मर्जिन कारोबार भनेको के हो ? यसमा शेयर लगानिकर्ताहरुको आकर्षण कस्तो छ त ?

काठमाडौं : ब्रोकरमार्फत मार्जिन लेन्डिङ कारोबार गर्न लगानीकर्ताले खासै चासो देखएका छैनन् । नेप्सेले २ वर्ष अघि ब्रोकरमार्फत हुनेमार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू त गर्यो । तर, उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै त्यसको चौतर्फी आलोचना भयोभने लगानीकर्ताले पनि त्यसमा खासै चासो देखाएनन् । लगानीकर्ताले चासो नदेखाएपछि कार्यविधि संशोधन गरेर नेप्सेले पुनः कार्यविधिलागू गर्यो ।…

3 मिनेट

पढ्ने समय

काठमाडौं : ब्रोकरमार्फत मार्जिन लेन्डिङ कारोबार गर्न लगानीकर्ताले खासै चासो देखएका छैनन् नेप्सेले वर्ष अघि ब्रोकरमार्फत हुनेमार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गर्यो तर, उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै त्यसको चौतर्फी आलोचना भयोभने लगानीकर्ताले पनि त्यसमा खासै चासो देखाएनन् लगानीकर्ताले चासो नदेखाएपछि कार्यविधि संशोधन गरेर नेप्सेले पुनः कार्यविधिलागू गर्यो

 तर, कार्यविधि संशोधन भइसकेपछि पनि ब्रोकरमार्फत सेयर कर्जा लिन लगानीकर्ताले कत्ति पनि चासो देखाएका छैनन् नेप्सेलेसंशोधन गरेर कार्यविधि लागू गरेको महिना बितिसक्दा पनि लगानीकर्ताले चासो नदेखएको ब्रोकरहरुको भनाई ब्याजदर महँगोहुने भएकाले पनि लगानीकर्ता आकर्षण नबढेको अनुमान गरिएको  

 नेपाल स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले लगानीकर्ताले ब्रोकरबाट मार्जिन लेन्डिङ सेवा लिने प्रक्रियाभन्दा बैंकबाट नैसेयर धितो कर्जा लिने प्रक्रिया सहज भएको बताए उनले भने, ‘ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङ कार्यविधि अनुसार भन्दा बैंकमार्फत नैमार्जिन लेन्डिङ सेवा लिँदा सहज भएकाले लगानीकर्ता बैंकमा नै गएका छन् ’ 

 कार्यविधि संशोधन भएपछि पनि कुनै पनि लगानीकर्ता मार्जिन लेन्डिङ सेवाका लागि ब्रोकर कार्यालय गएका छैनन् पछिल्लो समयबैंकहरुले नै लगानीकर्तालाई सहज रुपमा मार्जिन ऋण उपलब्ध गराएकाले पनि उनीहरु ब्रोकरभन्दा बैंकतिर नै गएको मैनालीको भनाई यता, लगानीकर्ताहरुले पनि अहिलेको अवस्थामा आफूहरुलाई  ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा लिनुभन्दा बैंकबाट नै मर्जिनकर्जा लिन सहज भएको बताएका छन्  

 नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘अहिले ब्रोकरमार्फत भन्दा बैंकमार्फत मार्जिन कारोबारको लागिऋण लिन सहज त्यसैले लगानीकर्ता ऋणको लागि ब्रोकरभन्दा बैंक गएका छन् ब्रोकरले सहज तरिकाले मार्जिन लोन नदिएकोउनको आरोप

साथै, संशोधित कार्यविधिको प्रक्रिया पनि झन्झटिलो रहेको उनको भनाई नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०७४मा संशोधन गरेर ब्रोकरबाट लिन पाउने कर्जाको सीमा ५०% बाट बढाएर ७०% पु¥याएको भने, अन्य सुविधमा पनि सहज बनाएको  

कस्ता कम्पनीको सेयर खरिद गर्न पाइन्छ मार्जिङ ऋण ?

 कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको पछिल्लो आर्थिक वर्षमा १०% भन्दा बढी लाभांश दिएको कम्पनीलाई ब्रोकर मार्फतमार्जिन दिन सकिने धितोपत्र बोर्डले बताएको त्यस्तै, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तिमा पनि ८०% कारोबारदिनमा सेयर किनबेच भएको हुनुपर्नेछ यसैगरी, आर्थिक वर्षको प्रथम महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीलाई मात्रैमार्जिन सुविधा दिन सकिने प्रावधान  

 के हो मार्जिन कारोबार ?

 धितोपत्र वा वित्तीय औजार खरिदबिक्री गर्दा दलाल व्यवसायी वा मार्जिन ऋण प्रदायकसँग निश्चित प्रतिशत ऋण सुविधा लिई दोस्रोबजारमा ब्रोकर मार्फत गरिने कारोबारलाई मार्जिन कारोबार भनिन्छ त्यस्तै, दोस्रो बजारमा आउन सक्ने सम्भावित अवसरहरुमा मुनाफागर्ने उद्देश्यले धितोपत्र तथा अन्य वित्तीय औजार खरिद क्षमता बढाउन लिइने ऋण सुविधालाई मार्जिन ऋण सुविधाका रुपमा बुझिन्छ

 मार्जिन कारोबारको कुल खरिद रकममा ऋणी ग्राहकले ब्रोकर व्यवसायीलाई बुझाएको (मार्जिन कल भएमा मार्जिन कल वापतबुझाएको) रकम घटाई बाँकी रहेको रकमलाई मार्जिन ऋण भनिन्छ मार्जिन कारोबारका लागि एउटा छुट्टै खाता खोलिएको हुन्छ

मार्जिन कारोबार गरिएको सेयर त्यसै खातामा जम्मा हुन्छ भने बैंक हिसाब पनि मार्जिन खातामा नै राखिन्छ मार्जिन कारोबारको उक्तअभिलेख दैनिक रुपमा राखेर नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ यो विषयमा लगानीकर्ताले पनि जानकारी दिनुपर्छ  

\"\"\"\"\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच