लगानिकर्ताहरु भन्छन, \’हाम्रो माग सम्बोधन भयो’ – के छ त्यस्तो यस वर्षको मौद्रिक नीतिमा?

नेपाल राष्ट्र बैक मार्फत हालै जारि भएको मौद्रिक नीति २०७७ / ७८ ले कोरोना संक्रमण लगायतले थिलो थिलो परेको नेपालि शेयर बजारले केहि राहत पाउने संकेत देखिएको छ। शेयर लगानी कर्ताका बिभिन्न संगठनका अगुवाहरुले यस वर्षको मौद्रिक नितिली आफ्ना प्राय: सबै मागहरु सम्बोधन भएको कुरा बताएका छन्। कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रलाई माथि उठाउने हिसाबले…

2 मिनेट

पढ्ने समय

\"\"

नेपाल राष्ट्र बैक मार्फत हालै जारि भएको मौद्रिक नीति २०७७ / ७८ ले कोरोना संक्रमण लगायतले थिलो थिलो परेको नेपालि शेयर बजारले केहि राहत पाउने संकेत देखिएको छ। शेयर लगानी कर्ताका बिभिन्न संगठनका अगुवाहरुले यस वर्षको मौद्रिक नितिली आफ्ना प्राय: सबै मागहरु सम्बोधन भएको कुरा बताएका छन्। कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रलाई माथि उठाउने हिसाबले मौद्रिक नीति आएको उनीहरुको तर्क छ ।

 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत औसत धितो मूल्यांकन अवधिलाई घटाइएको छ भने सेयर धितो कर्जाको सीमा बढेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाले नगद भन्दा बोनस सेयर वितरणलाई प्राथकिता दिनुपर्ने भएको छ । यसले सेयर बजारमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभावपार्ने देखिन्छ । यसको अलावा स्वेच्छिक मर्जलाई सेवा सुविधासहित प्रोत्साहन गरिने नीतिल्याइनु र सीसीडी रेसियाको सीमा बढ्नु, आदिले पनि पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

 

शेयर लगानी कर्ता संघ नेपाल र नेपाल इन्भेष्टर्ष फोरम का पदाधिकारीहरुले मौद्रिक नीतिले सेयर धितो राखेर प्रदान गर्ने कर्जाको सीमा बढाएर ७०% पुर्याएको, धितो मूल्यांकनमा १८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको, सीसीडी रेसियो ८०% बाट ८५% कायम गरिएको, लघुवित्त संस्थाहरूको पुँजी वृद्धि सम्बन्धी योजनालाई प्राथमिकतामा राखी संस्थाहरूलाई सबल र अब्बल बनाउने नीति लिइएको आदि कुराहरु यस वर्षको मौद्रिक नीतिका राम्रा पक्ष भएको कुरा भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले नगद लाभांश भन्दा बोनस सेयर प्राथमिकतामा पारी वितरण गर्नुपर्ने पछिल्लो नीतिले वित्तीय संस्थाहरूको पुँजी कोषलाई सबल र सुरक्षित बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ । सीआरआरमा पनि सहुलियत दिइने भएको छ । वर्तमान कोरोना संकटका बीच आएको मौद्रिक नीतिले पुँजी बजारको विकास, विस्तार र स्थायित्वका लागि सकारात्मक सम्बोधन गरेको छ ।

पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् ।स्वेच्छिक मर्जलाई सेवा सुविधा सहित प्रोत्साहन गरिने नीतिले पनि पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने देखिएको छ । सम्पूर्ण हिसाबले हेर्दा मौद्रिक नीति केही सन्तुलित र सुधारोन्मुख देखिएको कुरा विज्ञहरुले बताएका छन्।

Monetary_Policy_(in_Nepali)–2077-78_(Full_Text)-new

 

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच