हामीले हेर्ने नेपालको संविधान हो, बिश्वको अभ्यास हाम्रो नजिर हुदैन: सपना मल्ल प्रधान

काठमाडौं। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले नेपालको संविधानको भाषा हेर्ने किविदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोधेकी छन्। प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुझाव दिनगठन गरिएको एमिकस क्युरीका सदस्य विजयकान्त मैनालीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहनेबताएका थिए। बेलायत लगायतका देशमा पनि प्रधानमन्त्रीले संसद विघटन गर्ने उदाहरण…

1 मिनेट

पढ्ने समय

काठमाडौं। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले नेपालको संविधानको भाषा हेर्ने किविदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोधेकी छन्। प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुझाव दिनगठन गरिएको एमिकस क्युरीका सदस्य विजयकान्त मैनालीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहनेबताएका थिए।

बेलायत लगायतका देशमा पनि प्रधानमन्त्रीले संसद विघटन गर्ने उदाहरण दिँदै मैनालीले नेपालले संसदीय प्रणाली अपनाएको योप्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको दाबी गरेका थिए। सोही प्रसंगमा न्यायाधीश प्रधानले मैनालीलाई नेपालकोसंविधानको भाषा हेर्ने कि विदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोधेकी हुन्। प्रधानले विगतका नजिर हेर्दा अहिलेको संविधानलाईन्याय हुन्छ कि हुँदैन ? भनेर पनि प्रश्न सोधेकी थिइन्।

एमिकस क्युरीका अर्का सदस्य वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएकोबताएका छन्। उनले नेपालको विद्यमान संविधानमा कार्यपालिकालाई विशेषाधिकारको व्यवस्था नरहेको बताए।

नेपालको संविधानमा विशेषाधिकार सम्बन्धी धारा १०३ धारा १८७ मा व्यवस्था गरिएको ,’ उनले भने,‘हाम्रो संविधानलेकार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन। संविधानमा नलेखिएको कुराको अधिकार भन्न मिल्दैन।उनले संविधानले स्वतन्त्ररूपमा संसद विघटनको अधिकार दिएको भनेर तर्कको गर्नु उचित नभएको समेत बताए।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच