प्रभु र कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा।

काठमाडौं :  प्रभु र कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको  ११ हजार २२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यस बैंकले लोकमाया गुरुङको २ हजार ३०५, कृष्ण तारुम थापा मगरको ३ हजार ४५३ र भरत बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४…

1 मिनेट

पढ्ने समय

काठमाडौं :  प्रभु र कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको  ११ हजार २२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यस बैंकले लोकमाया गुरुङको २ हजार ३०५, कृष्ण तारुम थापा मगरको ३ हजार ४५३ र भरत बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता संस्थापक सेयर बिक्री खुला गरको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज शुक्रबार (असोज १९ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
त्यसैगरी, प्रभु बैंकले पनि केही संस्थापक सेयरधनीको नाममा रहेको २० हजार २०२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले शुशिला देवी सिंघानियाको १० हजार ९३५, रजन श्रेष्ठको ५ हजार र नितु अग्रवालको ४ हजार २६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा विद्यमान संस्थापक सेयरधनी वा अन्य कुनै व्यक्ति, सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज शुक्रबार (असोज १९ गते) बाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच