कोभिड-१९ का कारण स्थगित सिटीइभिटीको परीक्षा मंसिर ८ गतेदेखि हुने
काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले मंसिर ८ गतेबाट परीक्षा सुरु गर्ने भएको छ । सिटीइभिटीले कोरोना भाइरसका कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले जनाएको छ ।
त्यस्तै, डिप्लोमारप्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने कात्तिक २२ गते हुने भएको छ । कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने भएको छ । परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।