कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो। जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ। कमरेड शब्दलेराजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो। समाजवादी र मजदुरहरूबीच सम्वोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड। युरोपमाकमरेड शब्द उन्नाइसौँ शताब्दीमा निकै चल्तीमा थियो। समाजवादी आन्दोलनसँगै कमरेड शब्दको प्रयोग राजनीतिक वृत्तमा व्यापकभएको हो। भारतका नेहरूदेखि नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाका लागि कामरेड आफ्नै जातको शब्द थियो।
कमरेड शब्दको साइनो रुसी भाषासँग छैन। तर, यसको विश्वव्यापीकरण र कम्युनिस्टीकरणका लागि रुसी क्रान्तिको मुख्य हात छ।सोभियत क्रान्तिकारीहरू एकअर्कालाई सम्वोधन गर्न तबारिस शब्दको प्रयोग गर्थे। छोटकरीमा टोभ भनिन्थ्यो। सोभियत क्रान्तिसम्बद्धलेख, रचना, दस्ताबेज, भाषण आदिमा तबारिस शब्दको प्रयोग नभएको सायदै भेटिएला। कम्युनिस्टहरूको बन्न पुग्यो। आज विपीकाअनुयायी कोही कँग्रेसजनलाई कमरेड भनियो भने उसको सामान्यतया जवाफ हुन्छ – म कमरेड होइन। अर्थात् म कम्युनिस्ट होइन ।
कमरेड शब्दको मूलमै फर्कौं। कोठामा सँगै बस्ने साथी अर्थात् आफ्नो सुख–दुःख निर्वस्त्र रूपमा देखेको मर्दापर्दा सबैभन्दा बढी कामलाग्ने मित्र भन्ने अर्थ थियो कमरेडको। राज्यव्यवस्थाअनुसार सम्वोधनका लागि विभिन्न शब्दको प्रयोग हुन्थ्यो वा हुने गर्छ। राजा ररैतीलाई गर्ने सम्वोधनमा फरक, धनी र गरिबका लागि गरिने सम्वोधनमा फरक, लिंगअनुसार सम्वोधनमा फरक अर्थात् सम्वोधनमैमान्छेको औकात झल्काउने शब्दको प्रयोग समाजमा थिए वा छन्। समाजवादी हुन् कि कम्युनिस्टहरू सम्वोधनमै हुने विभेद रुचाउँदैनथे।त्यसैले वर्ग, जात, औकात, लिंग केही नछुटाउने कमरेड शब्दलाई प्रगतिशीलले पछ्याए।
‘कमरेड’को सामान्य अर्थ साथी, दाँैतरी वा मित्र हो। विकासका क्रममा यस शब्दले विशिष्ट अर्थ वहन गरेकाले पछि आएर यो शब्दएउटै उद्देश्य र लक्ष्य बोकेर हिडेका र कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्न थालियो। कम्युनिस्ट पार्टीमालागेका सबै सदस्य समान मानिने हुँदा एक अर्कालाई सम्बोधन गर्दा समानता बोधक शब्द कमरेड (साथी) को प्रयोग गरिएको हो।
कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटीका अध्यक्षदेखि तल्लो कमिटीका सदस्यसम्मका सबै सदस्यलाई कमरेड भनेर सम्बोधन गरिन्छ।‘कमरेड’ शब्दले समानता र सम्मान दुवै जनाउँछ। कम्युनिस्ट कम्युनिज्मको अनुयायीलाई कम्युनिस्ट भनिन्छ। ‘कम्युन’ बाट कम्युनिज्म रकम्युनिस्ट बनेको हो। ‘कम्युन’ भनेको साझा खेतीपाती, साझा उत्पादन, समान वितरण र उत्पादित वस्तुमा साझा स्वामित्व रहेकोसमुदाय वा जनपद हो। यस्तो समुदाय वा जनपद भएको सामाजिक विकासको उच्चतम अवस्था कम्युनिजम हो। उत्पादनका साधनमाथिसार्वजनिक स्वामित्व रहने हुँदा यस व्यवस्थामा प्रत्येक व्यक्तिले क्षमताअनुसारको काम र आवश्यकता अनुसारको दाम पाउँछन् र त्यहाँसबै खालको शोषण समाप्त भई साम्य स्थिति रहन्छ।
कम्युनिज्ममा सर्वहारा वर्गको अधिनायकत्व, वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच समानता एवं राष्ट्र–राष्ट्रकाबीच बन्धुत्वको भावना रहन्छ। कम्युनिज्मलाई समाजमा स्थापित गर्न चाहने, शोषण, दमन र अन्याय–अत्याचार एवं निजी सम्पत्तिकोविरोध गर्ने, सामूहिक उत्पादन पद्धति, सामूहिक जीवन र समानतामा विश्वास गर्ने, मार्क्सवादी लेनिनवादी वैज्ञानिक विचार धारामा दृढरहेको, सर्वहारावर्गको पार्टीको सामूहिक अनुशासनमा रहने क्रान्तिकारीलाई कम्युनिस्ट भनिन्छ।














