युट्युवले कोरोना भाइरसका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन : युट्युवले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोना विरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युवमा राखेको भिडियो बढी…

1 मिनेट

पढ्ने समय

वासिङ्टन : युट्युवले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोना विरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युवमा राखेको भिडियो बढी विवादमा पर्दै आएको छ ।

युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने औषधि वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।” स्वास्थ्य जस्तो संवेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथि नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाई छ ।

गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरु सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ । कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको छ । आवश्यक गृहकार्यहरु पनि गरिएको युट्युवका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन् ।

रासस–एएनआई

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच