अब्बल लघुबित्त कसरी चिन्ने? जान्नलाई हेर्नुहोस ५० लघुबित्तको बित्तिय बिवरण।

काठमाडौं : नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी, नाफा, प्रतिसेयर आम्दानीलगायतका प्रमुख सूचक बढेका छन् । प्रतिकूल अवस्थामा पनि लघुवित्त कम्पनीहरुले गरेको प्रगतिलाई औसतमा राम्रो मान्न सकिन्छ । लघुवित्तहरुको इपीएस पनि अन्य क्षेत्रका कम्पनीहरुको तुलनामा सबल रहेको देखिन्छ…

2 मिनेट

पढ्ने समय

काठमाडौं : नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी, नाफा, प्रतिसेयर आम्दानीलगायतका प्रमुख सूचक बढेका छन् । प्रतिकूल अवस्थामा पनि लघुवित्त कम्पनीहरुले गरेको प्रगतिलाई औसतमा राम्रो मान्न सकिन्छ । लघुवित्तहरुको इपीएस पनि अन्य क्षेत्रका कम्पनीहरुको तुलनामा सबल रहेको देखिन्छ । वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये चुक्ता पुँजीमा छिमेक लघुवित्त अगाडि छ ।
चुक्ता पुँजी छिमेक लघुवित्तको धेरै 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको रहेको छ । यसको चुक्ता पुँजी २२% ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अरु ६ लघुवित्तको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँभन्दा माथि छ । एक वर्षको अवधिमा ३८ कम्पनीको चुक्ता पुँजी बढेको छ भने १२ कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा महुली लघुवित्त रहेको छ । यसको चुक्ता पुँजी १३०.५३% ले बढेर २८ करोड २१ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

\"\"
\"\"

जगेडा कोषमा निर्धन उत्थान अगाडि
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै जगेडा कोष निर्धन उत्थान लघुवित्तको रहेको छ । यसको जगेडा कोष ५८.७६% ले बढेर ३ अर्ब ६१ करोड ५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, छिमेक लघुवित्तको जगेडा कोषमा ३ अर्ब २८ करोड र साना किसान लघुवित्तको जगेडा कोष २ अर्ब ४९ करोडभन्दा धेरै छ । एक वर्षको अवधिमा ४८ कम्पनीको जगेडा कोष बढेको छ । मिथिला लघुवित्तको जगेडा कोष घटेको छ भने घाडिघोडा लघुवित्तको जगेडा कोष ऋणात्मक छ ।

\"\"

\"\"
खुद ब्याज आम्दानीमा छिकेक लघुवित्त अगाडि
असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै खुद ब्याज आम्दानी छिमेक लघुवित्तले कमाएको छ । यसको खुद ब्याज आम्दानी २३.५०% ले बढेर ५३ करोड ३८ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ४२ कम्पनीको खुद ब्याज आम्दानी बढेको ।

\"\"

\"\"
आरएमडीसीको खुद नाफा सबैभन्दा धेरै
 पहिलो त्रैमासको अन्त्यसम्ममा आरएमडीसी लघुवित्तले सबैभन्दा धेरै २६ करोड २४ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ । दोस्रोमा छिमेक लघुवित्तले २१ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ । गत वर्ष नोक्सानमा रहेको निर्धन उत्थान अहिले तेस्रो धेरै नाफा कमाउने लघुवित्त बनेको छ । घोडिघोडा र नेपाल सेवा भने नोक्सानमा गएका छन् ।

\"\"

\"\"
जीवन विकासको प्रतिसेयर आम्दानी उत्कृष्ट
यसै वर्ष नेप्सेमा सूचीकृत भएको जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै रहेको छ । यसको प्रतिसेयर आम्दानी ११६ रुपैयाँ ११ पैसा छ । दोस्रोमा महिला लघुवित्तको ११४ रुपैयाँ ११ पैसा छ । यी दुईसहित कुल ४ वटा लघुवित्तको प्रतिसेयर आम्दानी १०० रुपैयाँ भन्दा धेरै देखिएको छ ।

\"\"

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच