म्याग्दीका निर्मल पुर्जा नेतृत्वको टोलीले \’माउन्ट केटु\’ को सफल आरोहण गरेकोमा प्रम ओलीद्वारा बधाई ज्ञापन

म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नम्बर ३ दानाका निर्मल पुर्जा सहित १० जनाको नेपालि टोलि विश्वको दोश्रो सर्बोच्च शिखर \’ माउन्ट केटु \’ को सफल आरोहण गर्न सफल भएकोमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले बधाई दिनु भएको छ। आफ्नो जीवन नै जोखिममा राखेर राष्ट्रको नाम उचो राख्न सफल भएकोमा प्रधानमन्त्री ओलीले आफ्नो निवासमा आयोजित एक कार्यक्रममा…

1 मिनेट

पढ्ने समय

म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नम्बर ३ दानाका निर्मल पुर्जा सहित १० जनाको नेपालि टोलि विश्वको दोश्रो सर्बोच्च शिखर \’ माउन्ट केटु \’ को सफल आरोहण गर्न सफल भएकोमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले बधाई दिनु भएको छ। आफ्नो जीवन नै जोखिममा राखेर राष्ट्रको नाम उचो राख्न सफल भएकोमा प्रधानमन्त्री ओलीले आफ्नो निवासमा आयोजित एक कार्यक्रममा बधाई दिनु भएको हो।

प्रधानमन्त्री ओलीले विश्वका जति पनि शाहसिक काम छन् ति सबै पुरा गर्न नेपालीहरु सक्षम रहेको र नेपालीहरु बहादुर छन् भनेर चिनाउन अब कुनै परिक्षा गरिरहन आवस्यक नरहेको कुरा बताउनुभयो। प्रम ओलीले अरु देशका पर्वतारोहिहरु साना साना पहाड र हिमालहरुमा अभ्यास गर्दै गर्दै गएर ठुला ठुला हिमालहरुमा आरोहण गर्ने भए पनि हामि नेपालीहरुलाई भने जुन हिमाल पनि हिउको थुप्रो जस्तो मात्र लाग्ने कुरा बताउदै अझ प्रधानमन्त्रीले नै हिमाल चढेको भए त देशको परिचय नै बेग्लै हुने बताउनुभयो।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै आरोहण दलका प्रमुख निर्मल पुर्जाले आफु आफ्नो देशमा सम्मानित हुने मात्र नभै देशको नामलाई विश्वसामु चिनाउने काममा सानो भए पनि योगदान पुर्याउन पाएकोमा आफु अत्यन्त हर्षित र उत्साहित भएको बताउनुभयो।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच