शेयर बजार भनेको के हो र यो कसरी चल्छ?

(समिर गौतमद्वारा लिखित, सेयर बजारका नयाँ लगानीकर्ताहरुको लागि अत्यन्त उपयोगी र पठनिय सामाग्री )  काठमाडौं : नेपालमा सेयर बजारप्रति आम सर्वसाधारणको क्रेज निकै बढ्दो छ । प्राथमिक र दोस्रो बजार दुवैमा रेकर्ड ब्रेकहरु भइरहेकाछन् । प्राथमिक बजार (आइपीओ) मा आवेदन दिने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंककोआइपीओमा आवेदन दिनेको संख्या हालसम्मकै उच्च…

6 मिनेट

पढ्ने समय

(समिर गौतमद्वारा लिखित, सेयर बजारका नयाँ लगानीकर्ताहरुको लागि अत्यन्त उपयोगी पठनिय सामाग्री )

 काठमाडौं : नेपालमा सेयर बजारप्रति आम सर्वसाधारणको क्रेज निकै बढ्दो प्राथमिक दोस्रो बजार दुवैमा रेकर्ड ब्रेकहरु भइरहेकाछन् प्राथमिक बजार (आइपीओ) मा आवेदन दिने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको नेपाल इन्फ्रास्ट्रक्चर बैंककोआइपीओमा आवेदन दिनेको संख्या हालसम्मकै उच्च भएको जतिजति आइपीओ आउँदै जन्छ उति नै आवेदकको संख्याले रेकर्डब्रेक गर्दै गएको

यसअघि चन्द्रागिरी हिल्सको आइपीओमा परेको आवेदनले रेकर्ड ब्रेक गरेको थियो तर त्यसको एक सातापछि नै नयाँ रकर्ड बन्दा सेयरबजारमा लगानीकर्ताको उत्साह कतिसम्म भन्ने अनुमान सहजै लगाउन सकिन्छ साथै, डिम्याट खाता खोल्ने क्रम पनि दैनिकहजारौंको संख्यामा बढिरहेको यता, दोस्रो बजार पनि हाल उच्च विन्दुमा रहेको दिनहुँ सेयर बजारले नयाँ उच्च विन्दु कायम गर्दैगएको

तर अझै पनि धेरैलाई सेयर बजार सम्बन्धी सामान्य ज्ञानको समेत कमि रहेको देखिन्छ कतिपयलाई सेयर के हो ? कसरी कारोबारहुन्छ ? भन्ने लगायतका सामान्य ज्ञानको समेत कमि यही क्रममा बजारका अत्यन्तै नयाँ सामान्य विषयमा समेत जानकारी नभएकासर्वसाधारण लगानीकर्तालाई सहज होस् भनेर यहाँ सेयर सेयर अर्थात बजार के हो भनेर सामान्य चर्चा गरिएको

 सेयर बजार के हो ?

 सामान्य अर्थमा भन्नुपर्दा, सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ पब्लिक कम्पनीहरुको सेयर जारी हुन्छ अनि किनबेच हुन्छ तर सेयर बजारभन्दा अघि सेयर के हो भनेर बुझ्न जरुरी जस्तो, कुनै पनि व्यापार सुरु गर्न हामीलाई पुँजी वा भनौं पैसाको आवश्यकता पर्छ तरआवश्यक सबै पुँजी हामीसँग नहुन सक्छ त्यसैले, ठूलो पुँजी जम्मा गर्न सेयर संख्या वा कित्ताका आधारमा विभाजन गरी सानो सानोइकाईमा परिणत गरिन्छ

जसलाई हामी सेयर भन्छौं उक्त सेयरलाई बिक्री गरी व्यापारका लागि आवश्यक पुँजी जम्मा गरिन्छ त्यसैले सेयर भनेको कुनै पनिकम्पनी वा वित्तीय सम्पतिमा आफ्नो स्वामित्वको इकाई हो भनेर बुझ्नुपर्छ जस्तो कि मेरो फलानो कम्पनीमा सेयर भन्नुको अर्थ हुन्छ, उक्त कम्पनीको केही हिस्सामा मेरो पनि स्वामित्व भनिएको हो  

 उदाहरणका लागि, कुनै व्यावसायीले करोड रुपैयाँ लगानी गरी एक कम्पनी स्थापना गरेको , उसलाई आफ्नो व्यापार विस्तार गर्नथप ८० लाख रुपैयाँ लगानी आवश्यक परेको तर आफैंसँग भने लगानी विस्तार गर्ने थप पैसा छैन तब उसले लगानीका लागिआवश्यक थप ८० लाख रुपैयाँ सर्वसाधारणबाट उठाउने निधो गर्छ अनि, फेस भ्यालु सामान्यतयः प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेर८० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरी ८० लाख रुपैयाँ जुटाउँछ  

 फेस भ्यालु भनेको प्रतिकित्ता सेयरको मूल्य हो जुन सेयर जारी गर्नु अघि नै निर्धारण गरिन्छ नेपालमा यो सामान्यतयः प्रतिकित्ता १००रुपैयाँ हुने गरेको यहाँ जसजसले उक्त कम्पनीको सेयर किनेका छन् उनीहरु त्यस कम्पनीको सेयरधनीहरु बन्दछन् सेयरधनी बन्नुभनेको आफू उक्त कम्पनीको हिस्सेदार बन्नु हो

साथै उक्त कम्पनीले नाफा गर्यो भने त्यसको पनि हिस्सेदार बन्नु हो कम्पनीको तर्फबाट हेर्ने हो भने सेयर बेचेको मात्र नभई आफ्नोकम्पनीमा सर्वसाधारणलाई हिस्सेदारी दिएको पनि हो अब, सर्वसाधारणलाई सेयर बेचिसकेपछि के हुन्छ ? यसरी पब्लिकमा सेयरजारी गरेको कम्पनी स्टक एक्सचेन्जमा गएर सूचीकृत हुन्छ त्यसको सेयर किनबेचका लागि दोस्रो बजार खुला गरिन्छ  

 स्टक मार्केट स्टक एक्सचेन्ज

 सुरुमा भनिए जस्तै स्टक मार्केट अथवा सेयर बजार पब्लिक कम्पनीहरुको सेयर किनबेच गर्ने ठाउँ हो कतिपयले स्टक मार्केट स्टकएक्सचेन्ज लाई पर्यायवाची शब्दको रुपमा लिने गरेका छन् तर स्टक एक्सचेन्ज समग्र स्टक मार्केट भित्रको एउटा हिस्सा मात्र हो योसेयर कारोबार गराउने अर्थात बजार सञ्चालक हो स्टक मार्केटमा एक भन्दा बढी एक्सचेन्जहरु हुन सक्छन्

तिनै स्टक एक्सचेन्जमा सूचकृत पब्लिक कम्पनीहरुको सेयर किनबेच हुन्छ स्टक एक्सचेन्ज, सेयर खरिदकर्ता बिक्रीकर्तालाई एकठाउँमा ल्याउने एक माध्यम हो नेपालमा एउटा मात्र एक्सचेन्ज , त्यो हो नेपाल स्टक एक्सचेन्ज अर्थात छोटकरीमा नेप्से  

 स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा भएको उतारचढावले सेयर बजार घट्यो वा बढ्यो भन्ने संकेत गर्छ स्टकएक्सचेन्जमा सूचीकृत नभएका कम्पनीहरुको सेयर किनबेच नै हुँदैन भन्ने पनि होइन त्यस्ता कम्पनीहरुको पनि सेयर बिनबेच हुन्छ जसलाई ओटीसी मार्केट वा ओभर काउन्टर मार्केट भनिन्छ तर त्यसले सेयर बजारको घटबढलाई भने असर गर्दैन

 सेयर मार्केटले प्रकारले काम गर्छ, वा भनौं प्रकारको सेयर मार्केट हुन्छ 

  प्राथमिक बजार (प्राइमरी मार्केट)

दोस्रो बजार (सेकेन्डरी मार्केट)

 प्राइमरी मार्केटमा नयाँ सेयरहरु जारी हुन्छ यहाँ कम्पनीले लगानीकर्तालाई सेयर बेच्छ प्राइमरी मार्केटमा बिक्री भएको सेयरबाटप्राप्त पुँजी सीधै कम्पनीलाई जन्छ माथि प्रस्तुत गरिएको उदाहरणमा सर्वसाधारणलाई जारी गरेको सेयर प्राइमरी मार्केट अथवाप्राथमिक बजार अन्तर्गत पर्छ जसलाई आइपीओ पनि भनिन्छ प्राइमरी मार्केटमा प्रकारले सेयर बिक्री गरिन्छ आइपीओ एफपीओ, हकप्रद सेयर प्राइभेट प्लेसमेन्ट  

 प्राथमिक बजार (प्राइमरी मार्केट)

 . आइपीओ एफपीओ

 कुनै पनि कम्पनीले आफ्नो स्थापनापछि पहिलो पटक सर्वसाधारणमा सेयर जारी गर्छ भने त्यसलाई आइपीओ अथवा इनिसियलपब्लिक अफरिङ भनिन्छ कुनै पनि कम्पनीले आइपीओ जारी गरिसकेपछि त्यो पब्लिक कम्पनीमा परिणत हुन्छ कुनै कम्पनीले एकपटक आइपीओ जारी गरिसकेको , तर पुँजी वृद्धि गर्न त्यस्तै किसिमले पुनः सर्वसाधारणमा सेयर गर्छ भने त्यस्तो सेयरलाई एफपीओभनिन्छ

यस्तो किसिमले सर्वसाधारणमा सेयर बिक्री गर्दा सामान्यतयः आइपीओ जारी गरेको रकममा कम्पनीको हैसियत हेरी प्रिमियम रकम थपगरिन्छ नेपालमा यससम्बन्धी विभिन्न नियमहरु बनाइएका छन् अहिले नेपालमा बुक बिल्डिङ विधि पनि सुरु हुँदैछ  

  हकप्रद सेयर

 कुनै कम्पनीले तत्काल कायम रहेका सेयरधनीहरुका लागि मात्र सेयर जारी गर्छ भने त्यसलाई हकप्रद सेयर भनिन्छ यस्तो अवस्थामाकम्पनीले कुनै निश्चित दिनलाई बुक क्लोज मिति घोषणा गर्छ त्यसदिन भित्र दर्ता भएर कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्नपाउँछन् अर्को अर्थमा भन्नुपर्दा कम्पनीले आफ्ना सेयरधनीलाई थप सेयर किन्नका लागि हक दिएको हो  

 मानौं, तपाई कुनै कम्पनीको सेयरधनी हुनुहुन्छ उक्त कम्पनीले २००% हकप्रद सेयर जारी गर्नेवाला यस्तो बेलामा तपाईंले उक्तकम्पनीको आफ्नो एक सेयर बराबर वटा सेयर खरिद गर्न सक्नुहुनेछ कुनै पनि कम्पनीको हकप्र्रद सेयर त्यसको बजार भाउ भन्दासस्तो हुने गरेको नेपालमा यो प्रतिकित्ता १०० रुपैयाँ मै वा फेस भ्यालूकै भाउमा जारी हुन्छ तर हकप्रद सेयर जारी भएपछि भने उक्तकम्पनीको बजार भाउ समायोजन गरिन्छ

 . प्राइभेट प्लेसमेन्ट 

 प्राइभेट प्लेसमेन्टमा सर्वसाधारणलाई होइन कुनै चुनिएका लगानीकर्ताहरुलाई मात्र सेयर बिक्री गरिन्छ जस्तै, म्युचुअल फन्ड, भेन्चरक्यापिटल, बैंक, इन्सुरेन्स लगायत

 दोस्रो बजार (सेकेन्डरी मार्केट)

 प्राइमरी मार्केटमा जारी भएको सेयर स्टक एक्सचेन्जमा सूचीकृत हुन्छ स्टक एक्सचेन्ज सेकेन्डरी मार्केट हो, जहाँ तपाईंले प्राइमरीमार्केटमा खरिद गरेको सेयर बिक्री गर्न सक्नुहुन्छ जहाँ ब्रोकर मध्यस्तकर्ता वा ब्रोकरको मार्फत सेयर किनबेच गरिन्छ अनलाइनमार्फत लगानीकर्ता आफैंले सेयर किनबेच गर्न सक्ने भए पनि ब्रोकर कम्पनी मध्यस्तकर्ता हुन्छ घरजग्गा जस्तो सीधै क्रेता बिक्रेता लगानीकर्ता भएर कारोबार गर्न पाइदैंन

त्यहीँबाट अन्य सूचीकृत कम्पनीको सेयर खरिद पनि गर्न सकिन्छ प्रइमरी मार्केटमा कम्पनीले सीधैं लगानीकर्तालाई सेयर बिक्री गर्छभने सेकेन्डरी मार्केटमा ब्रोकरमार्फत लगानीकर्तालगानीकर्ताबीच सेयर खरिद बिक्री हुन्छ कम्पनीसँग कुनै प्रत्यक्ष सरोकार हुँदैन प्राथमिक अथवा प्राइमरी मार्केटमा जे जसरी सेयर जारी भए पनि यसको कारोबार गर्न भने स्टक एक्सचेन्जमा सूचीकृत हुन जरुरी हुन्छ

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच