दुर्गेश थापा भन्छन : ‘चित्त बुझ्दैन भने मेरो गित हेर्नैपर्छ, सुन्नैुपर्छ भन्ने त छैन नि’

गीतमा ‘भोगटेले ठाउँमात्र ओगटे’ भन्न मिल्ने, ‘ख्यास्स पुतली’ भन्न नमिल्ने ? गायक तथा मोडल दुर्गेश थापा यतिबेला फेरि विवादमा छन् । नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण उनी विवादमातानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको छ। गीतकै कारण लोक तथा दोहोरी…

7 मिनेट

पढ्ने समय

गीतमाभोगटेले ठाउँमात्र ओगटेभन्न मिल्ने, ‘ख्यास्स पुतलीभन्न नमिल्ने ?

गायक तथा मोडल दुर्गेश थापा यतिबेला फेरि विवादमा छन् नयाँ गीतबीच्च बीच्चमा ख्यास्स पुतलीका कारण उनी विवादमातानिएका हुन् तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको गीतकै कारण लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई सार्वजनिक बाहिस्कारको निर्णयसमेत गरेको

दुर्गेश भने प्रतिष्ठानले गरेको निर्णय पक्षपाती भएको बताउँछन् उनले आफूमाथि अन्याय भएको तर्क गर्दै प्रतिष्ठान एउटा संस्थामात्रभएकाले अदालतको जस्तो निर्णय गर्न नसक्ने बताए

बेलाबखत विवादमा तानिँदै आएका गायक दुर्गेश थापासँग विवादकै सेरोफेरोमा रहेर रातोपाटीले कुराकानी गरेको प्रस्तुत , उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

तपाईंको गीत विवादमा तानिएको विषयलाई कसरी लिनु भएको ?

गीत बनाउँदा सार्वजनिक गर्दा यो गीतका कारण यति ठुलो विवाद होला भनेर सोचेकै थिइनँ मभन्दा अगाडिका अग्रजले ल्याएकाकतिपय गीतसमेत यस्तै यस्तै छन् इन्द्रेणीलगायतका धेरै लोकदोहोरी कार्यक्रममा मेरोभन्दा पनि छाडा शब्द रहेका दोहोरी गीतप्रसारण हँुदै आएको सबैलाई थाहा भएकै विषय हो कसैलाई त्यो थाहा छैन भने अहिले पनि ती कार्यक्रम युट्युवमा हेर्न सकिन्छ मेरोगीतलाई लिएरमात्र विवाद झिक्नु पर्ने खास कारण केही देख्दिनँ

तपाईंको गीतलाई किन अश्लिल भनियो ?

यसले अश्लिल अर्थ दिँदैन गीतमा प्रयोग भएकोख्यास्सशब्दमा धेरै आपत्ति रहेको पाएँ तर त्यो शब्द खाइस् भन्ने बुझाउन प्रयोगगरिएको हो चोक्टा खान आएकी बुढी झोलमा डुबेर मरीभन्ने अर्थका लागि योख्यास्स पुतलीभन्ने शब्द प्रयोग गरिएको यसलाई प्रतिष्ठानका व्यक्तिहरुले ठुलै रुपमा लिनुभयो

तपाईंका गीत यस अगाडि पनि विवादमा परेका छन् नि, होइन ?

हो, केही विवादमा परेका थिए मैले बुझ्न नसकेको कुरो पनि यही हो विवाद अस्वाभाविक छन् गत वर्ष मेरो गीतबीच्च बीच्चमाविवादमा पर्‍यो त्यो बेला म्युजिक भिडियोका कारण विवाद सिर्जना भएको थियो भिडियोमा पुरुष कलाकार महिलाको गेटअपमाथिए फिल्ममा एउटा पुरुष कलाकारले सारी लगाएर वा भनौँ महिलाको पोशाक लगाएर अभिनय गरेको हामीले धेरै पटक देखेका छौं कतिपय टेलिभिजन कार्यक्रममा केटाहरु पनि महिलाको रुपमा प्रस्तुत भइरहेका छन् त्यो कुरामा कसैको आपत्ति हुँदैन तर मैले त्यहीकुरा गर्दा विवादमा तानिन्छ

दुर्गेशले विवाद हुने हिसावले नै गीत बनाउँछ भन्ने आरोप नि ?

अहिलेसम्म त्यो हिसाबले मैले गीत बनाएको छैन मेरो गीतमा विवाद निम्त्याइएका हुन् चर्चा वा विवादका लागि मैले कुनै पनिमिडिया वा सार्वजनिक स्थानमाकन्ट्रोभर्सीकुरा गरेको छु ? अहिलेको विवाद लोक तथा दोहोरी गीत प्रतिष्ठानले झिकेको हो प्रतिष्ठान आफ्ना संस्थाभित्रका नजिकका व्यक्तिका गीत नदेखेजस्तो गर्छ बाहिरी मानिसका गीतमा भने विवाद निम्त्याउँछ

प्रतिष्ठानले तपाईंलाई संस्थागत बहिस्कार कै निर्णय गरेको ?

मैले सुनेँ, प्रतिष्ठानले मेरा विषयमा संस्थागत बहिस्कार गर्ने, मेला महोत्सवमा जान नदिने लगायतको निर्णय गरेको रे एउटामानिसको जीवनमाथि सिधै हस्तक्षेप गर्ने अधिकार प्रतिष्ठानलाई छैन होला प्रतिष्ठान भनेको घर, परिवार हो उसले सम्झाई, बुझाई गर्नुपर्‍यो मलाई एक पटक पनि छलफलमा नराखी सिधै बहिस्कार गर्न मिल्दैन मैले आफ्नो कुरो पनि राख्न पाउनुपर्छ

प्रतिष्ठानको सुझावलाई अटेर गरेर तपाईंले गीत ल्याएको भन्ने नि ?

यो सबै झुट हो एकपटक स्टुडियोमा काममा थिएँ सोही क्रममा शिव हमालजीसँग भेट भएको थियो उहाँले सँगै बस्न अनुरोधगर्नुभयो त्यसपछिगीत भएन नि कान्छाभन्नुभयो त्यो समय मैलेदाइ ! अरुलाई पनि रोक्नुस् पनि चेन्ज गर्छुभनेँ मलाईख्यास्सको ठाउँमाफुस्सराख्न आपत्ति छैन भनेर उहाँलाई भनेको थिएँ अग्रजले जे गर्नु भएको , मैले त्यही गरेँ भनेर बुझाएँ हो, यो कुरो मैले अग्रजबाटै सिकेको हो

 त्यसो भए तपाईंको गीत अब हट्दैन ?

मैले अग्रजबाट जे सिकेँ, त्यो गरेँ मलाई गीत हटाउन अहिले पनि आपत्ति छैन त्योभन्दा पहिले मेरो अगाडि आएका अग्रजका यस्तागीत सबै हट्नु पर्‍यो त्यसो भएको खण्डमा पनि गीत हटाउँछु मैले पहिले पनि अग्रजको अनुरोधमा गीत हटाएको थिएँ

प्रतिष्ठानले गरेको बहिष्कारको निर्णयले तपाईंलाई केही फरक पर्दैन ?

प्रतिष्ठानको बहिस्कार मेरो अधिकारमाथिको हस्तक्षेप हनन् हो उसले यति ठुलो डिसिजन गर्न मिल्दैन प्रतिष्ठान भनेको घर हो, अदालत होइन यो विषयमा भोलि जे पनि गर्न सक्छु उहाँहरुले मलाई एक पटक पनि नसोधी, मसँग छलफलमा नबसी आफु खुसीनिर्णय गर्न मिल्छ ?

अर्को कुरो, मलाई प्रतिष्ठानले दुर्गेश थापा बनाएको होइन आफ्नै संघर्षले अहिलेको अवस्थासम्म आएको हो अहिलेकोअवस्थासम्म आउन मैले धेरै संघर्ष गरेको छु खाई नखाई दुःख गरेको छु कतिपटक डान्सबारमा भोकै नाचेको छु धेरै दुःखलेअहिलेको दुर्गेश बनेको हो नाम, दाम काम मलाई प्रतिष्ठानले दिएको छैन त्यसै उहाँहरुले मलाई बहिस्कार गर्न मिल्दैन योविषयमा पछि बोलौँला एक पटकटेबुल टक पक्कै होला नि

राज्यले गीतसंगीतमा सेन्सर लगाउने निर्णय यदि गर्छ भने त्यसको कारण दुर्गेश नै हुन्छन् भनेर पनि भन्न थालिएको नि ?

मे के भन्छु भने प्रतिष्ठानले प्रतिबन्ध वा रोक लगाउँछ भने सबैलाई लगाउनुपर्‍यो कसैलाई पाखा कसैलाई काखा गर्न मिल्दैन चलचित्रको जस्तो सेन्सर अहिले गीत संगीतमा पनि आवश्यक भएको गीतसंगीत बाहिर आउनुपूर्व त्यसको गुणस्तर प्रभावकोजाँच गरियोस् यसका लागि प्रतिष्ठानले जिम्मा लियोस् उसले हेरेपछि त्यो सार्वजनिक गर्न योग्य भनेमात्र बाहिर ल्याउन दिइयोस् यो नगरेसम्म रिलिज गर्न नपाइने नियम कानुन बनोस् सबै यो नियममा बाँधिउन् भन्ने मेरो पनि धारणा हो फिल्ममा सेन्सर हुन्छ, गीतमा पनि लगाऔँ नियम कानुन भयो भने मानिस हेरेर फरक व्यवहार गर्न मिल्दैन नि एउटा संस्थाले सबैलाई समान रुपले हेर्छ

लोक तथा दोहोरी गीत प्रतिष्ठान एउटा घर हो, अदालत होइन प्रतिष्ठानले आफुलाई बोलाएर चित्त नबुझेका विषयमा पहिले मसँगटेबुल टकगर्नुपर्‍यो मेरो हकमा त्यो गरेको छैन अर्काे कुरो, प्रतिष्ठानमा भएका मानिसले जे गर्दा पनि हुने ? उदाहरणका रुपमाप्रतिष्ठानकै सुवास केसीलेभुत्रो माया जालभनेर निकाल्दा केही हँुदैन गायक बद्री पंगेनीलेपिएन क्याम्पस आउ बस मायालु गरौँटाइमपास’ (के कलेज टाइपास गर्न जाने हो ?’ पशुपति शर्माकोसरले यता बढाउने हामी यता जुधाउने भन्ने गीत के हो ?’ ‘स्याउल्याइदिउ कि केरा’, ‘भोगटेले ठाउँमात्र ओगटेभन्ने गीत कुन प्रसङ्गमा के अर्थ लाग्ने गरेर प्रयोग भएका छन् ? यी उदाहरणमात्र हुन् यस्ता कयौं गीत छन्, जसमा प्रतिष्ठान केही बोलेको छैन खाली मेरोख्यास्स पुतलीशब्दलाई नराम्रो देख्ने उहाँहरुको हेर्ने नजर खराब

ख्यास्स पुतलीकिन केका लागि गीतमा राख्नुभयो ?

– ‘ख्यास्स पुतलीमेरो गाउँघरतिर बोलिने टिपिकल शब्द हो जो कोहीले पनि यो शब्द त्यहाँ प्रयोग गदर्थे गाउँतिरख्यास्सभन्नालेबल्ल खाइस् भन्ने बुझिन्छ त्यही शब्द टिपेर मैले प्रयोग गरेको हो त्यसले नराम्रो अर्थ लाग्छ भन्ने मलाई लाग्दैन प्रतिष्ठानले के कसरी बुझ्यो, भन्न सक्दिनँ

पैसा चर्चाका लागि दुर्गेशले जानाजान यस्तो गीत बनाएको आरोप लगाइएको नि ?

कसले कसरी बुझ्छ, त्यसमा मेरो केही भन्नु छैन चित्त बुझ्दैन भने उहाँहरुले मेरो गीत हेर्न सुन्नैपर्छ भन्ने पनि छैन युट्युव त्यस्तोप्लेटफर्म हो, जसमा मन लागे हेर्न मिल्छ, मन नलागे नहेर्न पनि मिल्छ मेरा फ्यान, मेरो जमात नै त्यही किसिमको मैले शिवपरियारले गाउने जस्तो गीत गाएर कसैले सुन्दैन मेरो गीत फरक हुन्छ फरक तरिकाले चल्ने पनि मानिस हुँ मेरो गीतलेलोकदोहोरीसँग कुनै सरोकार पनि राख्दैन लोकदोहोरीको मोडलमात्र हो, गायक पनि होइन गायन विधा मेरो छुट्टै फरक टेष्टदिन सकिएन भने यो प्रतिस्पर्धामा अडियन्सले कसरी रुचाउँछ ? एकै खालका गीत रुचाउने भए अग्रज पुराना गायकगायिका अहिलेओझेलमा किन पर्थे ?

 गीतका कारण प्रहरीमा पनि पुग्नु भयो हरेक पटक गीत किन विवाद हुन्छ भनेर आत्मसमीक्षा गर्नुभएको ?

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आवद्धसमेत छैन त्यो भएको कारणले ममाथि संस्थाका मानिसले हेपेका हुन्, हेप्न दिनुस् आफ्नो तवरले चल्ने मानिस हो मेरा फ्यानलाई आफ्नो हिसावले गीतमा टेष्ट दिन छोड्दिनँ मेरा दुश्मन खुट्टा तान्ने लडाउन खोज्नेपनि छन् तिनीहरुले यो विवाद झमेला निकालेका हुन् यस्ता कुराले मलाई अगाडि बढ्न सघाउँछ भन्ने मेरो धारणा हो प्रतिस्ठानमाभएका अग्रज कलाकारको हिसावमा बच्चा हो सम्झाएर यस्ता क्रियाकलाप रोक्न लगाउनुको साटो विवाद उहाँहरुले निम्त्याउनुभएको हो संस्थाको पत्र म्यासेन्जरमार्फत संस्था बाहिरका मानिसले दिने, मसँग सल्लाह नगर्ने, मलाई सिध्याउन विभिन्न प्रपञ्च रच्ने मैले पनि व्यक्तिगत हिसाबमा प्रतिष्ठानलाई सहयोग गरेको छु नि !

  • (कुवेर गिरीरातोपाटि)

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच