इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

काठमाडौं । ईस्लामिक रेसिस्टेन्स मुभमेन्ट (हमास) ले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको…

1 मिनेट

पढ्ने समय

काठमाडौं । ईस्लामिक रेसिस्टेन्स मुभमेन्ट (हमास) ले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । “करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,” मन्त्रालय स्रोतले भन्यो, “मृतकको शव संकलनको काम भइरहेको छ ।”

ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा रहेका छन् ।

यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ ।

शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरूको ज्यान गएको हो ।

एजेन्सि।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच