कास्की : निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा ६४ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जिनियर विनेश मुनंकर्मीले बताए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँग भएको छलफलमा हालसम्मको प्रगतिका बारेमा जानकारी गराउँदै आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्यांगर एप्रोनको काम सम्पन्न भएको बताए ।
त्यसैगरी, आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्यांगर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कंकिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको छ । फिनिसिङ र डेकोरेसनको काम बाँकी रहेको उनले जानकारी दिए । हाल चिनियाँ १८० र नेपाली ९० जना मजदुर तथा कर्मचारीले विमानस्थलको काम गरिरहेका छन् । तोकिएको समय सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताए ।
उनले भने, “कोरोनाका कारण अंग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले ६ महिनाअघि नै विमानस्थलको काम सक्ने लक्ष्य पूरा भएन । तर अबको काम उपकरण जडान गर्ने रहेकाले सामग्री आउने बित्तिकै काम सुरु गरेर तोकिएको समयभित्रमा सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा छौँ ।” आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको बताउँदै उनले राजनीतिक दलको समेत साथ र सहयोग आवश्यक रहेको बताए ।
रासस
पोखरा विमानस्थल निर्माण कार्य आधा भन्दा बढी सम्पन्न
कास्की : निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा ६४ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जिनियर विनेश मुनंकर्मीले बताए । सत्तारुढ नेपाल कम्युनिष्ट…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












