मौद्रिक नितिको तयारीमा जुट्यो केन्द्रिय बैक, के बढला त बैंकको चुक्ता पुजी?

-इशारा कोइराला काठमाडौं : आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । केन्द्रीय बैंकले कोरोना महामारीका बीच ल्याउन लागेको मौद्रिक नीतिका लागि सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । आफ्नो वेब साइटमार्फत पनि केन्द्रीय बैंकले सरोकारवाला निकायलाई सुझाव दिन आग्रह गरेको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यममार्फत राष्ट्र बैंकले विभिन्न…

3 मिनेट

पढ्ने समय

-इशारा कोइराला
काठमाडौं : आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । केन्द्रीय बैंकले कोरोना महामारीका बीच ल्याउन लागेको मौद्रिक नीतिका लागि सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । आफ्नो वेब साइटमार्फत पनि केन्द्रीय बैंकले सरोकारवाला निकायलाई सुझाव दिन आग्रह गरेको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यममार्फत राष्ट्र बैंकले विभिन्न निकायहरुसँग छलफल समेत गरिरहेको छ । अहिले राष्ट्र बैंकका उच्च पदाधिकारीसहित अनुसन्धान विभागका कर्मचारीहरु मौद्रिक नीतिको तयारीमा जुटेका छन् ।

सरकारले बजेटमा गरेका व्यवस्थालाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो साता ल्याउने गरी तयारी सुरु भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । यसैबीच, यतिबेला बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि हुने चर्चा समेत सुरु भएको छ । वाणिज्य बैंकहरुकै बीचमा पनि चुक्ता पुँजीमा धेरै अन्तर (एक र अर्को बैंकबीच) भएकाले समेत यसमा एकरुपता ल्याउन पुँजी वृद्धि आवश्यक भएको कुरा राष्ट्र बैंकभित्रै पनि उठ्न थालेको सम्बद्ध स्रोतले बताएको छ ।

तथापि, यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक निर्णय भने भइनसकेको स्रोतको भनाई छ । तर केन्द्रीय बैंकका प्रवक्ताले भने अहिलेसम्म पुँजी वृद्धिका बारेमा कुरा नभएको दाबी  गरेका छन् । यस पटक पनि केन्द्रीय बैंकले बिग मर्जरलाई भने प्राथामिकतामै राख्ने देखिएको छ । यसका लागि केन्द्रीय बैंकले सरोकारवाला निकायको रायसल्लाह मागेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले केही दिन पहिले बिग मर्जरलाई उच्च प्राथमिकतामा राखेर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा सञ्चालकहरुलाई मर्जर सम्बन्धी प्रश्नावली पठाएर उनीहरुको राय बुझ्ने प्रयास गरेको छ । उक्त राय सुझावको आधारमा केन्द्रीय बैंकले निर्णय गर्ने राष्ट्र बैंक स्रोतले बताएको छ । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति पनि कोरोनाकै महामारीको बीच ल्याएका थिए ।

उनको दोस्रो मौद्रिक नीति पनि कोरोनाको दोस्रो लहरले अर्थतन्त्र धाराशायी भएकै अवस्थामा सार्वजनिक हुने भएको छ । यसैबीच, कोरोनाले असर गरेको क्षेत्रलाई पुनरुत्थान गर्ने हिसाबले मौद्रिक नीति ल्याउने तयारी केन्द्रीय बैंकले गरेको छ । तथापि, यो वर्षको मौद्रिक नीति केही पृथक हुने समेत स्रोतको दाबी रहेको छ ।

बैंकको चुक्ता पुँजी वृद्धिका बारेमा के भन्छन् प्रवक्ता ? 
यता, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने हालसम्म चुक्ता पुँजी वृद्धिको बारेमा छलफल नै नभएको बताएका छन् । उनले भने, ‘हालसम्म चुक्ता पुँजी वृद्धिका बारेमा राष्ट्र बैंकमा छलफल भएको छैन ।’ साथै, उनले छलफल भएका विषयहरु सबै मौद्रिक नीतिमा समावेश हुन्छन् भन्ने ग्यारेन्टी नरहेको पनि बताए । उनले भने, ‘मौद्रिक नीति निर्माण गर्नुभन्दा पहिले धेरै विषयमा छलफल हुन्छ । छलफल भएका सबै कुरा मौद्रिक नीतिमा समेटिँदैन ।’

अहिलेको अवस्था र आवश्यकतालाई अध्ययन गरेर सोही अनुसारको मौद्रिक नीति केन्द्रीय बैंकले निर्माण गर्ने जानकारी दिए । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनका लागि ल्याएको पुँजी वृद्धिको योजना अनुसार ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटेको थियो । तर, ‘क’ वर्गका वाणिज्य बैंकको संख्या भने घट्न सकेको थिएन ।
अघिल्लो वर्ष भएको बिग मर्जरको चर्चापछि स्वतस्फूर्तरुपमा दुई वाणिज्य बैंक जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिएका थिए । अहिले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको तयारीमा छन् । यी दुई बैंकहरुले मर्जरमा जाने प्रारम्भिक सम्झौता समेत गरिसकेका छन् । यसबाहेक अरु बैंकहरु मर्जमा नगएको अवस्था छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच