विदेशबाट आउने पैसाको अनुपात हेर्दा घरजग्गा कारोबारमा ६ प्रतिशत भन्दा बढी गिरावट आउने सम्भावना

नेपालमा हुने घरजग्गा कारोवारमा विप्रेषणबाट प्राप्त हुने रकमको आधारमा घटबढ हुने गरेको पाइन्छ । यो बर्ष विश्वभर फैलिएको कोरोना महामारिको असरले गर्दा विप्रेषण आयमा गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेर ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमा सिमित बनेको छ । यहि अनुपातको आधारमा प्रारम्भिक चरणमा घरजग्गा…

1 मिनेट

पढ्ने समय

\"\"

नेपालमा हुने घरजग्गा कारोवारमा विप्रेषणबाट प्राप्त हुने रकमको आधारमा घटबढ हुने गरेको पाइन्छ । यो बर्ष विश्वभर फैलिएको कोरोना महामारिको असरले गर्दा विप्रेषण आयमा गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेर ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमा सिमित बनेको छ । यहि अनुपातको आधारमा प्रारम्भिक चरणमा घरजग्गा कारोवार पनि ६ प्रतिशतकै सेरोफेरोमा गिरावट आउने देखिन्छ । यो बिप्रेषणको प्रत्यक्ष असर भए पनि यसमा अन्य आर्थिक सुचकांक तलमाथि पारेको अवस्थामा विदेशबाट आउने रकमले सिधै समानुपातिक प्रभाव पार्ने निश्चित छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

१० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

१० महिनाको अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई ७ खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।
गतबर्षको तुलनामा रियल स्टेटमा यो बर्ष अव ६ प्रतिशतको मन्दीको सहज अनुमान गर्न सकिने भएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच