मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै, १२ हजार ३८१ जनाले मात्रै सेयर पाउने

काठमाडौं : मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८.३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, मिर्मिरे लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको छ ।  यसर्थ गोलाप्रथाबाट एफपीओ…

1 मिनेट

पढ्ने समय

काठमाडौं : मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८.३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, मिर्मिरे लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको छ । 

यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

मिर्मिरेले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच