प्रधानमन्त्रि ओलिले तत्काल राजिनामा दिएर सचिवालयको बैठक बस्नु पर्छ : बामदेव गौतम

काठमाडौँ। नेकपाका साझा उपाध्यक्ष वामदेव गौतमले दुबै समुहका अध्यक्षहरुलाई सचिवालय बैठक बोलाउन आग्रह गरेका छन्। व्यवहारिक रुपमा अलगअलग भईसकेको भए पनि कानुनि रुपमा अहिले सम्म एउटै पार्टिको रुपमा रहेको नेकपाका दुबै खेमाका अध्यक्षओली र दाहाललाई उपाध्यक्ष गौतमले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन आग्रह गरेका हुन्। सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि…

1 मिनेट

पढ्ने समय

काठमाडौँ। नेकपाका साझा उपाध्यक्ष वामदेव गौतमले दुबै समुहका अध्यक्षहरुलाई सचिवालय बैठक बोलाउन आग्रह गरेका छन्।

व्यवहारिक रुपमा अलगअलग भईसकेको भए पनि कानुनि रुपमा अहिले सम्म एउटै पार्टिको रुपमा रहेको नेकपाका दुबै खेमाका अध्यक्षओली दाहाललाई उपाध्यक्ष गौतमले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन आग्रह गरेका हुन्।

सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि आधिकारिक रुपमा प्रतिक्रिया दिँदै गौतमलेन्यायालयले लाखौँ देशभक्त नेपालीको त्याग समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको बताएका छन्।

उनले प्रधानमन्त्रि ओलिले तत्काल राजिनामा दिनुपर्ने अनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासकोनिर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नु पर्ने पनि बताए। उनले विज्ञप्तिमा भनेका छन्, ’प्रधानमन्त्री ओलीलेप्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ।

प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता वि.सं. २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेकोछ।

यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग समर्पणबाट प्राप्तनेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी ओलीले गत पुष गते गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिकठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता दुराचारिताको पराजय तथा संविधान कानून लोकतन्त्र जनताकोसर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा सर्वप्रथम प्रधान न्यायाधीश संवैधानिक इजलासकान्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।

यस अवसरमा नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु।

) सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशनआह्वान गर्नुपर्छ।

) प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ।

) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले दुवै अध्यक्ष . केपी ओली . प्रचण्डसँग तुरुन्तै सचिवालय वैठकधुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच