नेकपाका दुवै समुहलाई निर्वाचन आयोगको सुझाव -सके मिलेर आउनुस नसके अल्पमतमा परेको समुहले नयाँ दल दर्ताको प्रकृयामा आउनुस।

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गरेको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष…

1 मिनेट

पढ्ने समय

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गरेको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको थियो।

आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।

यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।

आयोगले सकेसम्म एउटै पार्टीमा रहेर चुनवमा जान अनुरोध गर्ने, यदी त्यसो हुन नसकेको अवस्थामा जुन समुहसग केन्द्रीय समितिमा बहुमत छ त्यसैले नेकपाको मन्यता पाउने हुँदा अल्पतमा परेको समुहले नयाँ दल दर्ताको प्रकृयामा आइ निर्वाचनको वातावरण बनाउन अनुरोध गर्ने तयारी गरेको स्रोतले बतायो ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच