प्रतिनिधिसभा ‘विघटन’ गर्ने ५ पुसको असंवैधानिक कदमसँगै पार्टी विभाजित हुँदा नेकपा संस्थापन छाडेर ओली समूहमा लागेकापूर्वमाओवादी नेताहरू त्यहींभित्र बेग्लै गुट बनाएर सघन परामर्शमा जुटेका छन् । ओली समूहका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्रीखड्ग ओलीले पार्टी विभाजनका बेला आफूहरूलाई दिइएको आश्वासन अनुसारको भूमिका नदिएको र उल्टै आफूहरुमाथि निरन्तरशंकाको नजरले हेरिरहेको भन्दै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा पूर्वमाओवादी नेताहरु परामर्शमा जुटेका हुन् ।
आफूहरुलाई पेलेर जाने, तुच्छ व्यवहार गर्ने र राजनीतिक भविष्य नै डामाडोल पारिदिने व्यवहार ओली र ओली समूहमा रहेकापूर्वएमालेहरूले देखाएपछि उक्त समूहमा लागेका पूर्वमाओवादी नेताहरु छोटो समयमै विकल्प खोज्न विवश भएको बादल निकट एकनेताले बताए । ती नेताका अनुसार ओलीले गृहमन्त्री थापालाई ईश्वर पोखरेलभन्दा माथिल्लो हैसियतमा राखेर पार्टीको सहअध्यक्ष रसरकारमा समेत उपप्रधानमन्त्री बनाउने वचन दिएका थिए । तर, विगतमा बादल समूहका भनी चिनिने कुनै पनि नेता ओली समूहमानलागी जिल्लास्तरका केही कार्यकर्ता मात्र मन्त्री र केन्द्रीय सदस्य दावी गर्न आएको भन्दै बादललाई पहिले दिएको आश्वासन अब पूरागर्न नसकिने जनाउ ओलीले दिइसकेका छन् ।
त्यस्तै, गृहमन्त्री बनाइदिने अनि पार्टीमा समेत महासचिव विष्णु पौडेलभन्दा माथिल्लो वरियता दिने वचन दिइएका ऊर्जामन्त्री टोपबहादुररायमाझीले पनि ओलीबाट ती कुरा प्राप्त गर्न सकेनन् । ‘प्रधानमन्त्री ओलीमा त पूर्वमाओवादी नेताहरुलाई पटक्कै विश्वास नगर्ने रउपयोग मात्र गर्ने मानसिकता देखियो,’ ती नेताले भने– ‘पार्टीले आफूमाथि कारबाही गरेका बेला अस्तित्व जोगाउनका निम्ति सबै कुरादिन्छु भनेर आफूतिर तान्ने अनि तंग्रँदै गएपछि उल्टै हेप्ने, होच्याउने र सिध्याउने प्रवृत्ति ओलीजीमा स्पष्टै देखियो ।’
कामचलाउ प्रधानमन्त्रीका भित्रियाहरू भने गृहमन्त्री थापा, ऊर्जामन्त्री रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्रथापा, गौरीशंकर चौधरी, दावा तामाङजस्तालाई हैसियतभन्दा बढी नै जिम्मेवारी दिइएको दाबी गर्दै अझ पाइएन भन्नु हास्यास्पद कुराभएको बताउँछन् । ‘गृहमन्त्री थापाले सुरुमा मेरो सबै टिम मैसँग छ, यतै आउँछ भन्नुभएको रहेछ तर साँच्चिकै पार्टि बिभाजनपंछि भने उहाँएक्लै मात्र यता टिक्नुभएछ,’ ओलीनिकट एक नेताको भनाइ छ– ‘एक्लै आएर पनि गृहमन्त्री थापाले यता रहेका पूर्वमाओवादीनेताहरुलाई सरकारको बचाउमा लाग्न सक्रिय समेत पार्नुभएन र आफू समेत एग्रेसिभ ढंगबाट मैदानमा उत्रनुभएन । यसरी हेर्दा त उहाँलाईदिइएको जिम्मेवारी नै हैसियतभन्दा बढी नै भएछ भन्ने महशुस हामीलाई भएको छ ।’
युवा संघमा रहेका गृहमन्त्री थापाका पीए सहितका युवाहरुलाई टेरपुच्छरै नलगाई ओली समूहले एकलौटी ढंगबाट संगठन कब्जागरिदिएपछि बादलनिकट युवाहरूले युवा संघको राष्ट्रिय भेला नै बहिष्कार गरे अनि मिडियाबाट चर्को अभिव्यक्ति सार्वजनिक गरे ।त्यसो गर्दा ‘ओली साइजमा आउँछन्’ भन्ने आशा गरिरहेका युवाहरूमाथि उल्टै सिंगै ओली समूह आगो भयो । ‘सरकारमा बस्ने अनिसमानान्तर कमिटी बनाएर एकताविरोधी गतिविधि गर्दै प्रचण्ड–माधवहरूलाई हँसाउने ? ठेट्नाहरुका यी गतिविधि किमार्थ सह्य हुँदैनन्’– उनले भने ।
आफूहरुको ‘इज्जत जोगाइदिनैका लागि’ मात्र भए पनि फागुन १ का दिन ओलीले ‘जनयुद्ध दिवस’ नभने पनि ‘क्रान्ति र परिवर्तनकाक्रममा शहादत प्राप्त गर्ने, बेपत्ता हुने, अंगभंग हुनेहरूको सम्झना र सम्मानमा’ कार्यक्रम गरिदेलान् भन्ने अपेक्षा गरिरहेका ओली समूहकापूर्वमाओवादीहरू झन् विलखबन्दमा परे । ‘जनयुद्धका सहिद, पूर्वलडाकु र घाइते–अपांगहरूलाई भजाउन थालेका ओलीसँग हामीलेजनयुद्ध दिवसमा त कुनै न कुनै कार्यक्रम गरौं भनेर आग्रह गर्यौं तर उहाँमा त्यसप्रति तीव्र अरुचि मात्रै देखिएन, गम्भीर असहमति नै प्रकटभयो’– खेलकुदमन्त्री दावा तामाङ निकट एक कार्यकर्ताले सुनाए ।
प्रतिनिधिसभा ‘विघटन’ विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइले पनि ओली समूहका पूर्वमाओवादीहरुलाई नराम्ररी झस्काएकोछ । सुरुमा ओलीले पार्टीको आधिकारिकता र सर्वोच्चको फैसला दुवै आफ्नो पक्षमा हुने र प्रचण्ड–माधवहरुको राजनीति नै धरापमा पर्नेभनेर कन्भिन्स गरेका पूर्वमाओवादीहरु पछिल्लो समय ओलीका ती दुवै आँकलन गलत सावित हुँदै गएको र अन्ततः ओली समूहसमाप्तिकै डिलमा पुगिसकेको महशुस गर्न थालेका छन् ।
विगतदेखि सबै शासकहरुले सुदूरपश्चिमलाई उपेक्षा गरेकामा पछिल्लो समय ओलीले पनि त्यही व्यवहार देखाएको भन्दै उद्योगमन्त्रीलेखराज भट्ट पनि ओलीसँग बिच्किएका छन् । ‘हेप्ने, पेल्ने र सुदूरपश्चिमलाई उपेक्षा गर्ने हो भने ओलीलाई छाड्न कुनै आइतबार कुर्नुपर्दैन’– भट्टले सार्वजनिकरुपमै भन्दै आएका छन् । उनी निकट नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा ओलीसँग असहमति प्रकट गरेरलेख्न थालिसकेका छन् ।
ओलीबाट भ्रमित भएर आफूहरु राजनीतिक भविष्यलाई नै भड्खालोमा हाल्न पुगेको बुझाइ कतिपय पूर्वमाओवादी नेताहरुमा अंकुराएकोछ । दुई महिनामै आँखा खुलिसकेको र अझै केही नबिग्रेको भन्दै यथाशिघ्र सामूहिकरुपमै समुचित निष्कर्ष निकाल्न बादलको नेतृत्वमासघन छलफल गर्ने र त्यसबाट केही निष्कर्ष ननिस्के व्यक्तिगत हिसाबमै स्टेप लिइने ओली समूहमा रहेका एक पूर्वमाओवादी नेतालेबताए ।














