बिजुलीको नयाँ महशुल निर्धारण गर्यो नियमन आयोगले

विद्युत नियमन आयोगले नयाँ विद्युत महशुल दर तोकेको छ । आयोगको सोमबार बसेको सञ्चालक समितिको ५७ औं बैठकले २०७७ असार महिनाबाट विद्युत खपतमा लागू हुने गरी नयाँ महशुल निर्धारण गरिएको हो । नयाँ विद्युत महशुल दर तोकिएसँगै आयोगले व्यावसायिक क्षेत्रका लागि यसअघि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंक लाइनको प्रावधान पनि हटाएको छ ।   नेपाल…

1 मिनेट

पढ्ने समय

\"\"

विद्युत नियमन आयोगले नयाँ विद्युत महशुल दर तोकेको छ । आयोगको सोमबार बसेको सञ्चालक समितिको ५७ औं बैठकले २०७७ असार महिनाबाट विद्युत खपतमा लागू हुने गरी नयाँ महशुल निर्धारण गरिएको हो । नयाँ विद्युत महशुल दर तोकिएसँगै आयोगले व्यावसायिक क्षेत्रका लागि यसअघि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंक लाइनको प्रावधान पनि हटाएको छ ।

 

नेपाल विद्युत प्राधिकरणले गत मंसिरमा नयाँ विद्युत महशुल दर तोक्नका लागि आयोगमा प्रस्ताव पठाएको थियो । प्राधिकरणको सोही प्रस्तावका आधारमा आयोगले विस्तृत अध्ययन गरी नयाँ विद्युत महशुल दर तोेकेको हो । आयोगले महसुल दर निर्धारण गर्दा १५० युनिटसम्म विद्युत खपत गर्नेलाई २५% तथा २५० युनिट खपत गर्नेलाई १५% छुट दिने निर्णयलाई पनि आधार मानेको छ ।

 

प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म प्रयोग गर्ने ग्राहकले प्रतियुनिट रु सातका दरले महसुल तिर्नुपर्नेछ । औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ । प्राधिकरणले जति बढी विद्युत् प्रयोग ग¥यो त्यति बढी महसुल तिर्ने गरी प्रस्ताव गरेको छ । प्रवक्ता प्रवल अधिकारीले शहरीया ग्राहकले प्रतियुनिट १२.५० सम्म तिर्ने गरी प्रस्ताव गरिएको जानकारी दिए।

नयाँ प्रस्तावअनुसार शहरीया तथा मध्यम वर्गका ग्राहकले भने बढी महसुल तिर्नुपर्नेछ । प्राधिकरणका अनुसार करिब ३० लाख ग्राहकमध्ये ७५ प्रतिशत बढी ग्राहक घरायसी छन् भने बाँकी औद्योगिक छन् । नयाँ प्रस्तावको औद्योगिक घराना र व्यापारिक सङ्घसंस्थाले भने विरोध गर्न सक्ने देखिएको छ ।

नयाँ महसुल दर लागू भएमा औद्योगिक प्रयोजनका लागि जडान भएको ‘टिओडी मिटर’मा थप २० प्रतिशत बढी शुल्क उठ्नेछ । गत माघमा पनि प्राधिकरणले औद्योगिक ग्राहकलाई २० प्रतिशत महसुल बढाएको थियो । नेपाल उद्योग वाणिज्य महासंघले महसुल वृद्धि जायज नभएको भन्दै त्यतिबेला पनि विरोध गरेको थियो ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच