छिटोछिटो उतारचढाव हुने प्रवृत्ति पनि रह्यो । बजार खुलेको पहिलो प्रहरमा नेप्से सूचक करिब ५० अंकले बढेको थियो । नयाँ आर्थिक वर्षसँगै बजारले फेरि यसअघिका रेकर्डहरु तोड्दै नयाँ उचाईमा पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्षको अन्तिममा सरकारी खर्च ह्वात्तै बढेपछि वित्तीय प्रणालीमा तरलता सहज भएको छ । केन्द्रीय बैंकका अनुसार अहिले वित्तीय संस्थामा १ खर्ब २७ अर्ब रुपैयाँ अधिक तरलता छ ।
त्यही भएर पनि यतिबेला लगानीकर्ताहरु बढी उत्साहित हुन्छन् । खरिदबिक्री रकम पनि विस्तार हुँदै जाने अनुमान गरिएको छ । बजार तलमाथि गरिरहन्छ । आम लगानीकर्ताले योजनाबद्ध हिसाबले लगानी गर्न सक्नुपर्छ । कम्पनीको समग्र वित्तीय अवस्था, लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, रिजर्भ तथा इपीएस लगायतका सूचक हेर्नुपर्छ ।
अल्पकालीन वा दीर्घकालीन कति अवधिका लागि सेयर किन्ने भन्ने पूर्वयोजना बनाउन सके फाइदा हुन्छ । नेप्से सूचक १३.९७ अंकले बढेर २९९४.५८ विन्दुमा आइपुगेको छ । ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
३५ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल बंगलादेश बैंक परेका छन् । सिनर्जी पावर डेभलपमेन्ट बैंकको भाउ १०% ले वृद्धि भएको छ ।














