काठमाडौं।नकपा ओलि पक्षिय नेता तथा पूर्वकानून मन्त्री शेरबहादुर तामाङले संबिधान , कानुन र सर्वाोच्च अदालतले हराए जनताको ठुलो हिस्सा केपी ओलीकोसाथमा रहेकोले जनताको अदालतबाट भने जित्ने बिश्वास ब्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीकोबिस्तारित बैठकमा हिजो काठमान्डौमा बोल्दै नेता तामाङले यस्तो बताउनुभएको हो ।
‘सर्वाोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा छ, हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो, ‘अदालतबाट के फैसलाहुन्छ ? त्यसको आधारमा पार्टी बन्दैन, पार्टी बनाउने युवा पुस्ताले हो, जनताको मायाले हो । युवा पुस्ता र जनता केपी ओलीको पक्षमादृढतापुर्वक उभिएका छन ।’ उहाँले अदालतले संसद पुनःस्थापना गरेपछि आफूहरुले दुई बर्ष पार्टी र संगठन नर्माणको समय पाएको भन्दैउत्साहका साथ काममा खटिन सुझाउनु भयो ।
‘चुनाव सदर भएको भए हतार हतारमा सवै काम गर्नुपथ्यो, छोटो समयमा के हुन्छ ? भन्ने थियो, अव दुई बर्ष संगठन गर्ने अवसर पायौं, हामी संगठन निर्माण गरेर जान्छौं, केपी ओलीको नेतृत्वमा हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो। नेता तामाङ पार्टि भित्र बिवाद चलिरहेको समयमा प्रचण्ड माधव समुहको पक्षमा लागेका भए पनि अन्तिम समयमा आएर ओलि क्याम्पमा प्रवेश गरेका थिए।














