बैंकहरुले बढाएको ब्याजदर तुरुन्त फिर्ता लिन केन्द्रिय बैंकको तिन बॅुदे निर्देशन

काठमाडौं : ब्याजदरमा अनावश्यक चलखेल हुन थालेपछि केन्द्रीय बैंकले अंकुश लगाइदिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अघिल्लो महिना कायम ब्याजदरमा १०% भन्दा बढीले परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । यस व्यवस्थाले बैंकहरुले मनपरि ढंगलबाट ब्याजदर बढाउन पाउनेछैनन् । यसैगरी, कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरिसकेका बैंकहरुले समेत अब बुधबारभित्र कात्तिक…

1 मिनेट

पढ्ने समय

काठमाडौं : ब्याजदरमा अनावश्यक चलखेल हुन थालेपछि केन्द्रीय बैंकले अंकुश लगाइदिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अघिल्लो महिना कायम ब्याजदरमा १०% भन्दा बढीले परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । यस व्यवस्थाले बैंकहरुले मनपरि ढंगलबाट ब्याजदर बढाउन पाउनेछैनन् ।

यसैगरी, कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरिसकेका बैंकहरुले समेत अब बुधबारभित्र कात्तिक ३ गतेभित्र यस निर्देशन अनुसार नयाँ ब्याजदर अनिवार्यरुपमा आफ्नो वेबसाइटमा प्रकाशित गर्नुपर्नेछ । साथै, यस्तो ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्नेछ । केन्द्रीय बैंकको यस निर्देशनबाट कात्तिक १ गतेबाट लागू हुने गरी अस्वभाविकरुपमा वृद्धि गरिएको ब्याजदरमा अंकुश लाग्ने भएको छ ।

यसरी वृद्धि गरिएको ब्याजदर अब घट्ने भएको छ । यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि सर्वसाधारणलाई दिइने भन्दा १ प्रतिशत कम ब्याजदर दिनुपर्नेछ । केन्द्रीय बैंंकले मंगलबार ३ बुँदे निर्देशन जारी गर्दै कात्तिक १ गतेदेखि लागू हुने गरी बढाइएको ब्याजदर फिर्ता गर्न निर्देशन दिएको हो ।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच