्ध\” लाई हामीले हाम्रो कमजोरी बन्न दिनु हुन्न ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच