दोहा कतार।
डिस्कभर कतारको नामबाट सामाजिक संजालाहरुमा बितरित गलत सुचना सहितका तस्विरहरुका बारेमा कतार एयरवेजले सर्व साधारणलाई सचेत गराएको छ।
कतार एयरवेजले ट्वीटर मार्फत एक पोस्टमा स्पष्ट पारेको छ कि, \” डिस्कभर कतारबाट देखाइएका तस्विरहरु, बाहरी तत्वहरुले गलत सुचना फैलाउन परिमार्जन गरेका छन्।\”
ट्वीट मार्फत अगाडी प्रष्ट पारिएको छ कि कतार प्रवेश प्रतिबन्धमा कुनै परिवर्तन भएको छैन र कतारी नागरिकहरूलाई मात्र कतारमा प्रवेश गर्न मिल्छ भनेर फ़ैलाइएको समाचार गलत हो।
कतार एयरवेजको बिज्ञप्तिको पूर्ण भावानुवाद यस प्रकार रहेको छ :
\”कतार सरकारको नियम र कानून अनुसार कतार प्रवेश प्रतिबन्धमा कुनै परिवर्तन गरिएको छैन। केवल कतारि नागरिकहरुलाइ मात्र कतार प्रवेश गर्ने अनुमति छ भनेर बताइएका कुनै पनि समाचार सत्य होइनन र यहाँ बसोबास गर्ने सम्पूर्ण बासिन्दाहरूलाई कुनै पनि सुचना र जानकारीहरुलाइ विश्वास गर्नु अघि सुचनाको बैधता र आधिकारिक श्रोतहरुको बारेमा जानकारी लिन प्रोत्साहित गरिन्छ। डिस्कभर कतारलाइ बाहिरि तत्वहरुद्वारा उनीहरुको वेवसाइटमा राखिएका तस्वीरहरुलाई परिमार्जन गरि गलत संदेश प्रबाह भैरहेको कुराको राम्रो हेक्का छ।
कुनै पनि मुलुकबाट कतारमा फर्कने प्रक्रियाको बारेमा अधिक जानकारीका साथै कम जोखिम मुलुकका रुपमा सुचिकृत देशहरु र क्वारेन्टाइन विधिको बारेमा जान्नको लागि कतारको जनस्वास्थ्य मन्त्रालयको वेवसाइटमा वा कतार पोर्टल वेवसाइटमा लगइन गरेर बुझ्न सकिने छ। हाम्रा कर्मचारी र यात्रुहरुको सुरक्षा हाम्रो लागि अत्यन्त महत्वपूर्ण कुरा भएकोले होटेल, टुर र भ्रमण लगायतका सम्पूर्ण बुकिंगहरु ३१ मे २०२१ सम्मको लागि निलम्बित गरिएको छ।\”














