सानिमाको आईपिओ आज ( २० साउन २०७८) देखि खुल्यो

काठमाडौं : सानिमा लाईफ ईन्सुरेन्सको आईपिओ आज अर्थात साउन २० गतेदेखि निष्कासन तथा बिक्री खुला भएको छ । सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ । जसमध्ये ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर…

1 मिनेट

पढ्ने समय

काठमाडौं : सानिमा लाईफ ईन्सुरेन्सको आईपिओ आज अर्थात साउन २० गतेदेखि निष्कासन तथा बिक्री खुला भएको छ । सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ । जसमध्ये ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ ।
बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच