एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डिभलपमेन्ट लिमिटेडको आइपीओ आउदै

\"\"

बैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा रहेका नेपालि र विश्वका बिभिन्न देशमा रहेका नेपालि मुलका बिदेशी नागरिकहरुको एकमुष्ट संस्था गैर आवासिय नेपालि संघ (एन आर एन) का अभियन्ताहरु र लगानीकर्ताहरुको मुख्य लगानी तथा ब्यबस्थापन रहेको एन आर एन इन्फ्रास्ट्रक्चर एण्ड डिभलपमेन्ट लिमिटेडको बहुप्रतिक्षित आइपिओ यहि २०७७ श्रावण १६ गतेदेखि सर्वसाधारणको लागि निष्काशन हुने भएको छ।

 

१ अर्व १३ करोड २६ लाख ८२ हजार १०० जारि पुजी रहेको यस कम्पनीले जारि पूजीको ३०% अर्थात ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको रू. १०० अंकित ३३ लाख ९ हजार ८ सय ४६ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्रि गर्न लागेको हो।

 

देश विदेशमा छरिएर रहेको लगानीयोग्य पुजीलाई संकलन गरि एकमुष्ट रुपमा सामुहिक लगानी गर्ने उद्देश्यले २०६२ सालमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डिभलपमेन्ट लिमिटेड (NRNIDL) को नाममा यो कम्पनि दर्ता दर्ता भएको हो।  यस कम्पनीको हालसम्म २७ मेगावाटको दोर्दिखोला हाइड्रोपावर, ७३ मेगावाटको मध्य तमोर हाइड्रोपावर, २८.१ मेगावाटको तल्लो लिखुखोला हाइड्रोपावर र  १४.३ मेगावाटको माथिल्लो मैलुङ्ग जलविधुत आयोजना लगायतका आयोजनाहरुमा मुख्य लगानी रहेको छ।  सम्पन्न नेपाल खुसि नेपालि भन्ने मुख्य नारा रहेको यस कम्पनीको कार्यकारी अध्यक्षमा एनआरएनका पुर्व अध्यक्ष जीवानाथ लामिछाने हुनुहुन्छ।

\"\"

उक्त आइपिओमा लगानी गर्न इच्छुक लगानिकर्ताले तोकिएका बैक तथा बित्तिय संस्थाहरु मार्फत वा सीआस्वा सेवा मार्फत स्वयं उपस्थित भै वा अनलाइन आवेदन दिन सक्नुहुनेछ।  यस कम्पनीको शेयर खरिद गर्नको लागि अन्य कम्पनीहरुको  शेयर खरिद गर्दा चाहिने जस्तै सबै  खरिदकर्ताहरुसंग आफ्नो नाममा हितग्राही खाता (Demat account) आवस्यक हुनेछ। हितग्राही खाता नहुने खरिदकर्ताहरुले कम्पनीमा वा कम्पनीले तोकेका बित्तिय संस्थामा सम्पर्क गरि आवास्यक सेवा र सल्लाह लिन सक्नु हुने जानकारी गराइएको छ। थप सेवा र सल्लाह सम्बन्धि बिस्तृत जानकारीको लागि  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, तेश्रो तल्ला, चावहिलचोक, काठमाण्डौ,  सम्पर्क नम्वर : +९७७१-४४९४९२४, ४४९२९३९, E-mail:nrninvestmentltd@gmail.com मा सम्पर्क राख्न सकिने कुरा कम्पनीले जनाएको छ।