पुर्वसचिव भिम उपाध्याय भन्छन: प्रचण्ड बाहेक अर्को कुनै पनि नेताले पाएको पद सहजै त्यागेका छैनन्

पूर्व सचिव भिम उपाध्ययले आजसम्म कुनै पनि प्रधानमन्त्रीले सजिलोसँग पद नछोडेको बताएका छन्। सामाजिक सञ्जालमा व्यस्त रहने उपाध्यायले सामाजिक सञ्जालको फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो उल्लेख गरेका हुन्।

नेपाली राजनितिमा इमान्दार तथा भलाद्मी छवि बनाएका नेता मनमोहनले समेत कुसी मोह देखाएको उल्लेख गर्दै उनि लेख्छन्, आजसम्म दुई पटक प्रम भए र दुबै पटक सर्लक्क सजिलै प्रम पद त्याग्ने र सधैँ अरुलाई प्रमको कुर्सीमा बिराजमान गराउने नेता प्रचण्ड मात्रै भएका छन्।

नेताहरुको पदलिप्सालाई संकेत गर्दै प्रचण्डबाहेक अरु सबै नेताहरुले गलहत्याएपछि मात्रै पद छोडेको पनि उल्लेख गरेका छन्। शान्ति सम्झौता पछि प्रचण्डले धेरै नेताहरुलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनि थप्छन, यी कसैले पनि सजिलै प्रम पदबाट राजीनामा दिएका थिएनन्, बडो सकसका साथ कनीकनी मात्र प्रम पदबाट हटेका थिए।

यस्तो छ उनको फेसबुक स्टाटस:

\"\"