नेपाल एग्रो लघुवित्तलाइ इन्फिनिटी लाघुबित्तले एक्वायर गर्दै, राष्ट्र बैंकको अन्तिम स्वीकृति दियो।

काठमाडौं : नेपाल एग्रो लघुवित्त इन्फिनिटी लघुवित्तमा बिलय हुने भएको छ। इन्फिनिटीलाइ नेपाल एग्रो एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति दिएको छ । केन्द्रीय बैंकले नेपाल एग्रोलाई १ः०.९८ सेयर स्वाप अनुपातमा एक्वायर गर्न इन्फिनिटीलाई शुक्रबार (साउन १५ गते) अन्मि स्वीकृति दिएको हो । एक्वायरपछि नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब इन्फिनिटीको नाममा ९८ कित्ता सेयर पाउनेछन् ।

यता, दुवै संस्थाको असार २१ गते बसेको विशेष सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव र सेयर स्वाप अनुपात पारित गरिसकेको छ । अब एक्वायरपछि इन्फिनिटीको नामबाट कारोबार हुनेछ । एक्विजिसन प्रक्रियाका कारण हाल नेपाल एग्रोको सेयर कारोबार रोक्का छ ।

\"\"