सत्तासंगै समाजको विश्वास र आस्था नगुमोस भनेर अदालत सचेत रहनुपर्छ।

यो बर्षको जनवरी २० विश्वकै लागि स्मरणीय र विशेष रह्यो । अराजक, उद्दण्ड र मुर्ख शासक डोनाल्ड ट्रम्पको हातबाट सत्ताहस्तान्तरण भयो । अर्को अर्थमा उनको हातबाट सत्ता खोसियो । विश्वको सबभन्दा शक्तिशाली राष्ट्रको नेतृत्वको असल खराब नीति रकर्मबाट सिङ्गो विश्व प्रभावित हुनु स्वभाविक थियो । विगत ४ बर्षे शासनकालमा डोनाल्ड ट्रम्प अराजकताको प्रतीक बने ।…

5 मिनेट

पढ्ने समय

\"\"

यो बर्षको जनवरी २० विश्वकै लागि स्मरणीय विशेष रह्यो अराजक, उद्दण्ड मुर्ख शासक डोनाल्ड ट्रम्पको हातबाट सत्ताहस्तान्तरण भयो अर्को अर्थमा उनको हातबाट सत्ता खोसियो विश्वको सबभन्दा शक्तिशाली राष्ट्रको नेतृत्वको असल खराब नीति कर्मबाट सिङ्गो विश्व प्रभावित हुनु स्वभाविक थियो विगत बर्षे शासनकालमा डोनाल्ड ट्रम्प अराजकताको प्रतीक बने ऐन, नियम, परम्परा विपरित नितान्त निजी सनकका भरमा हिड्ने उनको स्वभाव अरु देशका उस्तै प्रकृतिका नेताहरुका लागि आदर्श बन्यो त्योस्वभाविक पनि थियो भेडा भेडैसँग हाम्रो देशको नेतृत्व पनि डोनाल्ड ट्रम्पको पदचिन्ह पछ्याउने कुराबाट जोगिन सकेन एक्काइसौ शताब्दीमा आइपुग्दा पनि सत्तानेतृत्वमा अलोकतान्त्रिक चरित्र विकसित हुनु दुर्भाग्यको विषय हो ट्रम्प अमेरिकीमतदाताबाट तिरस्कृत हुनु विश्वकै लागि राम्रो उदाहरण बनेको कमसेकम खराब बाटो समातेका शासकहरुलाई एकपटक ठण्डादिमागले सोच्न वाध्य बनाउने भनेर आशा गर्न सकिन्छ  

अमेरिकी उच्च (संघीय) अदालतमा न्यायाधीशहरुको बहुमत पुग्नेगरी आफ्नो पक्षधरहरुलाई नियुँिक्त गर्ने अवसर डोनाल्ड ट्रम्पलेपाएका थिए आफ्नो पक्षधर न्यायधीशहरुबाट आफ्नो इच्छा माफिकको फैसला आवश्यक पर्दा गराउन सकिन्छ भन्ने उनलाई लागेकोथियो निर्वाचन परिणाम आफ्नो प्रतिकूल आउन थालेपछि एकपछि अर्को रिट अदालतमा दायर गरेर निर्वाचन परिणाम उल्टयाउने गतलअपेक्षा राख्ने धृष्टताको कारण त्यही थियो स्टेट अदालतहरु मात्र होइन संघीय अदालत पनि न्यायको आदर्शबाट विमुख हुन रुचाएन न्यायाधीशहरुले कानुनी प्रावधान हेरे, परम्परा हेरे, नियुक्ति दिने अधिकारीलाई हेरेनन् ट्रम्पको दुराशय पूरा हुनेगरी स्थापित कानुन परम्पराको धज्जी उडाउने नादनी गर्न अमेरिकाको दुई सय बर्षको परिपक्क परम्पराले रोक्यो स्थापित कानून परिपालनाको परिपक्वतान्यायधीशहरुले प्रर्दन गरिदिए निराश हतास बनेका डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुको उद्दण्ड भिडलाई संसदमा हमला गर्न समेतउक्साए  

दुर्भाग्य हो कि संसारको परम्परा नै त्यस्तै हो कुन्नी नेपालमा पनि न्यायाधीशहरुको नियुक्ति योग्यता अनुभव भन्दा राजनीतिकसंलग्नताको आधारमा हुन थालेको कटु अनुभव समाजले गर्नुपर्ने परिस्थिति सिर्जना भएको राजनीतिक भागबण्डामा न्यायालयमाभर्ना नियुक्ति गरिने कुरा ओपनसिक्रेट नै बनेको त्यसैले ऐन, कानून, नियम, संविधान परम्पराभन्दा बढी राजनीतिबाटन्यायनिसाफ प्रभावित हुन्छ भन्ने मान्यता समाजमा स्थापित भएको अदालतले न्याय दिन्छ भन्ने विश्वास पातलिदै गएको कुनन्यायाधीश विशेषको इजलासमा मुद्धा पुग्यो भन्ने कुराको आधारमा फैसलाको पुर्वनुमान गरिन्छ मानिसहरुका अनुमान सत्य सावित हुनेगरेका पनि छन् त्यसले पनि अदालतको साख निरन्तर क्षया्न्मुख हुदै गएको निश्चयनै यो दुर्भाग्यको विषय हो अदालत प्रतिकोक्षयोन्मुख विश्वाास पुनस्थापित गर्ने न्यायाधीशहरुले नै हो न्यायाधीशहरुको निर्णयमा देखिने निष्पक्षताबाट हो अदालतलाई लाग्नेगरेको पक्षधरताको आक्षेपको कलङ्क मेटाउने न्यायाधीशहरुले नै हो  

यतिखेर सम्पूर्ण नेपालीहरुको ध्यान सर्वोच्चतिर तानिएको त्यो स्वाभाकिव पनि हो जनताले चुनेको संसद विघटन गरिएको सरकारले राम्रो गर्न नसकेको भए पनि संसद विघटन भैहालोस्, नयाँ चुनाव होस् नयाँ नेतृत्व चयन गरौंला भन्ने हतारो जनतामादेखिएको छैन संसद विघटन विरुद्ध परेका रिटनिवदेनउपर अदालतमा बहस पैरवी भैरहेको ओकिलले के भन्छन् भन्ने जिज्ञासासमाजमा रहने नै भो पक्ष विपक्ष कतापट्टि दरिला तर्कहरु प्रस्तुत होलान् भन्ने जिज्ञासा मानिसमा ओकिलका बलिया तर्कलेन्यायधीशहरुलाई लतार्ला कि भन्ने आशा पनि सामान्यतः न्यायालयले सरकारको पक्षमा फैसला दिन्छ भन्ने मान्यता समाजलेबनाएको हुन्छ ठूलालाई चैन, सानालाई ऐन भन्ने चलन अर्थात न्यायालय बलियो पक्षबाट प्रभावित हुदैन भनेर समाजले पत्याउदैन न्यायालयमा सेटिङ मिलाइएको रे भन्ने हल्ला पनि व्यापक त्यस्तो हल्ला नपात्यउनृुपर्ने कारण समाजले देपखेको छैन किनिक सेटिङको हल्ला पिटाउने पनि सरकारी पक्ष नै हो ठाउँकुठाउँ सत्तापक्षबाटै त्यस्तो हल्ला चलाउने गरिएको सेटिङ्मिलासइएको हो होइन कुन्नी तर होइन होला भनेर पत्याउन समाज तत्काल तयार देखिदैन

संसद विघटन विरुद्धमा परेको रिट निवेदन बृहद इजलासमा हेर्ने कि संवैधिानिक इजलास (बेञ्च) ले हेर्ने भन्ने विषयमा समेत ÷दिनसम्म बहस चल्यो संविधानको व्याख्या गर्नुपर्ने विषयलाई स्वभावतः बृहद बेञ्चमा पठाइनु युक्तिसंगत हुन्थ्यो जति ठूलोन्यायधीशहरुको स्ंख्या संविधानको व्याख्यागर्नुपर्ने इजलासमा सामेल हुन्थे त्यो विषयको महतव त्यति बढ्थ्यो विश्वसनीय मानिन्थ्यो सरकारी पक्षले कञ्जुस्याई ¥यो संवैधानिक इजलासमा तोकिएका नामहरुभन्दा अरु न्यायधीशहरुप्रति स्वयम सरकारलेअविश्वास ¥यो भन्ने अर्थ लाग्न गयो संर्वैधानकि इजलासमा सामेल गरिएका न्यायाधीशहरु सरकारी पक्षका रहेछन् भन्ने सन्देशसमाजमा प्रम्प्रेषण गर्ने नादानी सरकारले ¥यो अदालतले त्यसैमा सहीछाप धस्कायो  

यतिखेर सत्ताइतर सम्पूर्ण राजनीतिक दलहरु, कानुनव्यवसायीहरु, संवैधानिक कानुनका ज्ञाताहरु, पूर्व न्यायाधीशहरु, नागरिकसमाजका अगुवाहरु, तथस्ठ विद्वानबुद्धिजीविहरुले सडकमा आर्तनाद गरिरहेका छन् संविधानले कसैलाई असमयमै संसदको हत्यागर्नेअधिकार दिएको छैन भनेर कोकोहोला मच्चाइरहेका छन् अदालतमा प्रवेश गरिसकेको विषयमा न्यायोचित फैसला हुनेछ भन्ने कुरामाअविश्वास उत्पन्न भएकोले त्यस्तो चेष्टा समाजले प्रदर्शन गरेको हो त्यसको अर्थ सिंगो मुलुको सचेत समुदायको अदालतप्रति विश्वासउठिसकेको रहेछ भन्ने लाग्दैन भन्न मिल्दैन सरकार, सत्ता नेतृत्वप्रति अविश्वास शिखरमा पुगेकै थियो जनताको नजरमाअदालतप्रति नकारात्मक देखिने परिस्थिति सिर्जना हुनु दुर्भाग्यको विषय हो   

अवश्य, अदालतले न्याय ढोकिनेगरी अन्यथा निर्याय दिने छैन तर परिस्थिति यति नकारात्मक बनिसकेको कि अदालतले जुनपक्षमा फैसला दिए पनि समाजको एउटा हिस्सा त्यसको विपक्षमा उभिने सिंगो समाज अदालतको पैmसलाबाट सन्तुष्ट हुनेछैन अदालतले न्याय दियो भन्न सक्ने छैन किनकि समाज स्पष्ट दुई कित्तामा विभाजित भएको जस्तो फेसला आए पनि एउटा पक्षरुष्ट बन्ने ऐन, कानुन संविधानमा जेसुकै ल्ेखिएको होस् अदालतले आफ्नो पक्षमा फैसला दिुनपर्छ भन्ने आग्रह समाजले राख्नथालेकोे त्यसको अर्थ अदालती परम्पराप्रतिको अनास्था अविश्वास चुलिनु हो अदालतले ऐन कानुन हेरेर होइन पक्ष विपक्षकोअनुहार, हैसियत प्रभाव हेरेर फैसला दिन्छ भन्ने मान्यता समाजले बनाउनुको परिणाम हो त्यस्तो गलत धारणा समाजमा विकसित हुनेअवसर दिने पनि अदालत नै हो न्यायधीशहरु नै हुन्   अदालतले निर्णय दिने विषयाहरु सबै समाजका साझा सरोकारका विषयहुदैनन अदालतले साख कायम गर्ने जनविश्वास आर्जन गर्ने सार्वजनकि चासो महत्वका विषयमा दिने निर्णयहरुबाट नै हो न्यायालय यस्ता विषयमा बहकियो भने उसको मर्यादा समाप्त हुन्छ एकपटक गुमेको साख मर्यादा पुनः कायम गर्न कठिन हुन्छ

साभारजनधारणा साप्ताहिकबाट

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच