पिईजि रेसियो भनेको के हो? यस्को गणना कसरी हुन्छ?

– समिर गौतम काठमाडौं : मूल्य आम्दानी–वृद्धि अनुपात अर्थात प्राइस अर्निङ टु ग्रोथ रेसियो (पीइजी रेसियो) सेयरको भ्याल्यू मापन गर्ने एक विधि हो । पीइजी रेसियो गणनामा कम्पनीको बजार भाउ, प्रतिसेयर आम्दानी र भविष्यमा कम्पनीको ग्रोथ सम्भावनालाई लिने गरिन्छ । पीइजी रेसियोलाई सेयरको वास्तविक मूल्यको सही सूचक मानिन्छ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) मा…

4 मिनेट

पढ्ने समय

समिर गौतम
काठमाडौं : मूल्य आम्दानी–वृद्धि अनुपात अर्थात प्राइस अर्निङ टु ग्रोथ रेसियो (पीइजी रेसियो) सेयरको भ्याल्यू मापन गर्ने एक विधि हो । पीइजी रेसियो गणनामा कम्पनीको बजार भाउ, प्रतिसेयर आम्दानी र भविष्यमा कम्पनीको ग्रोथ सम्भावनालाई लिने गरिन्छ । पीइजी रेसियोलाई सेयरको वास्तविक मूल्यको सही सूचक मानिन्छ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) मा जस्तै न्यून पीइजी रेसियो भएको सेयरलाई अन्डरभ्याल्यूड मानिन्छ । पीइजी रेसियोलाई सेयर अन्डरभ्याल्यूड छ वा ओभरभ्याल्यूड के छ भन्ने पत्ता लगाउने उन्नत विधिका रुपमा लिइन्छ ।
कम्पनीको पीई रेसियोलाई अपेक्षित आम्दानी वृद्धिसँग तुलना गरिने भएकाले पीइजी रेसियोले सेयरको वास्तविक मूल्यका बारेमा पूर्ण चित्र प्रस्तुत गर्दछ । उच्च दरमा नगद प्रवाह, आम्दानी र नाफा बढाउने अपेक्षा गरिएका कम्पनीहरु न्यून वृद्धि सम्भावना बोकेका कम्पनीहरु भन्दा मूल्यवान हुने गरेका छन् ।

जसका कारण ग्रोथ स्टकहरुको मूल्य आम्दानी अनुपात भ्याल्यू स्टकहरुको भन्दा निकै धेरै हुने गर्दछ । अर्थात, लगानीकर्ताहरु सम्भावित वृद्धिका लागि अधिक मूल्य तिर्न इच्छुक हुने गर्दछन् । भविष्यमा हुन सक्ने उच्च वृद्धिको लाभका लागि तत्कालको उच्च भाउले कुनै फरक पार्दैन ।

तथापि, ‘ग्रोथ’ का लागि लगानीकर्ताले कतिसम्म मूल्य तिर्न इच्छुक हुनुपर्दछ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । कुनै पनि हालतमा ग्रोथ नै सर्वोपरी भन्ने मान्यता भयो भने राम्रो कम्पनीलाई पनि अत्याधिक बढी मूल्य चुकाउनुपर्ने हुन्छ । तसर्थ, यस्तो अवस्थामा पीइजी रेसियोले लगानीकर्तालाई कम्पनीको वृद्धिदरमा उचित मूल्य तय गर्न मद्दत गर्दछ ।

पीइजी रेसियो हिसाब गर्ने तरिका र यसका जटिलता 
पीइजी रेसियो पछाडिको गणित सामान्य छ । कम्पनीको पीई रेसियोलाई अपेक्षित वृद्धिदरले भाग गर्दा पीइजी रेसियो थाहा हुन्छ । उदाहरणका लागि, पीई रेसियो २० भएको कम्पनीको अपेक्षित वृद्धिदर १०% छ भने त्यसको पीइजी रेसियो २ हुन्छ । यद्दपि, गणित सहज भए पनि पीइजी रेसियोमा केही जटिलताहरु छन् ।
पीइजी रेसियो गणना गर्न लगानीकर्तालाई ३ चिज आवश्यक छन्, ती हुन् : कम्पनीको सेयर भाउ, प्रतिसेयर आम्दानी, अपेक्षित वृद्धिदर ।यहाँ कम्पनीको सेयर भाउ भन्नाले कम्पनीको तत्काल कायम बजार भाउलाई बुझ्नुपर्छ । तसर्थ, बजार भाउलाई अनुमान लगाइराख्नु नपर्ने भएकाले जटिलताको विषय होइन । यद्दपि, प्रतिसेयर आम्दानी र अपेक्षित वृद्धिदर भने अनुमानका विषय भएकाले यसले पीइजी रेसियोलाई केही जटिल बनाउँछ ।
प्रतिसेयर आम्दानीका लागि दुई वटा दृष्टिकोणहरु छन् । पहिलो, कम्पनीले प्रकाशन गर्ने त्रैमासिक वा वर्षिक वित्तीय विवरणमा उल्लेखित प्रतिसेयर आम्दानीलाई आधार बनाउने । यसको फाइदा के हुन्छ भने, कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी विवरणमा उल्लेख हुने भएकाले लगानीकर्ताको अनुमानले निम्त्याउन सक्ने त्रुटि रहँदैन । यद्दपि, वित्तीय विवरणमा कम्पनीको विगतको कमाई मात्र रिपोर्ट गरिएको हुन्छ ।

र, विगतको कमाईले कम्पनीको भविष्यलाई प्रतिनिधित्व गर्छ भन्ने छैन । जसका कारण, केही लगानीकर्ता दोस्रो विकल्प अर्थात आगामी वर्ष कम्पनीले कति आम्दानी गर्छ भनेर सहमतिमा गरिएको अनुमानलाई आधार बनाउँछन् । यहाँ कम्पनीको भावी आम्दानीका बारेमा अनुमान गर्नुपर्ने भएकाले नतिजा अनिश्चित बन्न सक्छ । प्रतिसेयर आम्दानी अनुमान गर्नुपर्ने भएकाले पीइजी रेसियो केही जटिल बन्न जान्छ ।

यता, कम्पनीको अपेक्षित वृद्धिदर पनि प्रतिसेयर आम्दानी जस्तै अनुमानकै विषय भित्र पर्दछ । यहाँ, भविष्यमा कम्पनीको आम्दानी वा मुनाफा वृद्धिदर कतिसम्म  रहन सक्छ भन्ने अनुमान गर्नुपर्ने हुन्छ । कतिपयले कम्पनीको विगतको वृद्धिदरलाई आधार मानेर भविष्यको वृद्धिदर अनुमान गर्ने गर्दछन् । यसले कतिपय अवस्थामा काम पनि गर्दछ । तर, विगतको वृद्धिदर कम्पनीको भविष्यको सम्भावनाहरुको सूचक हो कि होइन भनेर लगानीकर्ताले विचार गर्नुपर्दछ ।

कहिलेकाँही कम्पनीले विगतको भन्दा निकै फरक र गतिशील रणनीति अपनाएर ग्रोथलाई निकै माथि लैजाने सम्भावना हुन्छ । विगतमा सुस्त भए पनि एग्रेसिभ प्लानसहित कम्पनीहरुले ग्रोथमा छलाङ मार्ने सम्भावना पनि उत्तिकै हुन्छ । यसर्थ, सम्बद्ध कम्पनीको रणनीति, भावी योजनालाई बढो चनाखो भएर हेर्ने गर्नुपर्छ ।

कम्पनीको भविष्यको प्रतिसेयर आम्दानी र अपेक्षित वृद्धिदर अनुमानमा भिन्नता पर्न सक्ने भएकाले पनि फरकफरक अनुमानलाई आधार बनाएर गणना गरिएको पीइजी रेसियोहरु फेला पार्न सकिन्छ । जसका कारण, एउटै कम्पनीको पीइजी रेसियो पनि गणना अनुसार फरकफरक आउन सक्छ ।

\"\"

राम्रो पीइजी अनुपात कति हो ?
साधारण नियम अनुसार, १ वा १ भन्दा कम पीइजी रेसियोलाई राम्रो मानिन्छ । यस्तो पीइजी रेसियोले सेयरको भाउ उचित छ वा अन्डरभ्याल्यूड पनि हुन सक्छ भन्ने संकेत गर्छ । १ भन्दा बढी पीइजी रेसियोले भने स्टक ओभरभ्याल्यूड छ भन्ने संकेत गर्छ । अर्को शब्दमा, पीइजी अनुपातमा भर परेका लगानीकर्ताहरुले कम्पनीको अपेक्षित वृद्धिदर पीई रेसियोसँग बराबर वा बढी भएका स्टकहरु रोज्ने गर्दछन् । तर, लगानीकर्ताले कम्पनीको विश्लेषण गर्दा पीइजी रेसियोलाई मात्र आधार बनाउनु हुँदैन ।

साथै, पीइजी रेसियो १ भन्दा बढी वा कम हुँदैमा सही वा खराब लगानी हुन्छ भन्ने पनि छैन । पीइजी रेसियो समान किसिमका कम्पनीहरुको वृद्धिदरलाई तुलना गर्न सहयोगी हुन्छ । तथापि, पीइजी रेसियो गणनामा प्रयोग हुने अनुमान र कम्पनीको भविष्यमा हुने वृद्धिदरको अनिश्चितताका कारण पीइजी रेसियोलाई पनि कम्पनी विश्लेषणका विभिन्न विधिहरुमध्ये एक तर महत्वपूर्ण विधिका रुपमा मात्र लिनुपर्दछ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच