आदिमा सहकारीको तेर्हौ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – २४ असोज – काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारा स्थित आदिमा बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा..

2 मिनेट

पढ्ने समय

काठमाडौं – २४ असोज – काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारा स्थित आदिमा बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा संस्थाका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता र काठमाडौं महानगरपालिका वडा नं -४ का वडा सदस्य ध्रुव त्रिपाठीज्युको प्रमुख आतिथ्यतामा सम्पन भयो। संस्थाको हाता भित्र संचालन भएको साधारणसभामा प्रमुख अतिथि त्रिपाठीले साधारणसभाको ब्यानर पढि कार्यक्रमको उट्घाटन गरे । कोरोना भाइरसका कारण सहकारी बिभागले निकालेको निर्देशिका अनुसार स्वास्थ्य मापदण्ड अपनाई कार्यक्रम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरि सोही अनुरुप गरिएको थियो । संस्थाले साधारण सभा गर्नुभन्दा अगाडि पूर्व तयारी स्वरुप असोज १८ गतेदेखि असोज २१ गतेसम्म वार्षिक प्रतिबेदन सहित साधारणसभाको माइन्युट कार्यालयमा राखी प्रतिबेदन माथि सुझाब संकलन र माइन्युटमा हस्ताक्षर गराउने कार्य गरेको थियो । २४ गते आइतबार संस्थाका संचालक समिती, सल्लाहकार समिती, लेखा समिती, विभिन्न उप-समितिमा रहनु भएका सदस्यहरुको भेलाले साधारणसभा सम्पन्न गरिएको थियो ।

\"\"

कार्यक्रममा संस्थाका सचिव राजु बस्नेतले स्वागत मन्तव्य राखे भने अतिथिको तर्फबाट ज्योति बहुउद्देश्यीय सहकारीका लेखा समिती सदस्यले शुभकामना मन्तव्य राख्दै यस्तो अवस्थामा पनि सहज तरिकाले साधारणसभा सम्पन्न गर्न सफल भएको र संस्था घाटामा नभएको देख्दा संस्था राम्रो अवस्थामा रहेको बताए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष प्रल्हाद दाहालले र लेखा समितिको प्रतिबेदन लेखा समिती संयोजक मनोज कुमार घिमिरेले पेश गरे भने कोषाध्यक्षको प्रतिबेदन कृष्णादेवि मुनिकारले प्रस्तुत गरिन । प्रस्तुत प्रतिबेदन माथि छलफल भई उठेका प्रश्नका जवाफ आ-आफ्नो बिभाग अनुसार प्रतिबेदन पेश कर्ताहरुले दिए । कार्यक्रममा प्रमुख अतिथि त्रिपाठीले सहकारी यस्तो महामारीको अवस्थामा पनि सहकारी घाटामा नजानु राम्रो पक्ष भएको र अनावश्यक अस्वशस्थ प्रतिस्पर्धा गरि पुँजी जम्मा गर्नुभन्दा यसरी नै विस्तारै आफ्नै गतिमा शेयर सदस्यको विश्वास जित्दै अगाडि बढ्दा राम्रो हुने धारणा राखे। त्रिपाठीले थप बोल्दै सरकारले ल्याएको नीति नियममा भने जहिले पनि रहनुपर्ने बताए भने सहकारीको १३औं वाषिर्क साधारणसभाको सफलताको लागि शुभकामना ब्यक्त समेत गरे ।

\"\"

अन्त्यमा संस्थाका अध्यक्ष प्रल्हाद दाहालले उपस्थित सबैलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि सम्पूर्ण शेयर सदस्यहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताउँदै यस्तो महामारीको बेला पनि संस्थालाई चलायमान बनाई सबैको विश्वास जित्न सकेकोमा संस्थाका सबै कर्मचारीहरुलाई विशेष धन्यवाद दिए । उनले सबै शेयर सदस्यहरुलाई आगामी दिनमा शेयर थप गरि सम्पूर्ण कारोबार आफ्नै संस्था मार्फत गर्नको लागि सबैलाई अनुरोध समेत गरे ।

कोरोना भाइरसका कारण पहिले पहिले जस्तो भब्य रुपमा कार्यक्रम गर्न सम्भावना नभए पनि हस्ताक्षर गर्न भने सबै शेयर सदस्य उपस्थित रहेकोमा खुशी ब्यक्त गरे । यस वर्ष गत वर्ष जस्तो बिबिध बिदामा गरिने सम्मान र अन्य कार्यक्रम हुन सकेन। कार्यक्रममा संस्थाको तर्फबाट प्रस्तुत सबै प्रतिबेदन पास गर्दै साधारणसभा सम्पन्न पछि लेखिने माइन्युटमा हस्ताक्षर गर्नको लागि ९ जना सदस्यको छनौट , लेखा परिक्षकको छनौट, आगामी वर्षका कार्यक्रम पारित, विशेष निर्णय तत्काल गर्न पर्दाका लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने जस्ता निर्यणहरु सभाबाट पारित गरियो । कार्यक्रम संचालन संस्थाका शेयर सदस्य श्याम घिमिरेले गरेका थिए ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच