राष्ट्रपति बिधादेवि भन्डारीले प्रधानमन्त्री खडग प्रसाद ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरे पश्चात उक्त कदमलाई असंबैधानिक र प्रतिगमि भन्दै आन्दोलनमा उत्रिएको नेकपाको बहुमत अर्थात प्रचण्ड नेपाल पक्षले माघ २५ गते म्याग्दीजिल्लाको सदरमुकाम बेनिमा मोर्चा संगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ।
नेकपा गन्डकि प्रदेश ईनचार्ज देवेन्द्र पौडेल र अनेरास्वबियुकि पुर्ब अध्यक्ष एवं नेकपाकि केन्द्रिय सदस्य राम कुमारी झॅाक्रि लगायतनेताहरुले सम्बोधन गर्ने उक्त भेलामा जिल्लाका सबै स्थानीय तहबाट पार्टीका भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागीगराईने कुरा नेकपा म्याग्दीका नेता बालकृष्ण सुवेदिले जानकारी दिनुभयो।
भेलामा ओलीको असंवैधानिक र प्रतिगामि कदमका बारेमा कार्यकर्ताहरुलाई बिस्तृत रुपमा प्रशिक्षित गरिने कुरा आयोजकहरुले बताएका छन।














