स्थान परिचय: रमणीय पर्यटकीय स्थल घोरेपानी पुनहिल – फोटो फिचर सहित

समुन्द्री सतहदेखि झन्डै २८७४ मिटर ( ९४२९ फिट ) को उचाइमा अवस्थित यो शुन्दर पर्यटकीय स्थल संघिय गणतन्त्र नेपालको मध्य-उत्तरी भाग अर्थात गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ मा पर्दछ। यो स्थान म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट झन्डै १७ किलोमिटर र  संघिय राजधानी काठमाण्डौबाट झन्डै २९० किलोमिटरको दुरीमा अवस्थित छ। घोरेपानी पुनहिल…

5 मिनेट

पढ्ने समय

समुन्द्री सतहदेखि झन्डै २८७४ मिटर ( ९४२९ फिट ) को उचाइमा अवस्थित यो शुन्दर पर्यटकीय स्थल संघिय गणतन्त्र नेपालको मध्य-उत्तरी भाग अर्थात गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ मा पर्दछ। यो स्थान म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट झन्डै १७ किलोमिटर र  संघिय राजधानी काठमाण्डौबाट झन्डै २९० किलोमिटरको दुरीमा अवस्थित छ। घोरेपानी पुनहिल क्षेत्र अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (ACA ) अन्तर्गत पर्ने भएकोले यस क्षेत्रमा प्रवेश गर्नको लागि बाह्य पर्यटकहरुको लागि प्रवेश अनुमति लिन जरुरि हुन्छ। काठमाण्डौबाट झन्डै २०० किलोमिटर स्थलमार्ग हुदै वा करिव २५ मिनेट अवधिको हवाई मार्ग द्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा पुगेपछि घोरेपानी पुनहिल यात्राको लागि तिन ओटा बिकल्प उपलब्ध छन्। १. पैदल यात्रा २. गुड्ने सवारी साधन बाट नयापुल वा उल्लेरी सम्मको यात्रा त्यसपछि पैदल यात्रा र ३. हेलिकोप्टरबाट सिधै घोरेपानी पुग्ने। विकल्प एक अलि बढी जटिल अनि बिकल्प तिन ज्यादै महँगो पर्ने भएकोले धेरै जसो पर्यटक र पदयात्रिहरुको रोजाइमा दुइ नम्बर बिकल्प उपयुक्त रहेको र प्रयोगमा रहेको पाइन्छ। पोखराबाट झन्डै २ घन्टाको सार्वजनिक यातायातको यात्रापछि नयापुलमा पुगिन्छ।

 

\"\"

नयापुलाबाट घोरेपानी तर्फको यात्राको लागि अझै पनि तपाइसंग दुइ ओटा बिकल्प रहनेछन। भाडाका सवारी साधनमा जाने वा रमणीय स्थलहरुको दृश्यावलोकन गर्दै पदयात्रा गर्ने। तपाइ पैदल या  सवारी साधन जुन माध्यमबाट  जानुभए पनि लगभग १२ किलोमिटरको यात्रा पुरा गरेपछि उल्लेरी भन्ने रमणीय गाउमा पुग्नुहुनेछ। उल्लेरिबाट घोरेपानी पुनहिल पुग्नको लागि बाकि रहेको लगभग ८ किलोमिटर उकालो बाटोको लागि भने अहिले सम्म सवारी साधनहरुको लागि सडक बनाइएको छैन  र तपाइसङ्ग पदयात्रा या घोडाको सहयोग लिनुबाहेक अर्को बिकल्प छैन। नयापुलदेखि घोरेपानी सम्मको पदमार्गमा आवास्यक मात्रामा होटेल तथा गेष्ट हाउसहरुको राम्रो प्रबन्ध भएकोले खान बस्नको लागि समस्या हुदैन। जब तपाइँ घोरेपानी पुनहिल पुग्नुहुन्छ तब त्याहाका मनोरम प्राकृतिक छटा, लहरै आँखा  आगाडी उभिएका हिमाल अनि बिहान पुनहिलाबाट  देखिने सुर्योदयको दृश्यले तपाईका सबै थकान र पदयात्राका दुखहरु क्षणभरमै भुलाइदिनेछ ।

 

\"\"

वास्तवमा यस ठाँउको नाम घोरेपानी नभएर घोडेपानी थियो (हो ) तर जवदेखि यो रमणीय स्थलमा विदेशी पर्यटकहरु आउन थाले उनीहरुले घोडेपानी भन्ने शब्दको सहि उच्चारण गर्न नसकेर घोरेपानी वा गोरोपानी भन्न थाले अनि स्थानियहरुले पनि पर्यटकहरुलाई सजिलोको लागि घोरेपानी नै उच्चारण गरिदिन थाले र कालान्तरमा यसको नाम नै घोरेपानी रहन गयो। यस ठाउको नाम कसरि घोडेपानी वा घोरेपानी रहन गयो भन्ने बारेमा एउटा तार्किक किम्बदन्ती छ। धेरै पहिला प्राचिन व्यापारीहरु यहि बाटो भएर भोट र पोखरा काठमाण्डौ वा अन्यत्र जाने आउने गर्दथे र यो डाँडोमा पुगेपछि थकाइ मार्ने वा बास बस्ने गर्थे।  यहि ठाँउमा पुगेपछि ति व्यापारीहरुका घोडाले पानि खाने स्थान भएकोले घोडाले पानि खाने ठाँउ अर्थात घोडेपानी नाम रहन गएको हो भन्ने किम्बदन्ती छ।

\"\"

घोरेपानी आफैमा अरु पनि थुप्रै पर्यटकीय गाउहरु र अन्नपुर्ण आधारसिविर जान चाहाने पर्यटकहरुको लागि एक केन्द्रको रुपमा रहेको गाउ हो। माथि भनिए झैँ यहाँ पुग्नको लागि यसको दक्षिण पुर्बी भाग अर्थात् कास्की जिल्लाको नयापुल / बिरेठाटिबाट पदयात्रीको हिडाइको रफ्तारको आधारमा ८ देखि १० घन्टामा तिखेढुंगा, उल्लेरी, बनठाटी आदि गाउहरु हुदै पुग्न सकिन्छ भने यसको उत्तरपूर्वी भाग अर्थात म्याग्दी जिल्लाको पोखरेबगरबाट पदयात्रीको हिडाइको रफ्तारको आधारमा  ६ देखि ८  घन्टामा घार, शिख, चित्रे आदि गाउहरु हुदै पुग्न सकिन्छ।

\"\"

घोरेपानी आफैमा एउटा ब्राण्ड हो र अत्यन्त रमणीय स्वर्गको टुक्रा हो।  त्यसमाथि पनि मेजर टेक बहादुर पुन मगरले बहादुर मगर समुदायको सम्मानमा निर्माण गर्नुभएको र पछि मेजर टेक बहादुर पुन मगरको स्मरणमा पुननिर्माण गरिएको पुनहिल टावर यहाको अर्को मुख्य आकर्षण हो। नेपालका प्राय सबै पदामार्गहरुको यात्रा राम्रो र आरामदायी रुपले पुरा गर्न एक हप्ता भन्दा बढी नै लाग्ने भए पनि समयको पावन्दी रहेका तर सबै खालका प्राकृतिक शुन्दरताको रसास्वादन गर्ने अवसर गुमाउन नचाहाने पदयात्रीहरूको लागि घोरेपानी पुनहिल पदयात्रा एक मात्र उपयुक्त विकल्प हो भन्दा अत्युक्ति नहोला। घोरेपानी पुनहिल पदयात्राले प्राकृतिक दृश्य र हिमालहरुको चित्रामालाको प्रदर्शनी मात्र नगरेर स्थानीय मगर र गुरुङ सस्कृतिको अनुपम अनुभव गर्ने अवसर प्रदान गर्नुको साथै एकै यात्राको दौरान विश्वमा दुर्लभ मानिने सोर्ह प्रजातिका लाली गुरांश फुलको दृश्यावलोकन गर्ने अवसर पनि प्रदान गर्दछ। उपयुक्त मौसम र लाली गुरांशले ढकमक्क ढाकेको वन हेर्नको लागि चैत्र बैशाख महिना उपयुक मानिन्छ।

\"\"

घोरेपानी पुनहिल पदयात्राको सर्वश्रेष्ठता के हो त?

पुन हिल

निशन्देह नै यस पद यात्राको एउटा महत्वपूर्ण आकर्षण पुनहिल पनि हो। घोरेपनिबाट लगभग एक डेढ घन्टाको पैदल यात्राको उकालो चढाई पछि पुनहिल पुगिन्छ। बिहान सुर्यदयको दृश्य हेर्न अनि आँखै  अगाडी लहरै देखिने हिमालहरुको लोभ लाग्दो दृश्य हेर्न पुनहिल जाने उकालो चढ्ने बिदेशी र स्वदेशी पर्यटकहरुको घुइचो बिहान झिसमिसेमै शुरु हुन्छ। हातमा टर्च लाइट लिएर उकालोमा स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै को पहिला पुनहिल पुग्ने भन्ने होडबाजी जस्तै गर्दै हिडिरहेका पर्यटकहरुलाई देख्दा कसैमा पनि थकाइ र चिसोको अनुभूति नै हुदैन। ३२१० मिटरको उचाइमा रहेको पुनाहिलमा पुगेपछि देखिने मनोरम दृश्य, पश्चिममा धौलागिरी पर्वतमाला अनि पूर्वमा अन्नपूर्ण पर्वतमाला लगायतका हिमालका दृश्य अनि सुर्योदयको दृश्य यहाका प्रमुख आकर्षण हुन्।

 

\"\"

 

\"\"

 घान्द्रुक

घान्द्रुक नेपालकै एउटा नमुना गाउको रुपमा परिचित अत्यन्त शुन्दर र  बाताबरणिय दृष्टिकोणले प्राकृतिक रुपले संरक्षित र बातानुकुलित गुरुङ्ग गाउ हो। ढुंगाका छाना भएका घर, शुन्दर र उर्वर जैविक धानखेती, पृष्ठभूमिमा शुन्दर हिमालको दृश्य आदिले जो कोहीलाई र जस्तो सुकै तनावमा भएकाहरुलाई पनि मन्त्रमुग्ध र एक खालको शान्ति महशुस गराइदिन्छ। पाहुनाहरुको स्वागतमा आयोजना गरिने साँस्कृतिक कार्यक्रमले गाउको गुरुङ सस्कृतिको जीवन्त तस्विर पस्किन्छ। घान्द्रुक गाउ आफैमा घोरेपानीको अंश नभएपनि घोरेपानी पुनहिल पदयात्राको मार्गमा पर्ने एउटा अभिन्न अंग हो।

\"\"

लालिगुरांश

लालिगुरांशको बारेमा  माथि नै पनि उल्लेख गरिसकिएको छ। यो फुल नेपालको राष्ट्रिय फुल मात्र नभएर विश्वभरि पाइने र नपाइने गरि १६ प्रजातिका लालीगुरांश फुल पाइने विश्वास गरिको यस बनमा लाली गुरांश फुलको शुन्दरताले बन नै ढकमक्क ढाकेको दृश्यको अवलोकन गर्ने सौभाग्य प्राप्त हुनु पनि यो पदयात्राको अर्को महत्वपूर्ण बिशेषता हो। यो फुललाइ थुप्रै खाले औषधिहरुको उत्पादनमा समेत प्रयोग गर्ने सकिने कुरा बताइएको भए पनि यो पदमार्गमा पाइने लालिगुरांशको भने स्थानिय उपचार जस्तो कि महिलाहरुको महिनावारीमा आउने गडबडी, आउ तथा पखाला लाग्दा घरेलु उपचारमा  मात्र सिमित रहेको पाइन्छ।

\"\"

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच