यतिबेला हाम्रो सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । बजारमा सकारात्मक पक्षहरु धरै छन् । तथापि, समिर गौतमद्वारा लिखित योलेख विषेशत: नयाँ लगानीकर्ताका लागि उपयोगि हुने देखेक साभार गरेका छौं।– घोरेपानि अनलाईन।
काठमाडौं : सेयर बजार निरन्तर चलायमान हुन्छ । कारोबार भएको दिनभर सेयर भाउमा निरन्तर घटबढ भइरहेको हुन्छ । तर जब सेयरबजारले ठूलो गिरावट भोग्छ, तब लगानीकर्ता माझ त्रास र भयको वातावरण सिर्जना हुन्छ । ‘बजार अब ध्वस्त भयो’, ‘सेयर बजारमापहिरो गयो’ लगायत भनाईहरु यत्रतत्र देख्न पाइन्छ । लगानीकर्ताका बीचमा आम निराशा छाउँछ । सेयर मार्केट क्र्यास निश्चित रुपमैडरलाग्दो हुन्छ ।
सयौं लगानीहरु निरुत्साहित हुन सक्छन् भने लगानीकर्ताको पोर्टफोलियोमा अवस्था अनुसार लाखौं वा करोडौं रुपैयाँको गिरावट आउनपनि सक्छ । त्यसो भए यो क्र्यास के कारणले हुन्छ ? र यसले के कस्तो असर गर्दछ ? सेयर मार्केट क्र्यास वास्तवमा के हो र यसलेतपाईंको पोर्टफोलियोमा असर पार्नुभन्दा अघि के–के जान्नुपर्दछ वा के–कस्ता योजना बनाउनुपर्छ भन्ने बारेमा नजिकबाट नियाल्ने प्रयासगरौं ।
स्टक मार्केट क्र्यास हुँदा के हुन्छ वा कस्तो अवस्थालाई भनिन्छ क्र्यास ?
सेयर बजार क्र्यास के हो विषयमा धेरै परिभाषाहरु छन् । केही कडाईका साथ बजार सूचकमा एकै दिन १०% वा त्यसभन्दा बढी गिरावटआउनुलाई कतिपयले सेयर मार्केट क्र्यास भन्ने गरेका छन् । त्यस्तै, कतिपयले बजार लगातार २० देखि ३०% सम्म गिरावट आएमाक्र्यासको संकेत भनेका छन् । अर्थात् कति प्रतिशत बजार घट्यो भने क्र्यास मान्ने भन्ने सन्दर्भमा भने विश्लेषक तथा जानकारहरुकोफरकफरक मत रहेको पाइन्छ ।
त्यस्तै, कतिपयले भने केही सामान्य दृष्टिकोण मात्र प्रदान गरेका छन् । सामान्य अर्थमा, उनीहरुका अनुसार क्र्यास भनेको छोटो समयमैसेयर बजार र समग्र सेयरकै भाउमा नाटकीयरुपमा गिरवाट आउनु हो । जुन रुपमा हेरे पनि, सेयर मार्केट क्र्यास त्यतिबेला हुन्छ जबसार्वजनिक रुपमा कारोबार हुने सम्पतिमाथि लगानीकर्ताको विश्वास घट्न थाल्छ वा भनौं भाउ लागतार घट्न थाल्छ ।
फलस्वरुपः लगानीकर्ता आफूसँग भएको सेयर भकाभक बेचेर बजारबाट बाहिर निस्किन सुरु गर्न थाल्छन्, जसले बजारलाई झन्ओरालो गतिमा लैजान्छ । लगानीकर्तामा बजारप्रति विश्वास हुँदैन । मनोबल गिर्छ । जताततै नकारात्मक चर्चा मात्र हुन्छ । भाउहरु निकैतल्लो विन्दुमा आउँछ । अर्थात् वियरिस प्रवृत्ति भन्दा पनि निकै डर लाग्दो अवस्थालाई क्र्यास भन्ने गरिएको छ । त्यतिबेला सरकार वानियामक निकायसमेत डराउने अवस्थामा पुग्छ ।
क्र्यासको असर पनि फरक फरक हुनसक्छ । कहिलेकाहीँ यो सीमित रहन्छ । जस्तै, सन् १९८७ को अक्टोबर १९ मा अमेरिकाकोडाउजोन्स र एस एन्ड पी ५०० दुवै २०% ले घटेका थिए । तर उक्त क्र्यास छोटो समयका लागि मात्र थियो र बजार चाँडै सम्हालियो पनि। क्र्यास भएको केही दिनपछि नै डाउ जोन्सले गुमाएको भन्दा ४३% बढी रिकभर गर्यो भने २ वर्षमा झण्डै १००% रिकभर भएको थियो ।
यस्तै, केही क्र्यास लामो समयसम्म पनि रहन सक्छ । यसले असर पनि ठूलो पुर्याउन सक्छ । सन् १९२९ मा अमेरिकी सेयर बजार ८५% घटेको थियो । जसले अमेरिकी इतिहासकै ठूलो आर्थिक संकट ‘दि ग्रेट डिप्रेसन’ निम्त्याउन सहयोग पुर्याएको थियो । जुन १० वर्षसम्मरह्यो ।
स्टक मार्केट क्र्यासको खास कारण के हो ?
इतिहासलाई हेर्ने हो भने, सेयर मार्केट क्र्यासहरु प्रायःजसो लामो समयसम्म निरन्तर अर्थतन्त्र र सेयर बजार वृद्धिपछि देखा पर्दछन् ।अर्थतन्त्रमाथि भरोसा, स्थिर सेयर लाभ र न्यून बेरोजगारी दर सबै बुल मार्केटका कारकहरु हुन् । जब धेरै भन्दा धेरै सेयरहरु खरिद हुन्छ, तब भाउ बढ्दै जान्छ । तर सेयर बजारको दुनियाँमा भाउ निरन्तर बढ्ने मात्र हुँदैन ।
बुलिस बजार त्यसबेलासम्म रहन्छ जबसम्म बजारको चाल मोड्ने कुनै कारक घटना हुँदैन । कहिलेकाहिँ लगानीकर्ताको मनोविज्ञानमासामान्य परिवर्तनले पनि बजारलाई उल्टो गतिमा लैजान्छ । तर सामान्यतयः बजार घटाउनका लागि भने केही न केही कारक घटना घटेकैहुन्छन् ।
सेयर बजार क्र्यास हुनका लागि विभिन्न विषयले कारक भूमिका खेल्ने गर्दछन् । केही कारणहरु निम्न छन्
१. अत्यास (प्यानिक)
मार्केट क्र्यास गर्ने अनगिन्ती कारणहरुमध्ये एक हो प्यानिक । आफ्नो लगानीको मूल्य अझै घट्ने डरमा लगानीकर्ताले नगद सुरक्षित गर्नआफूसँग भएको सेयर बेच्न सुरु गर्दछन् । जब भाउ घट्न थाल्छ, तब लगानीकर्तामा डर र त्रासले झन् ठूलो ठाउँ ओगट्छ र झन् बिक्रीचाप बढ्न थाल्दछ ।
जुन अत्यास अन्ततोगत्वा, मार्केट क्र्यास गराउने कारक तत्व बन्दछ । बजारको कुनै एक ठूलो खेलाडी आर्थिक संकटमा पर्नेदेखि कुनैनीतिनियम बजारको विरुद्ध जाने सम्भावनाले पनि ठूलो संख्यामा लगानीकर्ता प्यानिक सेलमा जाने वातावरण सिर्जना हुनसक्छ ।
२. प्राकृतिक तथा मानव निर्मित विनास
यसमा बाढिपहिरो, भूकम्पदेखि युद्ध र महामारी सबै किसिमका विनास र आपत्तिहरु सामेल हुनसक्छन् । उदाहरणका लागि, कोभिड–१९महामारीले सन् २०२० को मार्च महिनामा संसारभरका मार्केट करिब क्र्यासको अवस्थामा पुग्न लागेको घटनालाई लिन सकिन्छ । तरतत्काल रिकोभर पनि भयो । कोरोना भाइरस विश्वव्यापीरुपमा फैलिन थालेपछि अमेरिकाका साथै अन्य मुलुकको अर्थतन्त्र पनि खुच्निसुरु भएको थियो ।
लक डाउनका कारण अर्थतन्त्र चलायमान हुन सकेन भने लगानीकर्ताहरु सेयर बेचेर नगद जम्मा गर्नतर्फ लागे । फलस्वरुपः सेयर भाउमाउच्च गिरावट आएको थियो । यद्दपि, विश्व बजारले केही समयपछि नै पुनः सम्हालियो । त्यतिमात्र होइन, विस्तारै अमेरिका, भारतलगायत अन्य थुप्रै देशका सेयर बजारले नयाँ इतिहाससमेत रचे । नेपालको सेयर बजार पनि नयाँ रेकर्ड कायम गर्र्दै अघि बढिरहेको छ ।
३. आर्थिक संकट
कुनै एउटा उद्योग वा अर्थतन्त्रको एक हिस्सामा मात्र समस्या आयो भने पनि त्यसले छाल जस्तो असर पुर्याउँछ । त्यस्तो, छालले अन्यक्षेत्रमा पनि असर पुर्याएकै हुन्छ । एउटा क्षेत्रमा देखिएको समस्याले पनि समग्र सेयर बजार ध्वस्त बनाउने सम्भावना रहन्छ । एउटा त्यस्तैउदाहरण सन् २००७–२००८ को धितो संकटलाई लिन सकिन्छ । दशकको सुरुवातदेखि नै बैंकिङ क्षत्रमा नियमन नहुँदा बैंकहरुले उच्चजोखिम भएका ऋणीलाई धितोकर्जा प्रदान गरेका थिए ।
तर, जब ती ऋणीहरुले भुक्तनी दिन बन्द गरे तब घरजग्गाको भाउ घट्न सुरु गर्यो र अन्तमा घरजग्गा बजार नै ध्वस्त भयो । यसको असरत्यतिमै सीमित रहेन । व्यर्थ बनेका धितोहरु प्याकेज बनाएर संस्थागत लगानीकर्तालाई बेचियो । तर उनीहरुले पनि अरबौं डलर सम्पतिगुमाए ।
ठूला कम्पनीहरुले संकटमा परेको घोषणा गरे । सेयर बजारले पनि तीब्र नकारात्मक प्रतिक्रिया दिइहाल्यो । सेप्टेम्बर १९ देखि अक्टोबर१० सम्म अमेरिकाको डाउ जोन्स सूचक ३६ सय अंकले घटेको थियो । यसबाट पनि अर्थतन्त्रको कुनै एक क्षेत्रमा देखिएको समस्यात्यसमै सीमित नभएर छाल जस्तो असर गर्ने प्रष्ट हुन्छ ।
४ अनुमान
अनुमानले पनि कहिलेकाँही स्टक मार्केट क्र्यास गराउने सम्भावना उत्तिकै हुन्छ । कुनै व्यक्ति समूह वा संस्थाहरुले भविष्यमा सम्पति बढ्नेआशामा अनुमान लगाएर कुनै क्षेत्रमा लगानी गर्दछन् भने त्यस्तो अनुमानले ‘बबल’ निम्त्याउँछ । यदि आशा निरासामा परिणत भयो वाअनुमान अनुसार प्रदर्शन गर्न सकेन भने ‘बबल’ फुट्छ । जसले ठूलो संख्यामा बिक्री चाप बढाउने सम्भावना हुन्छ र मार्केट क्र्यास गराउँछ।
के सेयर बजारलाई क्र्यास हुनबाट रोक्न सकिन्छ ?
सेयर बजारलाई क्र्यास हुनबाट रोक्ने वास्तवमै कुनै उपाय छैन । यद्दपि, सरकारहरुले बजारलाई ठूलो गिरावट हुनबाट जोगाउन र गम्भीरअस्थिरता हुन नदिन रक्षक उपायहरु भने अपनाउन सक्छ । विश्वका सरकार तथा नियामकहरुले यस्ता काम गरेका पनि छन् । त्यस्तै, उपायहरुमध्ये एक हो सर्किट ब्रेकर । सन् १९८७ को स्टक मार्केट क्र्यासपछि सर्किट ब्रेकर प्रयोगमा ल्याइएको हो ।
नेपालको बजारमा पनि इन्ट्रा डे मा आंशिक रुपमा कारोबार रोक्नेदेखि पूर्णरुपमा दिनभरका लागि कारोबार बन्द गर्नेसम्म व्यवस्था रहेकोछ । अघिल्लो दिनको कारोबारको तुलनामा ५% ले सेयर बजार घटे वा बढेमा पूर्णरुपले कारोबार बन्द हुने हामीकहाँ व्यवस्था छ । त्यसोत कोरोना अवधिमा करिब ३ महिना सेयर बजार पूर्णरुपमा बन्द गरिएको थियो ।
बजार स्थिर बनाउन बैंक ब्याजदरमा पनि परिमार्जन गरिँदै आएको छ । ब्याजदर कम गरी सेयर खरिदका लागि प्रोत्साहन गरिएको हुन्छ। यस्तै, ठूला लगानीकर्ताले ठूलो संख्यामा सेयर खरिद गरेर पनि बजार स्थिर बनाउने प्रयास गरेका हुन्छन् । स्टक डिलरको भूमिका पनिमहत्वपूर्ण मानिन्छ । तर यी सबै उपायका बाबजुत पनि मार्केट क्र्यास भने भइरहेकै हुन्छ ।
मार्केट क्र्यास भयो भने लगानीकर्ताले के गर्ने ?
पहिलो र महत्वपूर्ण काम भनेको प्यानिक सेल नगर्ने नै हो । अत्तालिएर सेयर बिक्री गर्दा नोक्सानमै परिन्छ । सेयर होल्ड गरेरपोर्टफोलियो घटेको हेर्नु पक्नै पनि निराषाजनक क्षण हुन्छ । तर भाउ घटेको बेला बेच्नु पनि जित्ने चाल भने होइन । घटेको बजारजतिबेला पनि बाउन्स ब्याक हुन सक्छ भन्ने बिर्सनु हुँदैन । अर्को रणनीति भनेको आफ्नो पोर्टफोलियोलाई मिश्रित बनाउने हो ।
पोर्टफोलियो विविधिकरण गर्यो भने नोक्सान कम गर्न मद्दत पुग्छ । अन्तमा, सेयर बजारको प्राकृतिक चक्र भनेकै घट्ने र बढ्ने हो ।बढेको बजार घट्छ र घटेको बजार पुनः बढ्छ भन्ने कुरा भुल्नु हुँदैन । त्यसैले, लगानीका दीर्घकालीन योजना बनाएर अघि बढ्नु नै उचितहुन्छ ।
पोर्टफोलियोमा विविधिकरण ल्याउन आवश्यक छ । बजार ध्वस्त हुने विचार भयानक हुनसक्छ । तर त्यसका लागि उचित तयारी रसजगताका साथ लगानी गर्दा जस्तो सुकै क्र्यासबाट पनि पार लगाउन सकिन्छ । त्यसो त बुलिस ट्रेन्डमा सेयर बजारबाट मनग्ये कमाउनसकिने कुरा त सबैलाई थाहा भएकै विषय हो ।














