नाथ, योगी (जोगी) र दशनामी सम्प्रदायको भेद नबुझी तथ्यहीन लेख लेख्ने लेखिकाले मागिन माफी

  अघिल्लो शनिवार नागरिक दैनिकमा लेखिका तर्कना शर्माद्वारा दशनामी समुदायका जातिका बारेमा लेखिएको एक लेखको विषयमा नेपाल दशनामी समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त तथ्यहीन र गलत लेखको बिषयमा नेपाल दशनामी समाज केन्द्रीय समितिका तर्फबाट पत्रिका र लेखिकालाई ध्यानाकर्षण गराइए पछि नागरिक पत्रिकाका तर्फबाट प्रधान सम्पादनकले सार्वजनिक  रुपमा पत्रिका मार्फत माफी मागेका  छन …

2 मिनेट

पढ्ने समय

 

अघिल्लो शनिवार नागरिक दैनिकमा लेखिका तर्कना शर्माद्वारा दशनामी समुदायका जातिका बारेमा लेखिएको एक लेखको विषयमा नेपाल दशनामी समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त तथ्यहीन र गलत लेखको बिषयमा नेपाल दशनामी समाज केन्द्रीय समितिका तर्फबाट पत्रिका र लेखिकालाई ध्यानाकर्षण गराइए पछि नागरिक पत्रिकाका तर्फबाट प्रधान सम्पादनकले सार्वजनिक  रुपमा पत्रिका मार्फत माफी मागेका  छन  भने लेखिका तर्कना शर्माले पनि एक राष्ट्रिय दैनिक मार्फत माफी मागेकी छन।  मध्यन्न राष्ट्रिय दैनिक पत्रिका मार्फत लेखिका तर्कना शर्माले समेत माफी मागेकी छन् । साथै लेखिका शर्माका अब उप्रान्त कुनै पनि लेख नागरिक दैनिकमा प्रकाशन नगर्ने जानकारी पत्रिका मार्फत गराइएको  कारण उनको लेख मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको कुरा बताइएको छ ।

\"\"

तर्कना शर्माद्वारा लिखित र मध्यान्ह दैनिकमा प्रकाशित खण्डन तथा क्षमा याचनाको साभार अंश :

\"\"पृथ्वी नारायण शाहका जासुस थिए त फेरी जोगी? संग सम्बन्धित प्रतिकृया

२०७७ पुष २५ गतेको एक राष्ट्रिय दैनिक पत्रिकामा मेरो \”पृथ्वि नारायणका जासुस थिए फेरी जोगी ?\” शिर्षकको लेख प्रकाशित थियो।  यो लेख फेरी प्रचलन बारे समाजमा चलेका ब्यबहारिक पक्षलाई आधार मानेर लेखिएको हो। त्यसमा दशनामी समुदाय जोडिन पुगेको कुरा मिथ्या हो भन्ने बिज्ञप्ति र खण्डनहरु पढ्दा मलाइ लाग्यो, भ्रमको जग समाज भित्र छ।

हाम्रो समाजमा अधिकांश मानिसलाई नाथ समुदाय, बाह्रपन्थी जोगी, सन्यासी र दशनामिको भिन्नता बारे थाहा छैन। यहि भेद नबुझेका कारण गलत जनविश्वास समाजमा स्थापित छ।

नाथ सम्प्रदायका मानिसलाई समाजले नचिनेका कारण आफ्नो परिचय दिदा गिरी पुरी भारती आदि अर्थात दशनामी जस्तै हो भन्न वाध्य छन्। यसले अझै भ्रम सृजना भएको छ। नेपालको सरकारी सेवा सेना प्रहरीमा जागिरे बन्न अप्ठ्यारो परेपछि ओखलढुंगा सिद्धिचरण नगरपालिकाका युवाहरुले जोगी थर नलेखी गिरी लेख्ने गरेको वासुदेवनाथ बताउछन। ( बासुदेवानाथाको \”के हो नाथ सम्प्रदाय ?\”: न्युज कोशेली अनलाइन ) दशनामी भित्रकै पर्वत, आराण्य, सरस्वति आदिले आफ्नो वास्तविक थर नलेखी सजिलोको लागि गिरी लेख्ने गरेको शितल गिरी बताउछन। अधिकांश मानिसले नाथ, जोगी र दशानामिलाई एकै बुझने रहेछन।  यसले समाजमा भ्रमको सृजना भएको पाइन्छ।

यसमा कतिपय सामाजिक ब्यबहारमा चलेका तर तथ्यहीन कुरालाई लेखकले सत्य मानिदिदा किम्बदन्ती नै बनेर जाने खतरा देखियो। समाजको ब्यबाहारिक पक्षको आधार र मुल्यांकन गरि प्रकाशित मेरो लेखप्रति सरोकारवाला जो जसले प्रतिक्रिया गर्नु भयो वहाहरु सबैलाई धन्यवाद दिन्छु। उक्त लेखमा गिरी, पुरी आदि दशनामिले फेरी लगाउछन भन्ने भ्रामक कुरा प्रकाशित गर्नु मेरो कुनै उद्देश्य र यो तथ्यगत पनि नभएको कुरा महशुस भयो।

यसबाट मैले आफ्नो भ्रम निराकरण गर्ने अवशर पाए। मेरो कुनै पूर्वाग्रह र कसैप्रति आक्षेप गर्ने उद्देश्य नै होइन। तर समाज भित्र लुकेको भ्रम निराकरण गर्नु बिज्ञ, लेखक, सम्बन्धित सम्प्रदाय सबैको उत्तरदायित्व हुन्छ। लोक साहित्यको पहिलो पाठशाला समाज हो।  नेपालि समाजमा प्रचलित विश्वास समातेर लेखेको मेरो लेख मार्फत अन्यथा पर्न गएकोमा माफी चाहान्छु।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच