नेकपा प्रचण्ड नेपाल पक्षको शक्ति प्रदर्शन तथा बिरोध सभामा सहभागि हुन कार्यकर्ता तथा सर्वसाधारण काठमाण्डौ ओईरिने क्रम शुरु

नेकपाको प्रचण्ड नेपाल पक्षको जनसभामा सहभागि हुन कार्यकर्ता तथा सर्वसाधारण काठमाण्डौ आउने क्रम शुरु – सहभागिहरुको सामुहिक यात्राको लागि गाडिहरु रिजर्व गर्न बिभिन्न ठॅाउमा कार्यकर्ताहरुद्वारा यातायात ब्यबसायिहरुसंग समन्वय जारी। नेकपाको प्रचण्ड माधव पक्षले प्रतिगमनको बिरुद्ध भोलि अर्थात माघ २८ गतेको लागि काठमान्डौमा आयोजना गरेको बिरोध -यालि तथा शक्ति प्रदर्शनको लागि देशैभरीबाट ब्यापक रुपमा कार्यकर्ता र…

1 मिनेट

पढ्ने समय

नेकपाको प्रचण्ड नेपाल पक्षको जनसभामा सहभागि हुन कार्यकर्ता तथा सर्वसाधारण काठमाण्डौ आउने क्रम शुरु – सहभागिहरुको सामुहिक यात्राको लागि गाडिहरु रिजर्व गर्न बिभिन्न ठॅाउमा कार्यकर्ताहरुद्वारा यातायात ब्यबसायिहरुसंग समन्वय जारी।

नेकपाको प्रचण्ड माधव पक्षले प्रतिगमनको बिरुद्ध भोलि अर्थात माघ २८ गतेको लागि काठमान्डौमा आयोजना गरेको बिरोध -यालि तथा शक्ति प्रदर्शनको लागि देशैभरीबाट ब्यापक रुपमा कार्यकर्ता र सर्वसाधारणहरु काठमान्डौ आउने क्रम शुरु भएको छ। देशका सबै भागबाट सहभागिहरुको अत्याधिक उपस्थितिको कारण देखिएको यातायात असुबिधालाई मध्यनजर राख्दै आयोजकहरुले बिभिन्न जिल्ला र स्थानहरुमा कार्यकर्ताहरुलाई यातायतमा समन्वय गरि सकेसम्म सबै सहभागिहरुलाई समुह बनाई एकै गाडिमा आउने ब्यबस्था गर्न निर्द्शन दिए अनुसार सहभागिहरुले आ आफ्नो गाडि भाडा समन्वयकर्ताहरुलाई दिने र समन्वयकर्ताहरुले सामुहिक यात्राको लागि यातायात ब्यबसायिहरुसंग समन्वय गरिरहेको कुरा घोरेपानिअनलाईनलाई जानकारी हुन आएको छ।

यसै क्रममा काठमान्डौमा हुने विशाल शक्ति प्रदर्शनीको लागि गोरखाबाट सय भन्दा बढी बस जाने बुझिएको छ । अहिले विहान सम्मको अवस्था हेर्दा खेरी करिब पाँच हजार छ सय भन्दा बढी संख्याको आम जनसमुदाय भोलीको विशाल जनशभाको लागि जानलाई तयारी अवस्थामा रहेको नेकपा गोरखाका कार्यलय सचिव नेता अंकुर तिमील्सिना (आयाम) ले जानकारी दिनुभयो । वहॅाले गोरखा जिल्लाका प्रचण्ड नेपाल पक्षधरका नेता कार्यकर्ता ,बुद्धिजीवी, न्यायप्रेमी, समुदायका अगुवा नागरिक , युवा तथा विधार्थीहरुको बाक्लो उपस्थिती रहेको बताउनु भएको छ । भोली हुने विशाल जनसभाको लागि आझ साँझ सम्ममा सबै बसहरु गोरखाबाट निस्कि सक्ने वहाँले जानकारी दिनु भयो ।

प्रधानमन्त्रि खडग प्रसाद ओलिको सिफारिसमा गत पुस पाँच गते राष्ट्रपतिले समक्ष संसद बिघटन गरेको भनि बिज्ञप्ति निकालेसंगै त्यसको चौतर्फी विरोध हुदै आईरहेको छ ।  नेकपा प्रचण्ड माधव पक्ष लगायत ओलि ईतरका सबै राजनैतिक दल, कानुन व्यबसायि, बुद्धिजिवी, पत्रकार, पेशाकर्मि, कलाकार, मानवअधिकारकर्मि लगायत सिॅगो नागरिक समाज प्रधावमन्त्रि र राष्ट्रपतिको असंबैधानिक तथा प्रतिगामि कदमको विरुद्ध आनिदोलनका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेका छन ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच