भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा भीडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भीडन्त भएको भारत सरकारले पुष्टि गरेको छ । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो । बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमवार राति भप्डन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र अन्य दुई सैनिकको मृत्यु भएको हो । सेनाका अनुसार दुई…

1 मिनेट

पढ्ने समय

\"\"

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भीडन्त भएको भारत सरकारले पुष्टि गरेको छ । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो । बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमवार राति भप्डन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र अन्य दुई सैनिकको मृत्यु भएको हो ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन् । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर धेरैपछि सैनिकहरूको मृत्यु हुनेगरी भीडन्त भएको हो ।

 

चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न आह्वान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत पराजित भएको थियो । भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आरोप लगाएको छ । सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् । गत मे महिनामा पनि दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो ।

बीबीसी

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच