म्याग्दी जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाखदेखि १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाको सक्रियतामा दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउन आवश्यक भवन मर्मत, बेडसहित विभिन्न उपकरण थप औषधि खरिद गरिएको छ । अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित आधारभुत चिकित्सकीय सेवा प्रदान गर्ने गरी ८ जना स्वास्थ्यकर्मीलाई करारमा नियुक्ती गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘अब दरबाङबाटै बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउँछन्,‘रिफर सेन्टरको रुपमा चिनिएको केन्द्रमै जटिल अप्रेसन सहितको सेवा उपलब्ध गराउँछौ’ अध्यक्ष रोकाले भने ।
उनले तत्काल पुरानै संरचनामा केही परिवर्तन गरी सेवा बेड थप र सेवा विस्तार गरिएपनि भविस्यमा अस्पतालका लागि छुट्टै संरचना सहितको आधुनिक उपकरण समेत माग गर्ने बताए । अस्पतालका लागि विभिन्न यूनिट थप गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । ‘२४ घण्टा सेवा दिने गरी आवश्यक सम्पूर्ण तयारी गरिएको छ,‘अब स्वास्थ्य सेवामा पश्चिम म्याग्दीले फड्को मार्छ’ उपाध्यक्ष विटालुले भनिन् । उनले विस्तारै अप्रेसन सहितको प्रसूति सहित अन्य जटिल अप्रेसन समेत गर्ने गरी बार्षिक योजना बनाउने बताईन् । निक साइमन इन्स्टिच्युटले अस्पताल ब्यवस्थापनमा सदृुढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममार्फत अस्पताल सुधारको कार्यशाला गोष्ठी समेत सञ्चालन गरिएको थियो । अस्पतालमा तत्काल शब घर सहित प्रवेशद्धारमा अपाङ्खमैत्री संरचना समेत थप गरिने छ । दरबाङमा अस्पताल बनाउन सामाजिक विकासमन्त्री नरदेवी पुनको सक्रियताले समेत ठूलो काम गरेको मालिका–७ का वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए ।
उनले गण्डकी प्रदेश सरकारबाट चिकित्सक सहित उपकारण लगायतमा प्राप्त सहयोगले अस्पताल सञ्चालनमा सहज भएको बताए । अस्पतालमा प्रदेश सरकारसँगै स्थानीय सरकारले करिब ४० लाख बजेट समेत विनियोजनको तयारी गरेको छ । हाल सामान्य उपचार बाहेक जटिल समस्या भएका बिरामीलाई बेनी अस्पतालमा रिफर गर्ने गरिएको छ । हालसम्म केन्द्र रिफर सेन्टरको रुपमा चिनिने गरेको थियो । बार्षिक २० हजारभन्दा बढी विरामीले सेवा लिने गरेको केन्द्रमा निक साइमन इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा डा. समिरन काप्ले,डा. रोशन आचार्य र डा. प्रशान यादव कार्यरत छन् । प्रत्येक नागरिकको आधारभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्नका लागि अस्पतालले सहज हुने निक साइमनका डा.समिरन काप्ले बताए । ‘प्रत्येक नागरिकले सहज र सुलभ आधारभुत स्वास्थ्य सेवा पाउने अधिकार राख्नुहुन्छ, अस्पतालको मापदण्ड अनुसारको उपकरण र जनशक्ती उपलब्ध भएमा यहाँ पनि निरन्तर सम्भव छ’ डा. काप्लेले भने । प्राथमिक उपचार केन्द्रमा मंगला, मालिका, धवलागिरी गाउँपालिकासँगै पश्चिम बागलुङ र केही रुकुम जिल्लाबाट समेत सेवा लिन आउने गरेका छन् ।
म्याग्दीको दरबाङमा १५ शैयाको अस्पताल सन्चालन हुदै
म्याग्दी जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाखदेखि १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाको सक्रियतामा दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउन आवश्यक भवन मर्मत, बेडसहित विभिन्न उपकरण थप औषधि खरिद गरिएको छ । अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित आधारभुत चिकित्सकीय सेवा प्रदान गर्ने…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












