संसारका \’टप फाईव\’ धनि महिला को हुन ? जानिराखे राम्रो

काठमाडौं : विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची हेर्ने हो भने पुरुषहरुको वर्चस्व देखिन्छ । झन् शीर्ष १० धनी व्यक्तिहरुमा सबै पुरुषहरु नै रहेका छन् । तर पछिल्लो समय विश्वमा महिला अर्बपतिहरु पनि बढ्दो क्रममा रहेका छन् । कतिपय महिलाहरु आफ्नै पौरखमा अर्बपति बनेका छन् भने कतिपयको पारिवारिक पृष्ठभूमिले मद्दत पुर्याएको छ । तर जे जसरी…

2 मिनेट

पढ्ने समय

काठमाडौं : विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची हेर्ने हो भने पुरुषहरुको वर्चस्व देखिन्छ । झन् शीर्ष १० धनी व्यक्तिहरुमा सबै पुरुषहरु नै रहेका छन् । तर पछिल्लो समय विश्वमा महिला अर्बपतिहरु पनि बढ्दो क्रममा रहेका छन् । कतिपय महिलाहरु आफ्नै पौरखमा अर्बपति बनेका छन् भने कतिपयको पारिवारिक पृष्ठभूमिले मद्दत पुर्याएको छ ।

तर जे जसरी भएपनि विश्वका धनी व्यक्तिहरुको सूचीमा महिलाहरुको संख्या बढ्नु पक्कै पनि सकारात्मक हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर हामी विश्वका सर्वाधिक धनी ५ महिलाहरुको चर्चा गर्दैछौं । ब्लुमबर्ग बिलनेयर्स इन्डेक्सको सोमबारसम्मको तथ्यांकका आधारमा यो सूची तयार पारिएको हो ।

 

१. फ्रान्क्वाइस बेटनकोर्ट मेयर्स

\"\"

ब्लुमबर्ग बिलनेयर्स इन्डेक्सका अनुसार फ्रान्क्वाइस बेटनकोर्ट मेयर्स विश्वकै सर्वाधिक धनी महिला हुन् । समग्र इन्डेक्समा भने उनी विश्वको १२औं धनी व्यक्तिमा आउँछिन् । उनको नेटवर्थ ७३.४ अर्ब डलर रहेको छ । उनको परिवारले कम्मेटिक कम्पनी ‘लोरियल’ को ३३% सेयर हिस्सा ओगटेको छ । बेटनकोर्ट मेयर्स सन् १९९७ देखि लोरियलको सञ्चालक समितिमा छिन् । हाल उनले अध्यक्षको जिम्मेवारी सम्हालेकी छन् ।
२. जुलिया फ्लेसर कोच र परिवार

\"\"

जुलिया कोच विश्वकै दोस्रो सर्वाधिक धनी महिला हुन् । ब्लुमबर्गको सूचीमा उनी विश्वको १७औं धनी व्यक्तिमा पर्दछिन् । कोचको नेटवर्थ ६१.१ अर्ब डलर रहेको छ । कोच र उनका सन्तानको ‘कोच इन्डस्ट्रिच’ मा ४२% स्वामित्व रहेको छ । सन् २०१९ मा उनका पति डेभिड कोचको निधनपछि जुलिया र उनको परिवारले सम्पति विरासतमा पाएको हो । जसले उनलाई सन् २०२० मा अर्बपतिको सूचीमा ल्याएको हो ।
३. एलिस वाल्टन

\"\"

एलिस वाल्टन सर्वाधिक धनी महिलाको सूचीमा तेस्रो नम्बरमा परेकी छन् । हाल उनको नेटवर्थ ५७.६ अर्ब डलर रहेको छ । विश्वको धनी व्यक्तिहरुको सूचीमा एलिस २०औं नम्बरमा छिन् । एलिस वालमार्टका संस्थापक स्याम वाल्टकी छोरी हुन्
४. मेक्केन्जी स्कट

\"\"

मेक्केन्जी स्कट विश्वकै सर्वाधिक धनी व्यक्ति जेफ बेजोसकी पूर्वपत्नी हुन् । स्कट एक पुरस्कृत लेखक पनि हुन् । उनी आफ्नो पहिलो उपन्यास ‘द टेस्टिङ अफ लुथर अलब्राइट’ का लागि सन् २००६ मा अमेरिकन बुक अवार्डबाट पुरस्कृत भएकी थिइन् ।

सन् २०१९ मा बेजोससँग सम्बन्ध विच्छेद गरेपछि सेटलमेन्टमा पाएको सम्पतिले उनलाई अर्बपतिको सूचीमा ल्याएको हो । हाल उनको नेटवर्थ ५३.५ अर्ब डलर रहेको छ । विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा स्कट २२औं स्थानमा रहेकी छिन् ।

 

५. ज्याकलिन ब्याजर मार्स

\"\"

ज्याकलिन मार्स ४१.१ अर्ब डलरसहित सर्वाधिक धनी महिलाको सूचीमा पाँचौं स्थानमा रहेकी छिन् । उनी विश्वकै ३०औ सर्वाधिक धनी व्यक्तिमा पर्दछिन् । ज्याकलिनको उनका हजुरबुवाले स्थापना गरेको विश्वकै ठूलो क्यान्डी उत्पादक कम्पनी ‘मार्स’ मा एक तिहाई हिस्सामा स्वामित्व रहेको छ । उक्त कम्पनीमा ज्याकलिनले २० वर्ष काम गरेकी छिन् र सन् २०१६ सम्म सञ्चालक समितिमा रहेकी थिइन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच