तुलनात्मक रुपमा सुरक्षित मानिएका खाडी मुलुक र मलेशियावाट नियमित रुपमा उडान भरिनु पर्दछ- प्रवाशी नेपालि मंच

दोहा कतार, १३ मे – प्रवासी नेपाली मञ्च कतारले नेपाल सरकारले नियमित अन्तराष्ट्रिय उडान वन्द गरेर चार्टर उडान मात्रै सञ्चालन गर्नुलाई परदेशी नेपालीहरुमाथि गरिएको ज्यादती र कालोवजारी भएको वताएको छ ।

नियमित उडानलाई प्रतिबन्ध लगाएर चार्टर उडानमात्रै सञ्चालन गर्न दिनुले स्वदेश फर्किन पाउने नागरिकको मौलिक हक हनन् भएको र कालो बजारीलाई संरक्षण गरेको ठहर्ने भन्दै मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष रामहरी गैरे र महासचिव थम गिरी आभासले विज्ञप्ति प्रकाशति गरी अत्यावश्यक काम, काजकिरीया, विरामी भेट्नका लागि स्वदेश फर्किन नियमित उडानको ब्यवस्था हुनुपर्ने माग गरेका छन् ।

‘स्वदेश फर्किन्छौ भन्ने नेपालीहरुका लागि मातृभूमी फर्किनै नसक्ने गरी नियमित रुपमा लगाउदै आएको प्रतिबन्ध मानविय दृष्टिकोणले कुनै मानेमा पनि न्यायिक र सही छैन्’, विज्ञप्तिमा भनिएको छ, ‘तुलनात्मक रुपमा सुरक्षित मानिएका खाडी मुलुक र मलेशियावाट नियमित रुपमा उडान भरिनु पर्दछ ।’

मञ्चले नागरिकको मौलिक हकको उलघंन हुने गरी सरकारले गरेको ज्यादतीको भत्सर्ना गर्दै कोरोना महामारीबाट वँच्न अपाउने स्वास्थ्य मापदण्ड पुरा गरी स्वदेश फर्किन चाहने सवै नेपालीलाई उचित वातावरण मिलाउन नेपाल सरकार र विदेशस्थित नेपाली नियोगसमक्ष अनुरोध गरेको छ ।

\"\"