घर निर्माण गर्नु अघि वास्तु मिलाउन ध्यान दिनुपर्ने कुराहरु

जसरी हामीले आफ्नो घर बलियो बनाउन गुणस्तरीय निर्माण सामाग्रीहरुको प्रयोगमा ध्यान दिइरहेका हुन्छौं त्यसरी नै घर बसाई सुखद बनाउन वास्तुशास्त्रदेखि आन्तरिक सजावटसम्म उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । आवास निर्माणका लागि भनेर खरिद गरिने जग्गाको बास्तु मिलेको उपयुक्त हुनुपर्छ । घर बनाउँदा बास्तु मिलायो भने बसाई लाभदायक हुन्छ । गृह प्रवेशदेखि आन्तरिक सजावट, कोठाको निर्धारणसम्म हामीले…

2 मिनेट

पढ्ने समय

जसरी हामीले आफ्नो घर बलियो बनाउन गुणस्तरीय निर्माण सामाग्रीहरुको प्रयोगमा ध्यान दिइरहेका हुन्छौं त्यसरी नै घर बसाई सुखद बनाउन वास्तुशास्त्रदेखि आन्तरिक सजावटसम्म उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

आवास निर्माणका लागि भनेर खरिद गरिने जग्गाको बास्तु मिलेको उपयुक्त हुनुपर्छ । घर बनाउँदा बास्तु मिलायो भने बसाई लाभदायक हुन्छ । गृह प्रवेशदेखि आन्तरिक सजावट, कोठाको निर्धारणसम्म हामीले बास्तुशास्त्रलाई ध्यान दिनुपर्छ ।

बास्तु मिलेको घडेरी खरिद गरिसकेपछि सम्पुर्ण कुरा विचार गरेर पहिले शिलान्यासको मूहुर्तमा वास्तुविदसँग परामर्श लिनुपर्छ । हामीले शुभ मूहुर्तमा निर्माण कार्य थालनी गर्नुपर्छ ।

मानिसको पञ्चतत्वसँग नजिकको सम्बन्ध भएकाले मानव जीवनमा पञ्चतत्वले महत्वपूर्ण प्रभाव पार्दछ ।

भूमि 

विभिन्न कोणबाट शुभ भूमि चयन गनुपर्दछ ।

पानी

भवनको निमार्णदेखि नै पानी चाहिने भएकाले पानीको स्थान पूर्वोत्तर अर्थात ईशान कोणमा उचित मानिन्छ । ईनार कुवाका लागि ईशान कोणमा पानीको स्रोत बनाउनु पर्छ ।

पानीको स्रोतका लागि घर निर्माण सुरु गर्नुभन्दा पहिला नै पर्याप्त जग्गा छोड्नुपर्छ । ईशान कोणमा पानीको स्रोत निर्माण गर्न सम्भव छैन भने ट्यांकीको पानी ईशानमा झर्ने गरी धारो बनाउनुपर्छ ।

वायु

प्राणिक ऊर्जा प्राणदायिनी शतिmको रुपमा वायुलाई बुझिन्छ । भौगोलिक बनावटका आधारमा घरभित्र शुद्द हावाको प्रवेशका लागि पश्चिमोत्तर वायव्य कोणमा खाली ठाउँ राख्नु आवश्यक मानिन्छ ।

अग्नी

अग्नि (तेज) तीन प्रकारका हुन्छन् । सूर्यको प्रकाशलाई प्राकृतिक, जलबाट उत्पन्न हुनेलाई कृतिम र पेटभित्र रहने जठराग्नीलाई अग्नीको रुपमा परिभाषित गरिएको छ ।

अग्नीको स्थान आग्नेय कोण हो । भान्छा, जेनेरेटर, विद्युतिय सामाग्रीहरु र तापसँग सम्बन्धित उपकरणहरु दक्षिणपूर्व आग्नेय कोणमा स्थापित गर्नुपर्छ ।

आकाशः शब्दगुणकम् 

आकाशले खुलापन बुझाउँछ । ध्वनिलाई गति दिने र विस्तारित हुन सघाउने नै आकाश हो । घर निर्माण गर्दा मिले चारैपट्टि खुला ठाउँ छाड्नु उपयुत हुन्छ । यदि चारैपट्टि खुला छोडन नमिलेमा घरको अगाडि र पछाडि खालि छोडन सकिन्छ। दीर्घायु र सुख–शान्तिका लागि घरको वरिपरि वा अगाडि पछाडि वृक्षारोपण गर्नु राम्रो मानिन्छ ।

शुद्द वायु, शुद्द पानी, शुद्द हावा , शुद्द माटो र शुद्द भूमि नै सफल जीवनको अभिव्यक्ति हो । जीवनमा  सुखशान्ति र समृद्दिका लागि सम्पूर्ण तत्वको तालमेल मिलाएर बस्नु नै सफल जीवन हो ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच