यदि तपाईं सेयर लगानीको क्षेत्रमा नयाँ हुनुहुन्छ अनि कुनै सेयर बजार विज्ञको सुझाव लिँदै हुनुहुन्छ भने पक्कै पनि तपाईंले सुरुमै कम्पनीको आधारभूत पक्ष विश्लेषण गरेर मात्र सेयर किनबेच गर्नुहोस् भन्ने सुझाव पाउनु हुनेछ । यसको मतलब के हुन्छ भने, तपाईंले लगानी गर्नु अघि कम्पनीको वित्तीय रेकर्ड अध्ययन गर्नुपर्छ । उक्त कम्पनी लगानी गर्नका लागि योग्य छ कि छैन भन्नेमा विशेष विश्लेषण गर्नुपर्छ । तर लगानी गर्न उचित छ वा छैन भन्ने थाहा पाउन कम्पनीको कुन–कुन पक्षलाई चाहिँ अध्ययन र विश्लेषण गर्ने त ?
यसका लागि केही आधारभूत क्षेत्रहरु छन् जहाँ लगानीकर्ताले ध्यान दिन जरुरी हुन्छ । आधारभूत विश्लेषणका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कम्पनीका विभिन्न वित्तीय अनुपातहरु नै हुन् । यी अनुपातहरुको अध्ययन र विश्लेषणबाट आफ्नो लगानी तरिका निश्चित गर्न ठूलो मद्दत मिल्दछ । आउनुहोस् आमलगानीकर्ताले थाहा पउनैपर्ने यस्तै केही वित्तीय अनुपात र यी अनुपातले के कुराको संकेत गर्दछन् भन्ने चार्चा गरौं ।
यसआधारमा यसको पीइ रेसियो १० हुन जान्छ । यसको अर्थ हुन्छ, तपाईंले उक्त कम्पनीबाट १ रुपैयाँ कमाउन १० रुपैयाँ खर्च गर्दै हुनुहुन्छ । त्यसकारण, लगानीकर्ताले सकेसम्म, पाएसम्म कम पीई रसियो भएका कम्पनी छनोट गर्न आवश्यक छ । तर पीई रेसियो एउटै सेक्टरमा पर्ने कम्पनीहरुसँग गर्नुपर्छ ।
यसर्थ, उक्त कम्पनीको कुल इक्विटी १०० रुपैयाँ हुन जन्छ । यदि उक्त १०० रुपैयाँ इक्विटीबाट कम्पनीले २० रुपैयाँ नाफा गर्दछ भने त्यसको इक्विटीमा प्रतिफल २०% हुनजन्छ । त्यसकारण, धेरै आरओई भएका कम्पनीलाई राम्रो मानिन्छ । तर पीई रेसियोमा जस्तै आरओईको तुलना पनि एउटै सेक्टरका कम्पनीमा मात्र गर्नु उचित हुन्छ ।
कतिपय कम्पनीलाई बजार भाउले साथ नदिए पनि राम्रो प्रतिफल दिइरहेका हुन्छन् । त्यसकारण यो रेसियोलाई महत्वपूर्ण मानिन्छ । यदि एउटै किसिमका दुई वटा लगानी छन् भने पनि डिभिडेन्ड यील्ड धेरै भएको कम्पनीबाट लगानीकर्ताले प्रतिफल पनि धेरै पाउने सम्भावना रहन्छ ।
यस रेसियोले कम्पनीको ऋण अधिक छ कि छैन भन्ने पत्ता लगाउन सहयोग पुर्याउँछ । बढी डीइ रेसियोले कम्पनी अधिक ऋणमा छ भन्ने संकेत गर्दछ । तर धेरै ऋण हुनु सँधै प्रतिउत्पादक हुन्छ भन्ने छैन । कम्पनीले समयमै कर्जा चुक्ता गर्दै ऋणलाई सही उपयोग गर्न सक्दा फाइदाकारी नै हुने सम्भावना पनि रहन्छ ।














