काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्दोलनमा लाठी खानतयार रहेको बताउनु भएको छ । ‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर होकि के हो लाठी खान मन लागेको छ’ प्रचण्डको भनाइ छ ।
अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने र उक्तआन्दोलनमा लाठी खान तयार रहेको बताउनु भएको हो । ‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउकोजोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उहाँको भनाइ रहेको छ ।














